Spread the love


इटहरी
पीबी दियाली
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न.९मा पर्ने श्रीलंका टापुमा उदयपुरको बेलका नगरपालिकाले खाली जमिन तार लगाएर घेराबेरा गर्ने क्रममा जनताले लगाएको धानबाली समेत घेर्न थालेपछि जनताले त्यसो नगर्न आग्रह गर्दा प्रहरी लगाएर जनतालाई आतकिंत पार्न थालेको समचार प्राप्त भएको छ । हिजो राती १० बजे रामपुर थानाको सईको नेतृत्वमा आएको असंख्य प्रहरी टोलीले उक्त स्थानका ३२ बर्षिय सन्जिब मेहता, उनकी सुत्केरी श्रीमती र ५५ बर्षिय आमालाई ओक्ष्यानबाट जबरजस्ती उठाएर लगेपछि जनता आक्रोसित छन । सो ठाउं सुनसरी जिल्ला रहेको र बेलकाले जनतालाई स्पष्ट नगरी निक्कै दिन अघि देखि प्रदेश सरकारको आदेश भन्दै खाली जग्गा क्याप्चर गरेर तार घेराबेरा गर्न थालेपछि जनताले आन्दोलन गर्दै आएका थिए । त्यहाँ गठन भएको संघर्ष समितीका उपाध्यक्ष प्रकाश चन्द्रबंशीले फोनबाट गराएको जानकारी अनुसार राती डकैती शैलीमा गाउंछिरेको प्रहरीसंग शसस्त्र प्रहरी जत्था र तारघेराबेरा गर्ने ठेक्केदारका मान्छेले पनि प्रहरीको ड्रेस लगाएर सन्जिवको घर घेराउ गरि कुटपिट गर्दै गाडीमा हालेर लगेका थिए । गाउंलेले बिरोध गर्दा बन्दुक तेछर्याएर हल्ला गरे मारिदिन्छु भन्दै लगेको बताइएको छ ।
रामपुर थानाका प्रहरी निरिक्षक र बेलका मेयर मिलेर जनबिरोधी काम गर्न थालेको थुप्रै समय भई सक्दा पनि जनताको पक्षमा कुनै पार्टी देखा नपरेको भन्दै एक जना घिमिरे थरका ब्यक्तिले फोनमा बताए अनुसार कोशी नदीले कटानमा पारेपछि ४५।४६ बर्ष देखिनै सो ठाउंमा बसेका जनताको जग्गाधनी पूर्जा छैन । पुर्जा भएको जमिनमा अहिले कोशी नदी बग्दै छ । त्यतिबेला पंचायतका प्रधानपन्च पदमबहादुर खडकाले बाडीपीडत मध्ये केहीलाई सो ठाउंमा बस्दै गर्ने ब्यबस्था मिलाएका थिए । अहिले बसोबास गर्ने जनसंख्या पनि बढेको र जग्गा पनि महंगो हुन थालेपछि बिकास गर्ने नाममा बेलका नगरपालिकाले जथाभाबी गर्दा आधिकारिक बराहाक्षेत्र नगरपालिका चुप लागेर बस्नुमा भूमाफियाहरुको चलखेल होकी भन्ने आशंका गर्न थालिएको छ । जनतालाई आश्वसित पारेर काम नगर्नु रातारात उनीहरुले लगाएको धानबाली नष्ट गराएर धाकधम्की दिदै नचिनेका मान्छेलाई ठेकेदार हो भनी डोजर लगाउने र प्रहरीले सुरक्षा दिने काम गर्न थालेको सामुदायिक बन उपभोक्ता समितीको पदाधिकारी बताउने ती ब्यक्तिले फोनमा भने । लकडाउनको बेला जनतालाई गुम्राहमा पारेर ज्यादती भएको छ । बिरोध गर्ने यूवालाई बिप्लब माओबादी भन्दै धरपक्कड गर्ने धम्क्याउने पिटने,जेल हाल्ने काम भएकोले संचारकर्मीहरुको ध्यान पुगोस ती ब्यक्तिले भनेका छन । बेलका मेयर डम्पिंग साइड बनाउने नाममा नीतिगत भ्रष्टचार गर्ने गरको पनि बताएका छन । रामपुरथानाका प्रहरी निरिक्षक रामचन्द्र साहसंग रातदिन हेलमेल बढाएर मेयर दुर्गा थापा स्वस्तिकले अत्याचार मच्चाएको उनले बताए । बराहक्षेत्रका मेयर निलम खनालले घेराबेरा गर्न जथाभाबी अनुमती नदिएको भन्दै आफना नगरभित्रका जनतालाई आश्वसन दिने गरेपनि जग्गा हडपेर पजनी गर्न भित्रभित्रै ठूलो खेल खेलेको आरोप लागेको छ ।फलफूल,धान,मकै,तरकारी घाँस दाउरा राम्रो पाइने र खानेपानी पनि जताततै रहेको सो ठाउंमा रहेको हजारौं बिग्गहा जग्गामा भुमाफियाहरुको आँखा लागेपछि प्रदेश सरकारका मन्त्री त्यही क्षेत्रका नेता जगदिश कुसेत समेत लागेर नेकपाका स्थानीय देखि ठूला नेता अनि बिचौलियाहरु बिभिन्न बहानामा छिरेर जग्गा हिनामिना गर्ने सुर कसेको एक बुद्धिजीबीले बताए ।