डिएसपी बिनोद शर्मा विरुद्ध पत्रकार सम्मेलन छानबिनकालागि राष्ट्रिय मानव अधिकार सम्म गुहारिने

सुनसरी
निर्दोष व्यक्तिलाई हतियार र लागुऔषध राखेर फसाएको भन्दै सुनसरीको कोशी गाउँपालिकाका जनप्रतिनिधिले प्रहरी विरुद्ध पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
भाण्टाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्ष विन्देश्वर यादव सहितका स्थानीय अगुवाहरुले कृश भनिने कृष्ण कुमार यादवलाई प्रहरीले सुनियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका हुन् ।पत्रकार सम्मेलनमा बोल्नेहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भाण्टाबारी बजार पुगेको डिएसपी बिनोद शर्मा नेतृत्वको टोलीले कृशलाई पक्राउ गरी लगेकोमा भोक्राहा खण्डमा पुगी हतियार र लागुऔषध गाडीमा राखी मुचुल्का बनाएको आरोप लगाए ।जनप्रतिनिधि सहितको उपस्थितीमा कृशलाई नियन्त्रणमा लिइरहँदा प्रहरीले आफुहरुमाथि देखाएको व्यवहार समेत खेदजनक रहेको उनीहरुको भनाई थियो ।पक्राउ गर्दैगर्दा गाडी सर्च गरिएको र पानीका बोतल बाहेक केहि नभेटेको अवस्थामा कृश र उनका चालकलाई नियन्त्रमा लिइ लगेकोमा भोक्राहामा गाडी रोकी हतियार र लागुऔषध भेटिएको भनि गरिएको मुचुल्का प्रकृया बनावटी र सुनियोजित भएको पत्रकार सम्मेलनमा दाबी गरिएको छ ।पत्रकार सम्मेलनमा बोल्दै निर्माण व्यवसायी तथा नेता अजय कुशियतले प्रहरीको व्यवहार र शैली शंकास्पद र सुनियोजित देखिएकाले निस्पक्ष छानबिनकालागि राष्ट्रिय मानव अधिकार सम्म गुहारिने बताए । उनले उक्त घटनाको निष्पक्ष छानविन हुनु पर्ने समेत बताए ।कुशियतले कृश सहित उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको भएपनि सप्तरीबाट सुनसरी तर्फ आउँदै गरेको सूचनाका आधारमा पूर्व पश्चिम राजमार्ग अन्र्तगत भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ४ को राजमार्गमा आउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको बताउनुले समेत घटना सुनियोजित रहेको पुष्टि हुने बताए । कुशियतले भने, “प्रहरीले कृश र उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको सीसी क्यामेरा स्पष्ट देखिन्छ । नियत के हो स्पष्ट छ । ”सुनसरी प्रहरीले भने कृशको सम्वन्धमा कटुवा पेस्तोल र सोमा लाग्ने तीन राउण्ड गोली सहित लागुऔषध बरामद गरिएको जनाएको छ । प्रहरीले हातहतियार खरखजाना ऐन तथा लागु औषध नियन्त्रण ऐन बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको जनाएको छ ।सुनसरी प्रहरीले कृश नेपाल र भारतमा घटाइएका विभिन्न घटनामा संलग्नताका आधारमा मस्ट वान्टेडको सूचीमा रहेका व्यक्ति भएको बताएको छ
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


