मेयर द्धारिकलाल र सामाजिक बबाल

बेलाबेला बिबादमा आइरहने इटहरी उपमहानगरपालकाका मेयर द्धारिकलाल चौधरी यतिबेला फेरि बिबादमा आएका छन।भ्रष्टचारीलाई नछोडने मोही किसानको छोरा,कम्युनिष्टको असल कार्यकर्ता भन्न रुचाउने मेयर चौधरी उपमहानगरको मेयर भएदेखि नै बिभिन्न फण्डाबाजीमा मुछिए। कहिले सरकारी जमिन मिचेर बिल्डिङ बनाएकोमा डोजर लाउने,कहिले भ्रष्टकर्मचारीलाई घिसारेर निकाल्ने,कहिले आफनै पार्टीका सहयोद्धा नेतालाई भ्रष्टचारको आरोप लगाई सार्बजानिक स्थलमा हातपात गर्ने, पत्रकारलाई धम्क्याउने,रण्डि शब्द प्रयोग लगायतका कुरामा बिबादित बने। मेयर चौधरीसंग जोडिएर आएका यी र यस्तै कुराहरुले जनतामा निरासा बाहेक अरु हात लागेन। हल्ला पिटियो टरर्यो । कतिपय कुरामा उनी आबद्ध रहेको पार्टी नेकपाको केन्द्रिय तहसमेतको ध्यानाकर्षण भयो ।कतिपय मुद्धाहरु सामसुम पारिए।कतिपय जिउंकातिउं छन। बेला बखत चर्चामा आइरहने चौधरी यतिबेला एउटा महिलाको घरमा खाएको कुखुराको मासु र बियरको काण्डले चर्चित छन। यो काण्डमा महिला पक्षबाट उनीमाथि कुनै उजुरबाजुर परेर होइन।उनको वानी ब्यहोरा,चालचलन र उनले देखाउदै आएको शैली देखि खिन्न भएकाहरुले औंला उठाउने मौका पाएपछि उनीमाथि नैतिक संकट आई लागेको छ। उनको मर्यादा क्रममा दोस्रो उपमेयर लक्ष्मी गौतमले यो काण्डबारे संसयपूर्ण चासो राखेपछि उनका बिरोधीहरु झन हौसिने मौका पाएका छन । राती मेयरले लोग्ने नभएको घरमा रहेकी दलित नारीसंग मासु रक्सी खांदैछन भनेर हल्ला चल्यो। जिल्लबाट प्रहरी समेत आयो। पत्रकारले उनको पदीय दायित्व माथि प्रश्न गरे। उनकै पार्टीकी उपमेयर गौतमले रातारात फेसबुकमा मेयरबारेको खानपिन हल्लामा पहाडै खसेजसरी स्टाटस लेखिन। भोली पल्ट छिटोभन्दा छिटो आफना मेयरले खानपिन गरेको महिलाको घरमा पुगिहालिन र आफनो ओहदा माथिका मेयरको रातको हल्लाबारे इन्क्वाएरी लिइन। भलै मेयर ती महिलाकोमा एक्लै थिएनन। आतिथ्य सत्कार गरेर बेलैमा पठाएको आसय ती महिलाले सार्बजानिक गरिसकेकी छन। उपमेयर गौतमले त्यो किसिमको चासो राख्नु जायज थिएन । त्यहाँबाट पनि मेयर चौधरी चुकेकै छन । अर्को कुरा मेयर यस अघि आफूलाई कुनै ब्यबसायिक काम गरेको नखुलाई खुबै आदर्शको राजनीतिज्ञ ठान्दथे तर उनी राजनीतज्ञ मात्र नभई जग्गा ब्यपारी पनि रहेछन। उनले खानपान गरेको महिलाको घर छेउमै प्लटिङ गरेका रहेछन। सो जग्गा प्लटिङका क्रममा ती महिलासंग चिनजान भएछ।छिमेकीको नाताले जग्गा किन्ने मान्छे खोज्ने र कमिशन दिने शर्त अनुसार मेयर चौधरी र ती महिलाबीच केही ब्यबसायिक सम्बन्ध पनि रहेछ । त्यो अबस्था अनुसार आउजाउ हुंदा समाजका केही मान्छेहरुले मेयर चौधरीको चुकुल खुस्काउने खेती गरेकै हुन । मिडियाबाजी भई सकेपछि मेयर चौधरीले सो बारे संयमित हुनु पर्नेमा फेरि पत्रकार धम्क्याउने काम गरि पुरानै वानी सुरु गरेका छन । इटहरीका स्थापित संचारकर्मी तारा पोखरेललाई आफनो बिरुध्द समाचार लेखेको भन्दै राती राती फोन गरेर अपाच्य,असिश्ट,अमर्यादित ब्यहोरा देखाएको अडियो सार्बजानिक भएको छ । मेयर चौधरीकै नम्बरबाट राती फोन गरि तेरो स्वास्नीको पोइ बोलेको भन्ने शब्द निक्कै खेप दोहो रिएको छ । यस अघि इटहरीकै महिलाहरु सामु रण्डि भन्ने शब्द प्रयोग गरेका चौधरीले एरिना टिबीका पत्रकारलाई मु…. भनेका थिए । त्यो काण्डमा पनि मेयर आलोच्य भई सकेका हुनाले अहिलेको काण्डमा पत्रकार तारा पोखरेलमाथिको गाली गलौज झन खेदजन्य छ । मेयर चौधरीसं जोडिएका यस्ता सामाजिक बबालहरुको अन्त्य छिटो होस ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


