इटहरी अस्पतालमा स्तरउन्नतीको माग

नगरको स्वामित्वमा रहेको इटहरी अस्पतालको सेवा स्तरोन्नति र सुदृढीकरणको लागि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसमक्ष माग गरिएको छ। प्रदेश सांसद् लिलम बस्नेतको नेतृत्वमा गएको टोलीले माग पेश गरेको छ ।
इटहरी अस्पतालको आकस्मिक इञ्चार्ज रामकुमार धमलाले आगामी आर्थिक वर्षको बजेटमा अस्पतालको स्तरोन्नतिलार्ई समेट्न अनुरोध गरिएको बताए । आगामी वर्षको बजेट डेढ करोड छुट्याइदिन अनुरोध गरिएको छ । मन्त्री घिमिरेले अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र बरालले बताए ।
कोरोना संक्रमणको अहिलेको अवस्थामा समेत इटहरी अस्पतालले कोभिड १९ को परीक्षण, फिभर क्लिनिक संचालन, क्वारेन्टाइन व्यवस्थापन, २४ घण्टा इमर्जेन्सी र डेलिभरी सेवालगायत स्वास्थ्य बिमा सेवाहरू निरन्तर दिइरहेको छ । बिरामीको चापलाई हेर्दा अस्पतालको स्तरोन्नति आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्माले बताए ।
डेलिगेशनमा प्रदेश सांसद् लिलम बस्नेत, अस्पताल सचालक समिति अध्यक्ष भूपेन्द्र बराल, संचालक समिति सदस्य सञ्जीव खड्का, अस्पतालको निमित्त सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्मा र इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलालगायत सहभागी रहेका थिए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती