Spread the love

प्रकाश ब्याकुल 

     झन्डै बाईस दिन अघि अप्रील २२ का दिन भारतको श्रीनगर स्थिती कस्मिर क्षेत्रको पहलगाम भन्ने पर्यटकीय क्षेत्रमा आतङ्गकारी हमला भयो। घुमफिर गर्न परिबार सहित त्यहा रहेका नेपाली मान्छे बुटवलका सुदिप न्यौपाने मारिए।जात र धर्म सोधेर आतङकारीले त्यो बेला २६ जना मान्छे मारेको समाचार आयो।त्यो घटना पछि भारतले पाकिस्थानले आतङ्कारीलाइ उक्साएर भारतीय भुमिमा आक्रमण गराएको आरोप लगाइ सैनिक कार्बाही सुरु गर्यो।पाकिस्थानले पनि भारतको आरोप अस्वीकार मात्र गरेन भारतसङ बद्ला लिन प्रतिकार स्वरुप सैनिक प्रत्यारोपण सुरु गर्यो।दुई देश बिच आणबिक युद्द सुरु भइ ४ दिन सम्म विश्व तरङ्गीत भयो।दुवै देशमा जनधनको ठूलो निक्सान भयो।युद्द्ले उतपन्न गर्ने खत्तराले पुरै बिस्वलाइ प्रभाबित तुल्याइ रहेको बेला अचानक दुई देश बीच युद्द बिरामको अबस्था छ।अमेरिकी रास्ट्रपती डोनाल ट्रम्पको पहलमा पाकिस्थान र भारतले युद्द बिराम गरेको चर्चा छ।

               सार्क रास्ट्रमा प्रमुख शक्ति र सम्पन्नशाली देश भारत र पाकिस्थान भुगोलको हिसावले दुवै एक पछि अर्को ठुला रास्ट्र पनि हुन।हाम्रो देश नेपालमा यी दुई ठुला देशको युद्दले प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर गर्छ नै।युद्दले निम्त्याउने बिनास हाललाई टरे पनि यो दिर्घायु रहने ग्यारेन्टी छैन।किन भने भारत र पाकिस्थानको आपसी तिक्तता पाकिस्थानको उत्पती हुदा देखि नै हो।यो उनिहरुको रास्ट्रीयताको सवालसङ जोडिएको बिसयसङै धार्मिक, राजनितिक ,भुगोल,सस्कार सस्कृती सङ्ग पनि सम्बन्धित रहेको ईतिहास हामी पढदै आएका छौ। पहलगाम हमला भित्रको रहस्य सानो बुझाइबाट सम्भव छैन।  नेपालको तुलनामा  त्यति ठुला र सम्पन्नशाली रास्ट्रलाइ हाम्रो देशका प्रधान मन्त्री खडगप्रसाद ओलीले गरेको हल्का टिप्पणी हास्यस्यपद छ।बुद्द जयन्ती मनाउन लुम्बिनी पुगेका प्रधानमन्त्री ओलीले भासण गर्दै भने छ्न ” भारत र पाकिस्थानबीचको युद्ध हामीले सम्यमित हुन आग्रह गरे पछि रोकिएको हो।”  

       प्रधानमन्त्री ओली गफाडीमा दरिएका नेपाली नेता हुन।उनले यो पटक समेत गरि तीन पटक प्रधान मन्त्रीको कुर्सी सम्हाली सकेका छ्न।बोलीको बेटुङ्गोले गर्दा आलोचित भएको भेउ पाउन छोडी सकेका छ्न।कहिले घर घरमा ग्यास पाइप ल्याइ दिने कुरा गर्छन।कहिले रेल अनि पानी जहाज ? उखान र तुक्का गासेर  गरिब नेपालीलाई जाल झेल र छलकपट गरि सत्तामा पुगेर मोजमस्ती गर्नु यिनको बिसेशता भइसकेको छ।झुट बोलेर,छक्याएर ढाटेर दलहरु मध्यमा बदनाम छवीका नेता ओली एमालेका अध्यक्ष हुन।कम्निस्टलाई एक ढिका पारेर एउटै कम्निस्ट पार्टी बनाउने आस्वसन दिएर ७४ को निर्बाचनमा झन्डै दुई तिहाइ नजिक साम्सद सिट पाई प्रधान मन्त्री हुने अवसर पाउँदा समेत अपत्यारिला र अबिस्वास र धोक्खाधडीपुर्ण काम कुरा गरेर  माओबादी लगायतसङ एकता भइ सकेको कम्निस्ट पार्टी  फुटाएर धुजा धुजा पारे।१५ बर्स सम्म महासचिब रहेर एमाले फलाउने फुलाउने  पुर्ब प्रधान मन्त्री माधब नेपाल र अर्का कम्निस्ट हस्ती तथा प्रधान मन्त्री चलाइ सकेका झलनाथ खनाल लगायत थुप्रै दिग्गज बामनेताहरुलाइ पार्टिबाट निकाले।दुई तिहाइको कम्निस्ट सरकार पनि आफैले ढालेका थिए।भ्रस्ट र कमिशनखोरहरुलाइ च्याप्ने अनि आफन्त र नातेदारलाइ जता सुकै ठेलठाल पारेर घुसाइ सत्ता चलाउने र सम्भब नै नभएका बेतुकका कुरा गरेर जनतालाइ झुक्याइ भोट तान्ने जुक्ती मा खप्पीस ओलीले भारत र पाकिस्थानको युद्दलाई आफुले गर्दा रोकेको भन्ने आसयले भासण गरि अर्को बद्नामी थपेका छ्न। कार्यकारी प्रमुख जस्तो पदमा बसेको ब्यक्तिले बोल्ने कुरा सत्य ,जिम्मेवार र प्रमाणित   हुनु पर्ने हो। नेपालको सम्दर्भ मात्र होइन अनेकौ बैदिशिक सहभागितामा चुकेका ओलीको बुद्दीमा लागेको बिर्को कहिल्यै नखुल्ने भयो। आफ्नो देशको कुटनितिक हैसियत,भुराजनितिक अबस्थिती अनि अन्तरास्ट्रीय शक्ति सन्तुलनको गहिरो खाले चिन्तन ,मनन बेगर भारत पाकिस्थानको युद्द सम्वन्धमा ओलीको बोली बेतुक र टपरटुइया हो। रास्ट्रको कार्यकारी कुर्सीमा बसेको मानिसले बोलेको यस्ता कुरालाइ पास्किस्थान र भारतका रास्ट्रप्रमुख त के  सामान्य मानिसले समेत पढे ,सुने भने समेत हामी र हाम्रो देश प्रती कस्तो धारणा बनाउलान? प्रधानमन्त्री ओलीले बोलीमा बिचार गरून्।