Spread the love

नेपाली मुलुककी बलिउड हिरोईन मनिषा कोइरालाले नेपाली राज्यको लागि आफ्नो अभिमत स्वतन्त्रताको सार्बभौमसत्ता झल्किने टुइटर गरेर भारतिय मिडियाकर्मिमा तरङ्ग उत्पन्न गरेकी छिन। बलिउद हिरोईन मनिषाको टुइटरले भारतमा महा भुकुम्प गएको जस्तै चर्चित भारतिय संञ्चार जगत तातिरहेको बेला नेपालमा भने मनिषा कोईरालाको चौतर्फी प्रशंसा गरिएको छ । नेपाली मन नेपाली पन मनिषा कोईरालाको साहसिक टुइटरले शक्तिशाली दुई रास्ट्रहरुको बिचमा रहेको सानो रास्ट्रको स्वाभिमान उच्चारण गरिएकोले र नेपालको समर्थन रहेकोले भारतमा खैला बैला हुनु स्वाभाविक हो। वीर गोर्खालिहरुले आर्जेको देशमा वीर गोर्खालिका सन्तति हरुको टुइटरले शक्तिशाली माहाभारत जस्तो मुलुकमा तरङ्ग छाउनु एक स्वाधीनताको पक्षमा नेपाली सधै सजक छन भन्ने संदेश प्रवाह समेत भएको छ।

त्यसै गरि बलिउद हिरोईन मनिषा कोईराला जस्तै भारतमा आवद्ध गोर्खाल्यान्ड आर्मिका अफिसरले यस्तै अभिव्यक्ति दिने हो भने भारतले ५ मिनेटमा हत्पेको जमिन फिर्ता गर्न भारत ईच्छुक हुन्छ कि? देशको सिमा भारतले मिचिरहादा भारतको बन्दुक बोकिरहने गोर्खाल्यान्डका गोर्खाली फोजले एक घन्टा मात्र बन्दुक बोक्न छोड्नुहोस भारतको स्वर मात्र होइन मोदि सरकारको कपडा समेत झर्छ भुईमा। किन साहास गर्दैनन भारत स्थित गोर्खाली फौजिले?के मनिषा कोइरालाले जस्तै नेपाल आमाको दुध पिएका होईनन र गोर्खाली फौजिले?देशको सिमा मिचिदा भारतको सिमा सुरक्षा गर्ने नेपाली गोर्खाली फौजिले के नेपाल आमाको गर्वले जन्मेका होइन्न र? ईतिहासको प्रभावशाली प्रधानमन्त्री केपि ओलि र सतारुढ दल पार्टी अध्यक्ष प्रचण्डलाई आफ्नो जन्मेको भुमिको रक्षा गर्ने अबसर दिन हुन्न र गोर्खाली फौजिले?नेपाल सरकारको कुटनैतिक पहल,भारतमा रहेका नेपाली सेनाले हतियार विश्राम,गरे मात्र भारतको दादागिरी अन्त्य हुने छ। जय नारी जय स्वाभिमानि,जय मनिषा कोइराला ,जय मातृभुमी,जय मातृभाषा ,जय देश जय नेपाल जय मनिषा कोइराला ।