Spread the love

इटहरी

इटहरी १४ स्थित मुस्लिम पक्कड समुदायमा रहेको स्कुल शान्ति शृजना माबिमा सनिबार अबिभावक भेला सम्पन्न भएको छ।

२०४६ साल देखि प्राबी स्तरबाट सन्चालन सुरु भएको उक्त स्कुल निमाबी हुँदै अहिले माबी तह सम्म पुगेको छ।

बिद्यालयको शैक्षिक गुणस्तर साथै दक्ष शिक्षकको आगमन गराएर आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना रहेको प्रधानाध्यापक कमल प्रसाद तिम्सिनाले बताउनु भयो।

सुनसरी क्षेत्र न ३ अन्तरगत प्रदेश साम्साद रोहित कुमार कार्कीको प्रमुख आतिथ्यता रहेको अभिभावक भेलामा कार्यक्रम सन्चालन गर्दै प्रअ तिम्सिनाले बिध्यालयको बस्तुगत अबस्था चित्रण गर्दै भौतिक पुर्बाधार सहित बिध्यालयको बिकास तर्फ थुप्रै प्रगतीकालागी आफू निरन्तर सकृय रहेको बताउनु भयो।यस पटक २४ जनाले एस एल सी एक्जाममा सहभागी हुदा सबैले पास गर्न सफल भएको भन्दै शैक्षणिक गतिबिधीमा सबै शिक्षक ,शिक्षिका,कर्मचारी र अभिभावक बर्ग बर्ग र बिध्यालय ब्यबस्थापन समितिको रचनात्मक भुमिका हुदा हुँदै पनि शैक्षिक सुधार प्रकृयालाइ धमिल्याउने नियतले कोहि कसैबाट मुद्दामामिलाको झन्झटमा अलमल्याउने गरेकोमा अभिभावक बर्गको ध्यानाकार्सण गराउनु भयो।भए गरेका काम चुस्त दुरुस्त छ्न।

बिल्डिङ,आगन,चर्पी,कार्यालय,कक्षा कोठा,क्यान्टिन,कानेपानी ,बिजुली,इन्टरनेट ,कम्प्युटर लगायत सबै किसिमका शैक्षिक सामाग्रीमा पारदर्सिता पुर्बक काम भएको उल्लेख गर्दै प्राबी तहका शिक्षकले माबी चलाउनु पर्ने,निजि स्रोतका शिक्षकबाट पठन पाठन भइ रहेको बाध्यता साथै राहत दर्बन्दी सम्बन्धमा सरकारी अनुदान,उपमहानगरको सहयोग लगायत रास्ट्रीय योजना आयोग लगायतबाट विभिन्न किसिमका आमसिक सहयोग सन्दर्भमा कुनै दायाँ बायाँ नभएको दाबी गर्नु भयो।बिगतको इतिहासको सान्ती शृजना स्कुल र अहिलेको सकुलको भौतिक सम्रचना र शक्षिक गुणस्तरमा हुँदै रहेको सुधारलाई प्रयाप्त मान्न न सकेपनी सन्तोस जनक रहेको प्रमुख अतिथी रोहित कार्कीले बताउनु भयो।आफुले प्राप्त गरेको साम्सद पदबापत केही बिकास निर्माण सम्बन्धि अबसर पाए यो स्कुललाई ध्यान दिएर योजना बनाउने कुरामा प्रतिबद्द्ता ब्यक्त गर्नु हुने साम्सद कार्कीलाइ बिध्यालयले सुरुमै खदा लगाएर सम्मान गरेको थियो।

भौतिक सम्रचना बनाउदा भ्रस्टचार भएको भन्दै केही समय अघि हुलदुङा मच्चाउनेहरु मध्य बाट कसैले अख्तियार ,अदालत हुँदै जथाभावी मुद्दा हालेर पिर दिए पनि प्रस्ट र पारदर्सी ढङले नियम कानुन अनुसार काम गरेकोले आत्तिने अबस्था छैन।झन उत्साहित भएर शैक्षिक सुधार गर्न पटि लागेको प्रअ तिम्सिनाको भनाइ थियो।ठेक्का पट्टा सबैले पाउन नसक्ने र खास केही बन्चित मित्रहरुले आफ्नो अनुकुल नहुदा रिसीबी साधन गर्ने नियतले मुद्दाको लफडा उतपन्न गरेको सिदा दाबी गर्दै प्रअ तिम्सिनाले बिध्यालयमा पढाउनु कि मुद्दाको तारेक धाउनु ? निक्कै कठिन अबस्था आउदा पनि न आत्तिने जबाफ दिनु भयो।क्षात्रबृत्ती,टाइ बेल्ट,दिवा खाजा,शिक्षक नियुक्ती,प्राप्त अनुदान रकम ,भवन निरमाण,मर्मत लगायतमा बिध्यालय प्रशासन देखि केही अभिभावक मात्र होइन पुर्ब पदधिकारीले समेत असन्तुस्टि पोखेका थिए।

