४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो

प्रकाश ब्याकुल
काठमाण्डौ
शीर्षकको मुख्य नारा सहित राष्ट्रिय दलित गोलमेच सम्मेलन मुख्य आयोजक उल्लेखित ब्यानरमा सुरु भएको सम्मेलनको पहिलो कार्यक्रम शुक्रबार जेठ ३० गते काठमाण्डौको पुतलीसडक नजिकै कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्ठानको सिद्धिचरण सभाहलमा सम्पन्न भई असार १ गते सकिएको छ।
पहिलो चरण जेठ ३० गते शुक्रबार देखि देशै भरीका दलित अभियान्ताको आन्तरिक रुपमा सवै खाले सहयोगमा एकता गरेर बिगत ६ महिना बढी समय देखिको अभ्यासले आयोजित सो सम्मेलनलाई ऐतिहासिक राष्ट्रिय दलित गोल मेच सम्मेलन भनी आयोजनाको औचित्य पुष्टि गर्दै सम्मेलन आयोजक समितिका प्रमुख डा. निर्मल बिश्वकर्माले जातीय छुवाछुत बिरुद्धमा काम गर्ने देशै भरिका १ सय २५ बढी सङ्घ सस्था मध्ये गोलमेच सम्मेलनमा ३५ वटा जातीय विभेद बिरुद्धका अभियान्ताको प्रतिनिधित्व रहेको दावी गर्नु भयो।
दक्षिण अफ्रीकाको निम्ति राजदुतको भुमिका निर्बाह गरि सक्नु भएका डा. निर्मल बिश्वकर्माकै सभापतित्वमा सम्पन्न पहिलो दिनको कार्यक्रम अलिक भिन्नै किसिमले गरियो।
जातीय बिभेदको दर्दनाक पीडा खेपी रहेका काभ्रेका हरिभक्त मिजार र सिरहाका दिपक डोमलाई प्रमुख अतिथी मानेर उद्घाटन गरिएको थियो।हरिभक्त मिझार कथित ठूलो जातको छोरीसँग माया प्रिती गाँसेको आरोपमा षडयन्त्र पुर्वक झुन्ड्याएर मारी हाल टिचिङ अस्पताल काठमान्डौमा लास राखि रहेका अजित मिजारका बुवा हुन भने दिपक डोम चाहिँ भगवानको मुर्ती भएको ठाउँमा घर बनाएको भनी गाउपालिका अध्यक्ष समेत उपल्लो जातिले अपमानपुर्बक घर भत्काइ खेदाइएका ब्यक्ती हुन।
दुवैले उद्घाटन अबसरमा बोल्दै आफुमाथिको दर्दनाक जातिय अपमानका घटनाले पिरोल्दाको अनुभव बताए। झुन्ड्याएर मारिएका अजित मिजारलाई आत्महत्याको नाटक गरेर समाजमा रजाइ गरि रहेकाहरुलाइ राज्य सरकारले कुनै कार्वाही गर्न नचाहेको र सर्बोच्च अदालतले समेत तारिख दिदैँ अल्झाउने र पिडित परिवारलाइ पीडा थप्ने काममा सहयोग पुर्याएकोले आफू मर्नु न बाँच्नुको स्थितिमा रहेको बताए।मुद्दाका प्रतिबादी केटि पक्षका कथित ठूलो जातिकाहरु छाती खोलेर हिडि रहे पनि पुलिसले कहिल्यै फेला नपरेको र फरार भन्दै पत्रिकामा छाप्न तीस हजार लाग्छ लिएर आउछौ भने खोजी गर्छौ नत्र तिम्रो मात्रै बिषयमा खट्ने कुरो भएन भन्ने गरेकोले आफू यो राज्य सुरक्षादेखि दिक्दार रहेको बताए।
सो अबसरमा पहिचानबादी मोर्चाका नेता खगेन्द्र माखिम,सम्बिधान सभा सद्स्य रुक्मणी चौधरी,भारतीय दलित अभियान्ता प्रकाश कुमार,लेखक बुद्दीजिवी डिक बहादुर बिश्वकर्मा ,मधेश अभियान्ता जितेन्द्र राम,परिबर्तन भट्टराई लगायतका राजनितिक तथा सामाजिक अभियानमा नाम चलेका ब्यक्तित्वहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो।
