Spread the love

इटहरी उपमहानगरपालिका पछिल्लो समय बद्नामीको चुलिमा छ । महालेखापरिक्षकले औल्याएको बेरुजुको चाङले सुनसरी टप गरेको पाइयो।मेयर हेमकर्ण पौडेल र उपमेयर सङिता चौधरीबीच काम कुरामा तालमेल मिलेको नपाइदा अनेकौ खाले बिबादले उस्तै बद्नामी कमाएकै
छ । काङ्रेस पार्टीबाट बिजित मेयर पौडेलसङ बिचार मिल्ने ५ जना वडाध्यक्ष मात्रै छन् । २० वडा रहेको इटहरीमा १४ जना एमाले पार्टिका वडाध्यक्ष हुन । एक जना स्वतन्त्र भनिए पनि उनी एमालेकै बिद्रोही हुन । कार्यपालिकामा पनि एमालेकै बर्चस्व छ । मेयरले असिमित अधिकार प्रयोग गरेर कामकाज गर्ने गरेको भन्ने आरोप छ ।

नगरसभाबाट पारित गरिइने कयौ नीतिगत काम कुराहरु बिबाद रहित कहिल्यै हुन सकेनन । बजेट अन्दधुन्द तरिकाले खर्च गर्दा उपमहानगर टाट पल्टिन लागेको समाचार आइ रहेको छ । गरेका कामहरुको भुक्तानी दिन नसकेर बदनाम कमाएको छ । नगर बस भनेर किनिएका इलेक्ट्रोनिक गाडिहरु पनि कामयवी हुन नसक्दा उपमहानगर प्रशासनले थप बद्नामि कमायो । आबाश्यक्ता भन्दा धेरै बजेट खर्च देखाइएका दुइओटा इलेक्ट्रोनिक बसमा डेढ करोड जति घोटला भएको भन्ने आरोपको नगरबासीले उपमहानगर प्रशासनबाट चित्तबुझ्दो खन्डन पढन पाएका छैनन ।

सात लाख भुक्तानी दिनु पर्ने सान्ती सृजना स्कुललाई ८७ हजार भुक्तानी दिएर उक्त रकम हिनामिना गर्ने त्यस स्कुलका हेडमास्टर कमल तिम्सिनासङ मिलेमतो नै गरि सो रकम खाएको सम्मका कुराहरु बाहिर आइ रहदा नगर प्रशासन जवाफबिहिन छ । लुइटेल थर गरेकी उपमहानगरकी एक अधिकृतले १० करोड भन्दा ज्यादा रकम ठगेर कर्मचारी लगायत अन्य ब्यक्तीलाई दुख्ख दिएर भागी रहेकी भन्ने उजुरी पर्दा समेत प्रशासनले ती फरार कर्मचारी लुइटेललाई तलव भत्ता खुवाइ हुनै नसक्ने बेतलवी बिदा स्वीकृत गराएर इटहरीको सुशासनमा ठूलो बद्नामि थपेको छ ।

कर्मचारी जस्तो मान्छेले रकम हिनामिना गरेर अरुलाइ दुख्ख पीडा दिएको अवस्थामा कार्बाही गरेर डुबेको रकम पिडितलाई फिर्ता गर्न गराउन सहयोग गर्नु पर्नेमा उल्टै तलव भत्ता खुवाएर बिदा स्वीकृत गराइ भाग्न सजिलो पारी दिएकोमा मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिले मतो देखिन्छ । यो कुकामले गर्दा पनि इटहरी प्रशासन बदनाम छ ।

बद्नामका थुप्रै सृन्खलाहरु बढ्ने काम बन्द होस । इटहरी उपमहानगर लयमा फर्कियोस । जनताले तिरेको करको दुरुपयोग नहोस ।