https://doc-0k-b0-docs.googleusercontent.com/docs/securesc/ljns7i95gek8q93ik0gd4brmavgmc8r2/eo6q3cc2r4c7hr2u32a0vkgercln4eaa/1673145225000/04779065449772110595/00032817325854609809/1t4YuV-nD3qJaiT1nflqTaA__2h86RzSD?e=download&ax=ALjR8syhAOwCGMRe0Ahv4rqlQLoBkpvn1tBjS8qakQlAs0yh1nsOzGQu7Voqp8LZubvHbsV7xD6L8ZQ-MDmRXuVWsFvo6tBUx_vavF6g9BOXOHSOlxY2_C8UYPjZ29-kqltfmX-3SOO_NS3ktZ6rP0F0xtSTMaVTem7ibDodc3PFa1IPGirrZ2Fezeq6F3m2LqMoLWvPqJuaR1q1Rgv0QyYTc06eKjeHjmzw-1B_BgfibrHRIQ72yQC0SfqiGIqGriKsQoFj01kThqfjRvqeGr1e4N0w3KspzCXo4PvDFpcUQjTcQSIleexcpuqvjgp6Uf0fNPgKHJ5Zeh5S66SbR0o3CC6IVRSg8lW4fRBwhmb_G3aXCf3uRyrp9EB2CUco-q2tHFPdoq6xQV1JA8R95aSAhvl5aJEFT12cRwjr9EDZqdEGAQGKCcggx_BU1PwCYndQITrB3Wv2qk9oIl0ykY01852hs86vdN0jjKMzH8W0juYFNebMNADVTYXJDJPaUalpmkAJbc_LeNugJMcYxggo2-e1Yf8Q_B8y2gaReHOkAbHWEIBomCrQ9oJVaZyTKPk7SgCdVLCJxF8eDr1IfypaTBx59RdL5hUqh7qxh0vyljB0Wa4x_xq4J2QBfkMTiG_1A5pGQ6yxYHobPXl-heEaBMAVTNRNNoxMa5ZOHCgv3HE48F8BV4W_wA6aA-Y0y0zl0pX1q8KeOpa19Tbj9XESKQM1-9nbBrbADWluM4Rt3NDKtUNTaIP4BPcs-JoCELjZXSoN0CUJIEX5oWEdSc5-TvdCg3hCWK7zhmYzpk96Pc4b299Zi_MbqqKwGLXyJCV3Wn-UNuqMrg_I-F51TxdHzb7jHeWHCGY5NTuQaktD8Qr-oCJMBJgBRaQ0X0g1kaLxaeHecMioAkm8kt7tKS_PpLM_vLzb9XqBE9g&uuid=c854e995-ac05-4a92-8948-7dd4c2eef272&authuser=0&nonce=k2fciaigoi9e0&user=00032817325854609809&hash=37d0nevvaqajvkvfq40cft2mo3klqqoc

विभिन्न सङ् सस्थाका प्रतिनिधि,पत्रकार,छिमेकी स्कुलका शिक्षक प्रतिनिधि,पार्टीका स्थानिय नेताहरु,बौधिक ब्यक्तित्व,महिला जनप्रतिनिधी,बिध्यालय सन्चालक समितिका पुर्ब पदाधिकारीहरु लगायत सयौको सन्ख्यामामा उत्साह जनक तरिकाले भब्यता पुर्बक स्कुल प्रागणमा भएको भेलामा काङ्रेस,एमाले,माओबादी,राप्रपा लगायतका दलका प्रतिनिधि र पुर्ब अध्यक्षहरुले मन्तब्य दिदै स्कुलको सौर्णिम भबिस्यबारे सकारात्मक सुझावहरु दिनु भयो।बोल्नेहरुमा अजिब मिया,रजाक मिया,बसिर मिया,जबर बहादुर कार्की लगायत रहेका थिए।

१४ न वडाका वडाध्यक्ष रमेश चौधरीको सभापतित्वमा सम्पन्न सो भेलामा भुमी नारायण चौधरी,रमजान मिया,रमिता सरदार,तस्मिन मिया,जहादी सरदार,जिबच्छ सरदार,गरिना सरदार्नी,कबिर हुसेन,रेहना खातुन,दुर्गी सर्दार,हाजी रमतुल मिया,रामेस्वर चौधरी,उसमान मिया,चन्देस्वर सर्दार ,जमिना खातुन,नौसाद मियाको आतिथ्यता रहेको थियो।