मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
प्रकाश ब्याकुल
रंगेली,मोरङ
गाउँमा कोरोना संक्रमणको आशंकामा क्वारेण्टाइनमा राखिएका एक दम्पतीलाई नगरपालिका लगायत काही कतैबाट पनि हेरदेख नभएपछि मोरङको सुनबर्सि नगरपालिकाका जनता आतंकित भएका छन ।

नगरपालिकाको वडा नं ४ स्थित काशीजान टोलमा देवनारायण दास र उनकी श्रीमती नीरा दास भर्खरै भारतको बैंगलोरबाट आफनो घर आएका थिए । लक डाउन घोषणा हुनु भन्दा केही दिन अघि नै उपचार लगायत घुमफिरकोलागि बैंगलोर गएका दास परिवार झण्डै २ महिना उतैको सरकारको लकडाउनमा फसेर अलपत्र थिए । भारत सरकारले लकडाउन खुकुलो पारेर रेल सेवा सुचारु गरेपछि दास परिवार नेपाल छिर्नासाथ नगरपालिकाको ४ न वडा अन्तर्गतको श्रीकाली माबि नामक स्कुलको क्वारेनटाइनमा राखिएका छन । भारतबाट के कसरी यहाँ आइपुगे,चेक जाँच भएको नभएको केही थाहा नपाएको बताउने दास परिवारलाई नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अनुसार सबैखाले चेक जाँच गर्नु पर्नेमा कसैले पनि ध्यान नदिदा स्कुलमा बसेका दास परिवारले खुलेआम आफना आफन्त र छरछिमेकलाई भेटी कुराकानी गरि रहेका छन ।नगरपालिकाका जनप्रतिनिधी, स्वास्थ्य शाखाका कर्मचारी,प्रहरी प्रशासन कसैले पनि दा

स परिवारको अबस्थाबारे ध्यान दिएका छैनन । स्थानीय यूवा राजकिरण दासको नेतृत्वको यूवा समुहले वडाध्यक्ष श्रबणकुमार राजबंशीलाई भेटी क्वारेनटाइनमा रहेका दास दम्पतीलाई चेकजाँच र औषधी उपचार गराउन माग गर्दा अध्यक्ष राजबंशीले वास्ता नगरेको भन्दै यूवाहरु ब्ुाधबार सुनबर्षि नगरपालिका घेराउ गर्न आएका थिए । क्वारेनटाइन भनिएको छ । तर बस्ने ठाउंमा कुनै सुरछित कपडा छैन। चर्पी,पानी,खानेकुरा केही नभएपछि दास दम्पतीलाई मुस्किल परेको छ । स्थानीय यूवा रोमन्त दासले भने । खानेकुराहरु दिने ल्याइदिने नाममा गाउंले जनता र परिवारका छिमेकीहरुले उनीहरुसंग भेटघाट गरि रहेका छन । सामाजिक दुरिको ख्याल नगरि गाउंमा दास परिवारसंग कुराकानी र छुने बोल्ने कुराले गाउंभरिनै कोरोना संक्रमण भएर पुरै नगरपालिका सोत्तर हुने कुरामा कसैले ध्यान नदिदा यूवाहरुले चिन्ता ब्यक्त गरेका छन । गाउंमा त्यस्तो परिवार फेला परि सकेपछि जनस्वास्थ्यलाई ख्याल गर्दै साबधानीका बिशेष प्रकृया अप्नाउन सुरक्षाकर्मी परिचालन गरि गाउंशिल गर्नु पर्नेमा नगरपालिकाले कुनै धयान दिएको छैन । भारतीय सिमा नाका जोडिएको हुनाले एकदमै डरमर्दो छ । न स्वास्थ्यकर्मी न सुरक्षाकर्मी कसैले पनि सुनबर्षिमा कोरोना महामारीबारे ध्यान नदिदा एकदमै दुख्ख लागेको यूवा राजकिरण दासले बताएका छन । यसबारे वडाध्यक्ष राजबंशीसंग ९८०७०००३८३मा सम्पर्क गर्दा कुरा हुन सकेन । गाउंका यूवाहरुले नगरपालिकाका मेयर कालीप्रसाद दासलाई घेराउ गरि छिटो भन्दा छिटो योबारे जनशक्ति परिचालन गर्न आग्रह गरेपनि दुईदिन भई सक्दा पनि नटेरेको यूवा रेमन्त दासले बताएका छन ।यसबारेमा मेयर कालीप्रसाद दाससंग प्रतिकृयालिन ९८४२०४४१६५मा सम्पर्क गर्दा म मिटिङमा छु ।पछि कुरा गर्छु भनि पन्छिन खोजे । होइन यस्तो संबेदनशील कुरामा तपाईको भनाई यस्तै हुन्छ भनि प्रश्न राख्दा ल्याब टेष्ट भई रहेको छ । अरु कुरा पछि गर्छु राख्नुस भनेर फोन काटेका छन ।
क्वारेनटाइन भनेर बसाइएका दास परिवारको फोटो खिच्न जाँदा नगरपालिकाकै सडयन्त्रमा दम्पतीहरुलाई कोठाबाहिर निश्कन नदिएको भन्दै यूवा रोमान्त दास भन्छन । मिडियामा आउंछ भनेर पहिल्यै हल्ला फिजाएछन फोटो लिन पाइएन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



