सामसङलाई ५० करोड डलर जरिवाना
काठमाडौँ — सात वर्षदेखिको आरोप–प्रत्यारोपको शृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।
सन् २०११ मा सुरु भएको डिजाइन चोरीको आरोप यो फैसलापछि टुंगोमा पुगेको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला सुनाएपछि सामसङले उक्त निर्णयविरुद्ध पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको थियो ।
उक्त मुद्दाको पुनरावलोकन गर्दै अमेरिकी अदालतले अहिले ५० करोड ३० लाख डलर जरिवाना मात्रै तिरे पुग्ने फैसला सुनाएको हो । सामसङलाई मुख्यत: आईफोनको तीन डिजाइन चोरी गरेको आरोप छ । तर, विश्लेषकहरूले भने सामसङ यो क्षतिपूर्तिको निर्णयको पुनरावलोकनका लागि पुन: अदालत जान सक्ने टिप्पणी गर्छन् । क्यालिफोर्नियाको अदालतले पुराना प्रमाणहरूको विश्लेषण गर्दै जरिवाना रकमको निक्र्योल गरेको हो ।सामसङले भने आफूले करिब २ करोड ८० लाख डलर मात्रै क्षतिपूर्ति तिरे पुग्ने जिकिर गर्दै आएको छ । एप्पलले भने आफ्नो आइफोन बिक्रीबाट प्राप्त नाफाको आधारमा ठूलो रकम क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आएको थियो ।
सामसङलाई साढे दुई अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने दाबी एप्पलले गरेको थियो । सन् २००७ मा सार्वजनिक भएको आइफोनको होम बटनसहित विभिन्न डिजाइन सामसङले चोरी गरेको आरोप एप्पलको थियो । सन् २०११ मा एप्पलले सामसङविरुद्ध क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरेको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


