Spread the love

इटहरी
इटहरी उपमहानगरपालिकामा २०५६ साल देखि नगर प्रहरी सेवामा कार्यरत ५१ वर्षीय जमदार राजकुमार तामाङको निधन भएको छ ।
दिनभरी डयुटि सकेर इटहरी ३ बौका झोडामा आफनै घर पुगेर आरा मगर्दै गरेका तामांगको हुदयघात भएर अचानक बेहोस भई ढलेपछि अस्पताल लादा डाक्टरले मृत घोषित गरेको उनका साथी केशव कार्कीले बताए ।
इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले शुक्रवार नगर क्षेत्र मातहतका कार्यालयमा शोक बिदा दिइएका छन ।

वि.सं. २०५६ सालमा तामाङ वारुणयन्त्रको सिपाही पदमा नियुक्त भएका तामांग प्रेसरका दीर्घ रोगी रहेका थिए । ‘उहाँ सधैं जिम्मेवार, कर्मनिष्ठ र इमानदार कर्मचारीका रूपमा परिचित हुनुहुन्थ्यो। नगरको सुरक्षाको अग्रपंक्तिमा रही, विपद् व्यवस्थापन र आगलागी नियन्त्रणमा उहाँको भूमिका अतुलनीय रह्यो। उहाँको योगदान इटहरीको इतिहासमा सदैव स्मरणीय रहनेछ । उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु। यस दुःखद घडीमा उहाँका शोकसन्तप्त परिवारजनप्रति इटहरी उपमहानगरपालिका परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’ ’ मेयर पौडेलले भनेका छन ।