Spread the love

काठमाडौं
महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली प्रेस कार्ड देखाएर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

सनुसरी इटहरी–१४ का २१ वर्षीय हम्मे भन्ने हिमाल रसाइली र बाराका २८ वर्षीय अलि आलम मियाँलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको हो ।

लकडाउनका बेला राति तथा दिनको समयमा दुईजनाले चोरी गरेको चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा. सुविन मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याडसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सीसीटीभी फुटेजको आधारमा अध्ययन गर्दा देखिएको एभेञ्जेर मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा उनीहरुले उम्कन देखाएको एपी वान टेलिभिजनको नक्कली कार्ड समेत फेला पारिएको छ ।

त्यसक्रममा खनतलासी लिँदा उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला पारिएको बताइएको छ ।
वडाध्यक्षका छोराले पुलिस कुटे ःदुई पक्राउ

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार पक्राउ परेका छन्।
उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो।

लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन्। लकडाउनको बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरीमाथि नै हातपात गरेका थिए।

प्रहरी सहायक निरीक्षक दीप तामाङमाथि हातपात गरेपछि पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइएको र थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

ढुङ्गा लागेर घाइते भएका प्रसनि तामाङको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।