संचार माध्यममा दलित पत्रकारको अबस्था
पिबी दियाली
बिषय प्रबेस
१ संचार, पत्रकार र पत्रकारिता

संसारमा मानबजातीले आपनो जीवनमा अतिरिक्त जिज्ञासाहरुको उतर महसुस गर्न कुनै संकेत, चित्र, आबाज, हाउभाउ, आकार, प्रकार रंग, अक्षरको माध्यामबाट बिभिन्न सन्देशहरुको आदान प्रदान गर्नुलाई संचार भन्न सकिन्छ । संचार उपयोगको आधारमा यसका बिभिन्न प्रकृयाहरु हुने गर्दछन । मानिसले आफूलाई आबास्यक पर्ने संचारको प्रयोग गर्ने तरिका बिज्ञान प्रबिधिको बिकाससंग निर्भर रहनु पर्ने अबस्था छ । यूग परिबर्तनसंगै संकेत,भाषा,लीपी हुंदै छापा माध्यम, पछि बिद्युतीय संचारले गुणात्मक फडको मारेर संसारभरका मान्छेलाई चकित तुल्याएको छ । संचारको आबाश्यक्ता र उपयोगबाटै पत्रकारिता क्षेत्रको बिकास जारी रहेको हो भन्न सकिन्छ । मान्छेहरुलाई समान्यतः सूझबुझ प्रति अतिरिक्त लाभ पुरयाउने हेतुले कुनैपनि संचारमाध्यममा लेखेर,बोलेर,संकेत गरेर या अन्य कुनै अभिब्यक्तीको माध्यमबाट संचार प्रकृयामा सहभागि भईरहेको ब्यक्तिलाई पत्रकार भन्ने चलन छ । संचार माध्यममा आबद्ध भएर कुनै ब्यक्तिले अंगालेको पेसालाई पत्रकारिता भन्ने गरिन्छ । पत्रकारिता रुपैंया, पैसा, सुनचाँदी जस्तो मूर्त रुपको हंदैन । एउटा असल पत्रकारले खास गरि मानवीय सेवासुविधाको पहुंचबाट बन्चित बहुसंख्यक आम जनताको सर्बाङगिण हितप्रति बफादार रहनु पर्ने हुनाले पत्रकारितालाई आबाज बिहिनहरुको आबाज पनि भन्ने गर्दछन । बिशवब्यपी मान्यता त होइन तर कसैकसैले पत्रकारितालाई समाजको एैना पनि भन्ने गर्दछन । मानब समुदायमा समाजको स्वरुप अनुसार पत्रकारिताको परिभाषामा फरक पर्ने गरेको हुन्छ । हाम्रो सन्दर्भमा बर्गबिभाजित समाज भएकोले पत्रकारिताको परिभाषालाई बर्गिय धरातलको स्वरुपले एकरुपता हुन दिदैन । यसको मत्लब बर्गिय समाजमा अबस्थित कुनै अमुर्त चिजको परिभाषा बर्गिय स्वरुपमा नै निर्भर हुने गर्दछ । नेपाल पत्रकार महाँसंघको परिभाषा अनुसार पत्रकार भन्नाले महासंघको सदस्यता प्राप्त गर्न योग्यता पुगेको, छापा, प्रसारण तथा अनलाइन जस्ता कुनैपनि प्रकृतीका आमसंचारका माध्यमसंग आबद्ध समाचार संकलन, उत्पादन, सम्पादन, संप्रेषण, समाचार लेखन, पुनरलेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट,फोटोपत्रकार,प्रेस क्यामेरा पर्सन,समाचार तथा समाचार मुलक कार्यक्रम निर्माता तथा संचालक, समिक्षक, साजसज्जा, भाषा सम्पादक एबं स्वतन्त्र पत्रकार समेतलाई जनाउंछ ।
२ के हो पत्रकारिता ?