गोल मेच सम्मेलन आयोजक समिती सचिब अग्नि शिखाले कार्यक्रम सन्चालन र सद्स्य निर्मला परियार ठटालले स्वागत भाषण गर्नु भएको कार्यक्रममा मनोरन्जन दिलाउने नियतले गायक कलाकार राजेश परियारले मान्छे मान्छे एउटै हो।फरक किन हो? श्रम चल्छ ,सीप चल्छ ,पानी नचल्ने भो? नामक जनबादी गित गाएकामा सहभागी केही दलित अभियान्ता रमाएर नाचे ।केहिले ताली पिटेका थिए भने फोटो भिडिओ खिच्नेहरु पनि उत्साहित थिए।
पहिलो सत्रलाइ आकर्शक तुल्याउन राजनितिक फिल्डबाट दलित आन्दोलनलाइ नियाल्न सक्ने खुबी भएका सेलेक्टेड ब्यक्तित्वहरुमा शान्ती गजमेर, उषा तितिक्च्छु,होमराज आचार्य,शैलेन्द्र अम्बेडकर लगायतका बुधीजिबीहरुले गोलमेच सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरुद्वारा दलित मुक्ती सवालमा के कसो गर्न सकिन्छ? भन्ने बारे सोधिएका प्रश्नहरुको उत्तर दिएका थिए।

आयोजकको तर्फबाट अभियान्ता सरोजदिलु बिस्वकर्माले सहजीकरण गरेका थिए। सहभागी हुन हल भित्र छिरेकाहरु मध्य प्राय दलित आन्दोलनमा स्थापित राजनितिक तथा सामाजिक दुवै क्षेत्रबाट राज्यमा छुट्टै पहिचान बनाएका अतिथी महानुभाव मध्य केहिले कार्यक्रमको प्रारम्भमै आयोजकको तर्फ बाट बस्तुनिस्ठ रुपले बैचारिक तर्क, सहित गोलमेच सम्मेलनको मह्त्व ,आबास्यक्ता अनि यसको प्रभावकारीता वा आगामी दिनमा दलित समुदायको निम्ति देखा पर्न सक्ने सकारात्मक सुचान्क बारे आङकल नआएकोले यो सम्मेलन प्रति दिल खोलेर समर्थन गरेको पाइएन।
सहभागी हुन हल भित्र छिरेकाहरु मध्य प्राय दलित आन्दोलनमा स्थापित राजनितिक तथा सामाजिक दुवै क्षेत्रबाट राज्यमा छुट्टै पहिचान बनाएका अतिथी महानुभाव मध्ये केहिले कार्यक्रमको प्रारम्भमै आयोजकको तर्फबाट बस्तुनिष्ठ रुपले बैचारिक तर्क, सहित गोलमेच सम्मेलनको मह्त्व ,आवश्यक्ता अनि यसको प्रभावकारिता वा आगामी दिनमा दलित समुदायको निम्ति देखा पर्न सक्ने सकारात्मक सुचांक बारे आङकल नआएकोले यो सम्मेलन प्रति दिल खोलेर समर्थन गरेको पाइएन। तीन दिन सम्म हुने सम्मेलनको अन्तिम दिन दलित आन्दोलनको सैद्धान्तिक कार्यदिशा र घोषणा पत्र सम्बन्धमा राजनितिक अपन्त्व लिनबाट पन्छिए पनि दलित समुदायका साझा सवाललाई एकीकत गरि रास्ट्रीय रुपमा सर्कुलर गरेर सोशित पिडित जनतालाइ जागरुक गराइ सदियौ देखि राज्यले लाद्दै आएको सामन्ती चलनको अन्त्य गराउन यो गोल मेच सम्मेलन दलित आन्दोलनको कोशे ढुङ्गा हुने कुरामा ढुक्क हुन सवैलाइ आग्रह गरिएको अभियान्ता तथा आयोजक सरोज दिलु बिस्वकर्माले बताउनु भएको छ।
