Spread the love
alt

इटहरी

इटहरी उपमहानगरपालिकाले इटहरी वाड नम्बर २ मा रहेका २५ जना कृषकलाई अनुदान स्वरूप कोरली जातको गाई वितरण गरेको छ ।
देश लकडाउन भएको अवस्थामा गरिब तथा विपन्न परिवारलाई आत्मनिर्भर र अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले बताउनुभयो ।

मेयर चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्बर २ का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गरे. उपमहानगरको आन्तरिक श्रोतवाट यो कार्यक्रमका लागि २० लाख बजेट विनियोजन गरिएको थियो ।यो कार्यले इटहरीलाई दूधमा आत्मनिर्भर बनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमको भनाई छ ।उहाँका अनुसार अव वडा नम्बर १र २ का पचास जना कृषकलाई यसै गरी कोरोली गाई वितरण गर्ने कार्यक्रम रहेको छ ।बितरण गरिएका गाईहरु के कस्ता किसानलाई परयो? के कस्तो मापदण्ड थियो भन्ने खोजिको बिषय बनेको छ । दलित समुदायलाई यो मौका दिइयोकी दिइएन भन्ने बारे दलितका अगुवाहरु बेलेका छैनन। राजनीतिक रुपमा यसलाई नजिकबाट हेर्ने एक स्थानीय नेताले भनेका छन अब हामी चासो राख्दै छौ।