सर्बसाधारण मानिसले समेत बुज्नेगरि समाजका घटनाक्रमहरुलाई संचार माध्याममा लेखेर, बोलेर या अन्य कुनै संकेत गरेर बस्तुनिष्ठ र तथ्यपरक ढंगले औपचारिक रुपमा प्रसारण संप्रेषण गर्ने काम नै पत्रकारिता हो । लेनिनको परिभाषामा पत्रकारिता प्रचार र संघर्षको साधन मात्र होइन संगठन गर्ने माध्याम पनि हो । कालमाक्र्सले पत्रपत्रिका जनताको बौधिक सेवा हुनु पर्छ भनेका छन । सिजि मुलरले सामाजिक ज्ञानको ब्याबसायलाई पत्रकारिता भनेका छन । डब्लुटि स्टिङको भनाईमा पत्रकरिता कला ,वृती र जनसेना हो ।
३ पत्रकारको पेशागत संगठन र पत्रकारिता
समय कममा निरकुंस शासन सत्ताको अन्त्यकालागि भएका बिभिन्न आन्दोलन पछि मूलुकमा राजनितिक स्वतन्त्रतासंगै पत्रकार र पत्रकारिताको बिकासमा सहयोगी भूमिका खेल्ने साथै पत्रकारहरुको हक अधिकारको निम्ति बिभिन्न संघसंस्थाहरु खुलेका छन । खास गरि २०४६ सालको जनआन्दोलन पछि नेपालमा पत्रकारिता फष्टाउन थालेको आभास हुन्छ । माओबादीले २०५२ सालदेखि शूरु गरेको जनयूद्धले झण्डै १० बर्ष मुलुक तहसनहसको अबस्थामा पुग्यो । जनताको ईच्छा चाहानाको सपोर्टमा उभिएर सत्य तथ्य समाचार लेख्नेहरु कतिपय मारिए,जेलमा परे, बेपत्ता बनाईए, बिस्थापित भए, पलायन भए , यातान पाएर अंगभंग पनि भएका छन । कतिपयको पेसा नै खोसियो । यूद्ध दवाउने राज्य पक्ष र यूद्ध गर्ने माओबादी पक्षबाट पत्रकारहरु सताईएका थिए । दुबैले आफनो पक्षमा समाचार नलेखेको निहुंमा बिभिन्न आरोप लगाएर यातना दिएको कुरा काहि ंछिपेको छैन । स्वतन्त्र पत्रकरितामाथि अंकुस लगाउने राज्य र बिद्रोही दुबैपक्षको बिरोध पत्रकार महाँसंघको कदमसंग एककार गर्ने उद्धेश्यले पत्रकारिता पेसामा आबद्ध पत्रकारहरुको राजनैतिक दृष्टिकोण अनुसारका दलीय संगठनसंगसंगै ,पत्रकारितामा जात,जाति एबं समूदायगत संगठन पनि खुल्न थाले जस्तै महिला पत्रकार, नेवा पत्रकार, आदिबासी जनजाती पत्रकार, तामाङ पत्रकार ,राई पत्रकार , लिम्बु पत्रकार ,मधेशी पत्रकार ,थारु पत्रकार इत्यादी हुंदै दलित पत्रकार पनि संगठित भएका छन । पत्रकरिताको आधारभूत
मूल्यमान्यता प्रतिको प्रतिबद्धतालाई नलत्याईकन अन्य कुराको श्रीबृद्धीको खातिर यसरी संगठित हुनुलाई लोकतन्त्रको सौन्दर्यता झल्केको भन्न सकिन्छ । पत्रकारिता एउटा अधिकारमुखि पेसा पनि भएकोले राज्यमा पहूंच नपुगेको बर्गसमुदायको सृजनशील मान्छेले यो पेसा अप्नाउनु जायज देखिन्छ । त्यसैले उत्पिडनमा परेका बर्गसमुदायका पत्रकारहरु संगठित हुनु जरुरी पनि छ । तर राज्यको संरचना फुटाउ र शासन गर भन्ने मुठठीभर ठालु बर्गको हैकमबाट मुक्त नभई सकेको, राज्यमा स्थापित पुराना तथा कतिपय नयाँ पार्टीहरुमा पनि सामन्ती चरित्रको मनस्थिति रहिरहेकोले दलित पत्रकार र उनीहरुको पत्रकारिता अरु जस्तो कलकलाउंदो हरिलो भरिलो देखिदैन । सेवासुबिधाको उपयोग, चुस्तदुरुस्त, फुर्तिफार्तिको हाउभाउमा पनि दलित पत्रकारहरु परैबाट चिनिनु पर्ने अबस्था छ । स्वतन्त्रताको उपभोगमा दलीय अनुसाशनको दण्डा दलित पत्रकारहरुमाथि नै छिटो बर्षने गरेको कतिपय मिडियाहरु बिषेश सरकारी मिडियाहरुमा भएको नियूक्ति, नबिकरण र बर्खास्तीका घटनाहरुले पुष्टि गरेको छ । राज्यनियन्त्रित मिडियामा दलित पत्रकारको यस्तो हबिगत छ भने निजिक्षेत्रका मिडियामा झन दलित पत्रकारको पीडा दर्दनाक छ । यो सब सामन्ती राज्य संरचनाको उपज हो । यसमा उच्चजातीय हैकमबादको पृष्ठपोषक कुलीन नेतृत्वको मात्र दोष होइन दलितको नामधारी छोटेकुलीन बर्गको नेतृत्वको उतिकै दोष छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