निम्ता मानेर आएका दलित समुदायका पहिलो सिडिओ,सरकारका सचिव मानबहदुर बिक , पुर्ब मन्त्री बिसेन्द्र पासवान,दलित मुक्ती आन्दोलनका दिग्दज नेताहरु मोति नेपाली,इश्वरी बिस्वकर्मा, आमूल परिबर्तन नागरिक पार्टिका नेता दल मर्दन कामी,राष्ट्रिय खेलाडी तथा बामपन्थी युवा मोहन बिक लगायत थुप्रै दलित अगुवाहरु छिट्टै नै बाहिरिएका थिए ।
सम्मेलनले ‘४२ बुँदे संकल्प पत्र’ पारित गरेको राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल कुमार बिश्वकर्माले जानकारी दिदै दलित मुक्तिको बैचारिकीमा सामुदायिक समाजवादको दर्शन प्रस्ताव गरेकोे बताएका छन ।
दलित मुक्ति आन्दोलनको इतिहाँस निर्माण गर्न सफल भएको भन्दै अर्का अभियान्ता अग्नी शिखाले सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय रुपमा सकारात्मक संदेश प्रवाह भएको बताए ।
गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या आस्थाभन्दा माथि उठेर नितान्त दलित दलित मुक्ति आन्दोलनबाट प्रेरित रहेको दलित गोलमेच सम्मेलनका अभियान्ता तारा बिश्वकर्माले बताए । सम्मेलनमा सदियौंदेखि दलित समुदायमाथि भइरहेको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास स्वरुप गरिएका आन्दोलनको समिक्षा गरिएको बताउदै निर्मल बिश्वकर्माले सम्मेलन सफल पार्न देश बिदेशबाट सहयोग भएको भन्दै संयोजक बिश्वर्माले सबै पक्षलाई धन्यबाद दिए ।

राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समिति सचिवालय सदस्य तथा अभियन्ता राजेश नेपालीले दलित गोलमेच सम्मेलनमा देशका ७ वटै प्रदेश र ७७ जिल्लाबाट दलित अभियन्ताको उपस्थिति रहेको बताए । सम्मेलनमार्फत ७ दशक लामो दलित आन्दोलन र संविधानसभाबाट निर्मित २०७२ सालको संविधान कार्यान्वयनको समीक्षा गर्दै वैचारीकी र नविन आन्दोलनको नयाँ मार्ग तय गर्न सफल भएको बताए ।
राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समितिका सदस्य निर्मला परियार र तुलसा रसाइलीले गोलमेच सम्मेलनले राज्यको सबैभन्दा तल्लो स्तरमा रहेका दलित महिलाको समेत मुक्तिको खाका कोर्न सफल रहेको बताएका छन । ६० लाख दलितलाई एक ठाउँमा ल्याउने खालको आधार निर्माण गर्न सम्मेलन सफल रहेको उनीहरुको भनाई छ ।
आइतबार सम्पन्न भएको सम्मेलनका बारेमा पत्रकार सम्मेलन गरि तत्काल घोषणा पत्र जारी गरिने बताइएको छ ।
यो सम्मेलनले सामाजिक न्यायका लागि दलित महा अभियान संचालन गर्न डा. निर्मल कुमार बिश्वकर्माको संयोजकत्वमा सबै क्षेत्र जाती समेटेर २१ सदस्यीय कमिटी निर्माण गरेको छ । सम्मेलनमा देशभरिबाट दलित अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको सरोज दिलुबिश्वकर्माले बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


