Spread the love


इटहरी
सुनसरी जिल्ला कोरोना भाईसरको उच्च जोखिम भन्दै रेड जोनमा दरिएको छ । प्रदेश १ अन्तर्गत भारतसँग सिमाना जोडिएका स्थानीय निकाय लगायत धरान,इटहरी क्षेत्रमा कोरोनाको उच्च जोखिम देखिए पछि प्रशासनले लकडाउनलाई थप कडा पारेको छ ।

धरानमा ३ महिना अगाडी दिल्ली गएर आएकी एक शिक्षिकालाई कोरोना भाईसर पुष्टि भएसँगै धरानमा लकडाउन कडाई गरिएको छ । धरान उपमहानगरपालिकाले नै एक विज्ञप्ती जारी गदै लकडाउनलाई खेलाची नगर्न धरानबासीलाई आग्रह गरेको मेयर तिलक राईले बताए । धरानमा वीपी अस्पताल भएका कारण कोरोनाको विरामीहरु समेत आईरहेको कारण लकडाउनलाई पूर्ण पालना गर्ने आग्रह गरे ।

सरकारले गरेको वर्गिकरण अनुसार सुनसरी जिल्ला रेड जोन अर्थात संक्रमण भित्रिने सम्बेदनशील जिल्ला पर्छ । इटहरीमा पनि लकडाउनलाई कडाई गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । मेन बजार क्षेत्र उत्तर इटहरी २ मा एक युवामा कोरोना भेटिए पछि इटहरीमा लकडाउन थप कडाई गरिएको हो ।
अहिले सडकमा चल्ने सवारी सँगै भित्री बाटाका पसलहरु समेत पूर्ण रुपले बन्द छन । प्रहरी र उपमहानगरपालिकाले माईकिङ गरेरै सतर्कता अपनाउन आग्रह गरे पछि लकडाउन कडा भएको छ । इटहरीमा भेटिएका कोरोना संक्रमित युवका आफन्त तथा साथीभाईहरु गरि २० जनाको स्वाब संकलन गरिसकेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन ।
बराहक्षेत्रमा कार्यरत एक शशस्त्र प्रहरी हबल्दारमा पनि कोरोना देखिए सँगै बराहक्षेत्रका २ वडालाई शिल गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । केही दिन अघि मात्र भारतबाटै आएको एक युवामा सुनसरीमै कोरोना भेटिएको थियो । सुनसरीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

जिल्लाका सबै क्षेत्रमा लकडाउनलाई कडाई गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले बताए ।