Spread the love

May be an image of 1 person, sitting, sunglasses and lake

पत्रकारको चुनाब चौथो अंगको पगरि गुथाइएको पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वकोलागि देश ब्यपि चुनाबी सारगर्मि बढेको छ । मुलुक संघीयतामा प्रबेश गरेपछिको यो पहिलो अनि अघिल्ला चुनाबको मेक्यानिजम भन्दा फरक रहने छ । पहिला केन्द्रीय पार्षदहरुले मात्र केन्द्रीय नेता छान्ने चलन थियो अहिले जिल्ला तहको साधारण सदस्यले पनि केन्द्रीय तहको नेता चुन्न पाउंछ । सम्बन्धित जिल्लाबाटै केन्द्रको,प्रदेशको र जिल्लाको नेतृत्वलाई भोटहालेर छान्न पाउने बयबस्था छ । चैत्र २५ गते एकै दिन सबै जिल्लामा हुने चुनाबमा राजनीतिक पार्टीकै तहतप्का सरह नेताहरुले आआफनो प्यानलन खडा गर्ने छन । अहिले कम्युनिष्टहरुको पार्टी फुटेर जनतासामु राम्रो सन्देश जान कठिन हुने ठानेर कांग्रेसप्रति झुकाव राख्ने प्रेस युनियनले केन्द्र,प्रदेश र जिल्ला तहका अध्यक्ष लगायत सबैमा प्यानलनै जित्ने हिसाबले अघि सरेको छ । कम्युनिष्टहरु प्रति रुझान भएको पत्रकारहरुको संस्था प्रेस संगठन नेपाल नेकपामा देखा परेको टुटफुटको गतिबिधिसंगै अन्यौलमा छ । महेशवर दाहालहरु प्रेस सेण्टर जुन पहिलाको माओबादीको नजिकमा रहेकोलाई अघि सारेर हिंडने अबस्थामा छन । बिश्बमणि सुबेदी र गणेश बस्नेतहरुले हाम्रो भनेको एमाले पार्टी निकट प्रेस चौतारीलाई लिएर अघि सर्ने की भन्ने मा पनि छन । एमालेमा पनि माधब नेपाल र खडग ओली पक्षमा रहेको बिबाद नसुल्झिएकोले गर्दा माधब पक्षका पत्रकारहरु ओली पक्षमा खुलेका गणेश बस्नेतहरुलाई भन्दा प्रचण्ड पक्षका पत्रकारहरुसंग नजिक देखिन्छन । जनता समाजबादी पार्टीको प्रेस नेपालले पनि आफनो पक्षमा रुची राख्ने पत्रकारलाई संगठित गरेको छ । मोहन बैद्य,बिप्लब, राप्रपा,राजाबादी,आदीबासी जनजाती,दलित,मधेशी पत्रकारहरुको पनि छुटटै चाहाना छ । पत्रकारका नेताहरुले श्रमजीबी पत्रकारको हितमा हुनेगरि एजेण्डा लिएर मत माग्नु पर्छ। प्त्रकारितामाथिको संकटलाई समाधान गर्न सक्ने कुन बिचार लिएको पार्टी जायज छ? हिजोका दिनमा कुन पार्टीले पत्रकारलाई स्वतन्त्रतापूर्बक लेख्न दियो? कुन पार्टीले पत्रकारिताको महत्व बुझयो? संचार क्षेत्रमा बिना भेदभाव कस्ले उचित निती ल्यायो वा ल्याउने प्रयास गरयो ? पत्रकारिता पेसालाई सम्मान गर्ने र पेशागत बिकसको निम्ती राज्य स्तरबाट चासो राख्ने को हो ? कुन पार्टी थियो? त्यो मूल बिषय झटट देखा परे पनि जनताको अधिकारको लागि कुन पार्टी जायज छ ? जनताको चौतर्फी बिकासमा कस्ले के गरयो? पार्टीगत र ब्यक्तिगत रुपमा जनताको लागि मरिमेटने कुन पक्ष जाय थियो? यो समेत ख्याल गरेर पत्रकारहरुले बिबेक पुरयाई मतदान गर्नु पर्छ। सत्तामा पुगेको बेला जनताका अधिकार माथि, संबिधान माथि प्रहार गर्ने सत्ता र शक्तिको दुरुपयोग गरि जनताले लढ्डेर ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पारेर सनकको भरमा जथाभाबी गर्ने को हो? भ्रष्टचार,नाताबाद,कृपाबाद, बेइमान,धोक्काधडी जस्ता क्रियाकलाप गरेर सिंगो पार्टीलाई नै खाल्डोमा जाकेर आफनो निहित स्वार्थमा लिप्त हुने, हुन चाहाने को हो ? कुन पार्टी हो? कुन नेताले त्यसको नेतृत्व गरेको छ ? सबै कुरा बुझेर पत्रकारहरुले नेता छान्नुस । बिबेकले मतदान गर्नुस । जालझेल र तिगडमबाजी गरेर कोही कसैले प्रभाब पार्न खोज्दै छ भने बिचार गर्नुस तपाई पत्रकार हो समान्य मान्छे होइन ।

2Subin Bishwakarma and Prem Prasad Giri