किलकिलेमा गएर हानेपछि सीमा विवाद मिल्छ – बुद्धिनारायण श्रेष्ठ
काठमाडौं । सिमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले नेपालको सीमा मिचेकाले निल्न आँटेको घाँटीमा हानेपछि नेपालको सीमा फिर्ता हुने दावी गरेका छन् ।
‘भारतले नेपाल खान खोजेको छ तर खाइसकेको छैन, किलकिलेमा अड्केको छ, पछाडिबाट हानेपछि फिर्ता हुन्छ’ सीमा विवादका बारेमा पूर्व सांसद मञ्चले आज सिंहदरवारस्थित कार्यालयमा गरेकोे ‘नेपाल भारत सीमा समस्या र समाधान विषयक अन्तरक्रिया’ मा उनले यस्तो बताएका हुन् ।
उनले सरकारले नेपालको सीमाको आधिकारिक दस्तावेज सार्वजनिक गर्नुपर्ने बताए । उनले संविधान संशोधन गर्ने क्रममा नेपालको सीमाबारे पनि उल्लेख गर्न सुझाव दिए । पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले भारतले नयाँ नक्सा सार्वजनिक गरेर आधिकारिक रुपमा हस्तक्षेप गर्न सुरु गरेको बताए ।उनले सीमा विवादमा नेपाल सरकार गम्भीर नभएको पनि आरोप लगाए । आफू भारतका लागि नेपाली राजदुत हुँदा सीमा विवाद समाधानका लागि केही पहल गरेको पनि दावी गरे भारतले पछिल्लो समयमा सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको रहेको दावी गरेको छ ।
नेपाल सरकारका पूर्व सचिव द्धारिकानाथ ढुंगेलले सरकारको कमजोरीका कारण यो समस्या आएको बताए । ‘जनता तातिरहेका छन् तर सरकारलाई यो पीँडाले छोएको छैन, योभन्दा अरु दुर्भाग्य केही हुन सक्दैन ’ढुंगेलले भने । ढुंगेलले सरकारले सीमा विषयमा विज्ञसँग छलफल नगरेकामा पनि असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा भैरव रिसालले सरकारको सक्रियता नभएकाले समस्या दिनैपिच्छे गम्भीर बन्दै गएको टिप्पणी गरे ।
२०५७ सालमा स्थापित मञ्चले समसामयिक विषयमा अन्तरक्रिया र विचार गोष्ठी गर्दै आएको छ ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


