Spread the love

प्रकाश ब्याकुल

अहिलेको सरकार कुनै दलको होइन । लोकतान्तात्रिक गणतन्त्रको नाममा राज्यलुट मच्चाउने सांसदवादी पार्टीहरु त्यसमा पनि जननजरमा भ्रष्ट कांग्रेस र एमाले सम्मिलित खडगप्रसाद ओली नेतृत्वको सरकारसंग सुशासनको माग राख्दा गोली खाएर संदैकालागि ढलेका ७६ जना होनाहार जेनजेड यूवाको रगत र आम नेपाली सर्बसाधारण जनताको बलले बनेको सरकार हो । यूवालाई मारेर आफनो भ्रष्ट सत्ता जोगाउने प्रपन्च गर्दागर्दै सेनापुलिसले जनता मारेर नेताको सुरक्षा गर्न सक्दैनौ भनेपछि डरले राज्यको पैसाले हेलिकप्टर चढेर भागेको ओली र उनलाई काँदमा बोकेर लुटको स्वर्गमा रमाई रहेको काग्रेस लगायत पार्टीहरुलाई अब फर्केर जनतासंग जाने नैतिक अधिकार छैन । ०४६ साल देखि अस्ति भदौ २३ गते सम्म राज्यलुट मच्चाएर नेपाली जनतालाई हरिकंगाल पार्ने दलका केही सिमित नेताहरुलाई पक्रेर थुन्नु पर्छ । तिनीहरुले थुपारेको सम्पती राष्ट्रियकरण गर्नु पर्छ । तिनिहरुले भर्ति गरेका आफन्तहरु राज्यको कुन कुन निकायमा छन? खोजि गरेर बर्खास्त गर्नु पर्छ । तिनीहरुको सम्पति जाँचबुझ गरेर अनुचित भए खोस्नु पर्छ । धनि गरिव,ठूलो सानो,जाताति,धर्म,भाषा,रुपरंग,क्षेत्र,लिंग,पेसा,ब्यबसाय इत्यादी काम कुराको आधारमा कुनै पनि मानिसलाई भेदभाव गरिइनु हुंदैन । गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य,रोजगार दिलाएर सबै नेपालीको दिनचार्य बदल्ने तिर यो सरकार लाग्नु पर्छ । भ्रष्ट,फटाह,चोर,डाका,अल्छी,बदमास,अटटेरी,जंडयाहा,दलाल,बिचौलिया,खुरापातीहरुलाई राज्यले पहिचान गरि कानूनको दायरामा ल्याई अमन,चयन र शुख्खशान्तिको प्रत्याभूति दिलाउनु पर्छ । आफनो देशलाई माया गर्ने भावको जागरण ल्याउन ढिला गर्नु हुंदैन । दुई छाक खान र एक सरो लाउन आफनो खेतबारी बन्दकी राखेर बिदेशीको हलिगोठालो हुन जानु पर्ने अबस्थालाई निमिटयान्न गराउन यो सरकार लाग्नु पर्छ । जनताले तिरेको करलाई सरकारले सुरक्षित गरि उद्योग कलकारखानामा लगानी गर्नु पर्छ। आफनो देशको भूमिमा कहाँ के उत्पादन हुन्छ? त्यसको बैज्ञानिक पहिचान गरि ठोस योजना बनाएर कृषि उत्पादन तर्फ लाग्नु पर्छ। नदीनला,हिमाल,पहाड,बहुमूल्य बनस्पति,खनिज पदार्थहरुबारे सरकारले द्रुतगतिमा काम गर्नु पर्छ। जनताको,धार्मिक,साँस्कृतिक बैज्ञानिक आस्था र बिश्वासको कदर गरेर सबैखाले मौलिक हकहरुको सम्मान गर्नु पर्छ ।भ्रष्टाचार विरुद्धको जेनजेड यूवा अगुवाईको आन्दोलनबाट सरकार बनेको हुंदा कुनै पनि पार्टीको कर काप र मोलाहिजामा सरकारका मन्त्रीहरु अल्मलिनु हुंदैन । होनाहार यूवाको रगत पोखिएको सडक अहिले पनि रातै छ । ओली सरकारले दमन गरेर घाइते र अपांग नेपालीका छोराछोरीहरु अस्पतालमा छटपटाई रहेका हुंदा तिनीहरुको बलिदान सम्झेर स्वतन्त्र रुपले भ्रष्टाचारहरु माथि कार्बाही अभियान थाल्न ढिला गर्नु हुंदैन । आन्दोलनको नाममा घुसेर नराम्रो मति भएकाहरुले जथाभावी अनुचित तोडफोड,आगजानी,कुटपिट र लुटपाट मच्चाएको हुन सक्ने घटनाहरु पनि देखिएकोले निष्पक्ष छानबिन गरि कार्बाहीको दायरामा ल्याउनु पर्छ । यूवाको जोडबलमा प्रधानमन्त्री बनाइएकी शुशिला कार्कीको टिममा ल्याइएका मन्त्रीहरु यूवा जोश बिरुद्ध जस्ता देखिन्छन । अहिले भ्रष्टचारमा मुछिएर जनताले फालेका दलका मान्छेहरुको शासन सत्ताकै अबसरमा राष्ट्रसेवक भएर निबृतहरु रहेकाले तिनीहरुमा पुराना मालिकको अबशेष झल्किने संभावनाबारे यूवाहरु सचेत छन। राज्यको चौथो अंग मानिएको पत्रकार जगतले निनीहरुबारे खबरदार गर्ने कलमहरु बन्द हुने छैनन । वाइडबडी काण्ड , निर्मला हत्याकाण्ड,पोखरा विमानस्थल काण्ड , विमानस्थलबाट सुन ओसारपसार काण्ड , वैदिक सिखमुद्रा ओसारपसार काण्ड ,गिरिबन्धु काण्ड , सहकारी ठगी , विद्युत बक्यौतारकम उठाउने सम्बन्धी , एनसेल घोटला सम्बन्धी जस्ता आदि इत्यादि काण्डहरूलाई निष्पक्ष छान बिन गरी छानबिन समितिमै सिमित नरहने गरी दोषीलाई कारबाहीगरिनुपर्छ ।