Spread the love

धनकुटा :

धनकुटा नगरपालिका वडा नं. ६ आत्माराकी १३ वर्षीय बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी प्रहरी कार्यलयमा सम्पर्कमा आएका
छन .
अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । उनी पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख समेत हुन् ।

घटनाका आरोपित मध्येका धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरिसेको छ । तर अधिकारी भने फरार थिए ।
शिक्षक अधिकारीले स्कुलमा नाम लेखाउनका लागि बाबुकाे नागरिकता चाहिन्छ बाबुकाे नागरिकता ल्याएर अाउनु भनी उनकै घरमा बलात्कार गरेकाृ बालिकाले बताएकी छन् । तर बालिकाले उजुरी दिइसक्दा पनि प्रहरीले पक्राउ गर्न
नसकेपछि उनी अाफै सम्पर्कमा
आएका हुन।

पक्राउ परेका तीन जनालाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले तीन जनालाई अनुसन्धानका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ध्रुव श्रेष्ठले भने बालबालिका एेन २०७५ अनुसार कार्वाही हुने बताउनु भएको छ।

राजनीतिक पहुँचमा रहेका कारण अधिकारीलाई जोगाउन प्रशासन र राजनीति दल नै लाग्ने हुन कि भन्ने अधिकारकर्मीहरुले अाशंक गरेका छन् । अधिकारी पूर्व मओवादी र हालका नेकपाका नेता भएका कारण अधिकारकर्मिहरुले आशंक गरेका हुन ।

सोही कारण पनि उनलाई प्रहरीले पक्राउ नगरेको आशंका गरिएको छ । नेकपाका धनकुटाका नेताहरुले भने कसैले पनि यस्ता जघण्य अपराधसँग जोडिएकालाई जोगाउन नखोज्ने बताउँछन् ।

लकडाउनका कारण अहिले जिल्ला बाहिर जाने अवस्था छैन । तर, पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । ‘हाम्रो पार्टीका मात्रै होइन, कुनै पनि पार्टी वा विचार बोक्नेहरुले सामाजिक अपराधसँग जोडिएका व्यक्तिलाई
जोगाउन खोज्दैनन्, अधिकारीलाई जोगाउनु पनि छैन’ उनहरु बताउने गरेका छन् , ‘उ निर्दाेश हो भने भागेर होइन, प्रहरीसमक्ष आत्म समर्पण गरेर पीडितलाई न्याय दिन सक्नुपर्छ ।’

गरिव परिवारकी बालिकालाई उनीहरुले लामो समयदेखि ललाईफकाई यौन शोषण गर्दै आएको कसैलाई थाहा थिएन । बालिकाको पेट बढ्दै गएपछि स्थानीयले सोधपुछ गर्दा उनी गर्भवती भएको खुलेको थियो । सो लगत्तै स्थानीयले प्रहरीमा बालिका बाबुले जबर्जस्तीकरणीमा उजुरी दिएका थिए । पीडकहरुले उजुरी नगर्न बरु पैसा दिएर मिलापत्र गराउन दवाव दिँदै आएकाे स्थानीयहरु बताउछन् ।

आरोपित चार जनाले नै बिहीबार दिउँसोसम्म पीडित बालिकाका बुवालाई प्रति व्यक्ति ३ लाखका दरले दिने पैसाकाे वार्गेलिङ गरेपछि कुरा बाहिरएकाे स्थानीयकाे भनाई छ ।

धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि यौन शोषण गरेको आरोप लागेका मदन अधिकारीलाई प्रहरीले पक्राउ गर्न खोजिरहेका बेला आफु निर्दाेश रहेको दावी गरेका छन् ।

शनिवार विज्ञप्ती जारी गर्दै उनले आफु निर्दोश रहेकाले आफु प्रहरी सामु आफैं सम्पर्कमा आउने बताएका
थिए । ‘म आफैं अनुसन्धानमा सघाउन र कानुनी प्रक्रिया अवलम्वन गर्न पूर्ण सहमत छु’ उनले भनेका छन्, ‘सम्मानित अदालतको अन्तिम फैसला नआएसम्म कुनै धारणा व्यक्त नगरी दिन सवैमा अनुरोध छ ।’