इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
इटहरी
दशैको टिकाको भोलीपल्ट शुक्रबारदेखि परेको अविरल वर्षासंगेै खसेको पहिरोमा परी यो समाचार तयार पारुन्जेल सम्म ३७ जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका–६ घोष गाउँमा प्रकाश तामाङको घरमा पहिरोमा परेर २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, ३ वर्षीय आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार सन्दकपुर गाउँपालिका–१ छाँगेमा छबि धन राईको घर पहिरोमा पर्दा४३ वर्षीय भिमबहादुर राई,६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया सारदा सेडाई र ४८ वर्षीया तारा देवी राईको ज्यान गएको छ ।
यसैगरि पहिरोले समाईजोगमाई गाउँपालिका–३ प्याङमा बर्मलाल सोङमीको घर पुरीदिदा ८२ बर्षका बर्मलाल,७० बर्षकी बुद्धमाया सोङमी, ४६ बर्षका धनबल सोङमी,४२ बर्षिया सरला सोङमी र १४ वर्षीया प्रकृती सोङमीको ज्यान गएको छ ।
पहिरोकै कारण सूर्योदय नगरपालिका–१ मानेभञ्याङमा राजु क्षेत्रीको घरमा सुतेको अबस्थामा ६५ बर्षिया मनमाया क्षेत्री ,१० बर्षिया रस्मिका क्षेत्री, दोलखा घर भएका ४५बर्षिय दिप बस्नेत उनकी श्रीमती भवानी बस्नेत र १२ बर्षिया छोरी दिव्या बस्नेतको मृत्यु भएको छ ।
सोहि दिन देउमाई नगरपालिका–५ ढुसेनीमा दिपक लिम्बुको घरलाई पहिरोले पुर्दा ३० बर्षिय दिपक लिम्बु,२७ बर्षिया उनकी श्रीमती ऋषिका लिम्बु, १० बर्षिया छोरी दिपिस्का लिम्बु , ९ बर्षिय भतिजा सौजन लिम्बु र ११ बर्षिय सौगात लिम्बु को ज्यान गएको छ । सोही वडा अन्तर्गत झारे भन्ने ठाउँमा पहिरोले मनकुमार लिम्बुको घर पुर्दा उनका छोरा २२ बर्षिय रोशन लिम्बु र बुहारी २२ बर्षिया बेबिसा राई को मृत्यु भएको छ ।
यसैगरि देउमाई–३ लक्ष्मीबोटेमा पहिरोले गणेश मगरको घर पुर्दा २८ वर्षीय कृष्ण मगरको मृत्यु भएको छ ।
माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँमा पहिरो जाँदा मदन लिम्बुकी ५७ बर्षिया आमा कृष्णमाया लिम्बु, ५० बर्षिया फुपु माया लिम्बु र पाँचथर मिक्लाजुङकी १७ वर्षीया नेहा राईको मृत्यु भएको छ ।
फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा गाईगोठमा गाईलाई घाँस हाल्न गएका २८ वर्षीय सुरेश लिम्बु पनि पहिरोमा पुरिएर मृत भेटिएका छन् ।
माईजोगमाई–६ ओडारेमा पहिरोले भक्तबहादुर थेवेको घर पुर्दा २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे र ३ वर्षीया मुनुसा थेवेको ज्यान गएको छ ।
हाल सम्म इलाममा पहिरो प्रभावित ५ जनाको सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय इलामलाई उघ्रित गर्दै इलामबाट हाम्रा सहयोगि पत्रकार राम योङहाङले जनाएका छन । पहिरो प्रभावित स्थानहरूमा स्थानीय बासिन्दाको सहयाताले नेपाली सेना र सशस्त्र प्रहरीको टोली समेत परिचालित छन । बाढी पहिरोको कारण बेपत्ता भएका मान्छेहरूको खोजी र पीडितलाई राहत कार्य जारी रहेको पत्रकार योङहाङलले जनाएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



