निजी क्षेत्रमैत्री व्यवसायको पक्षमा सरकार : अर्थमन्त्री
अर्थमन्त्री डा.यूवराज खतिवडाले सरकार निजी क्षेत्रमैत्री व्यवसायको पक्षमा भएको जानकारी गराउँदै निजी क्षेत्रको सहभागीताबाटै सरकारले निर्धारण गरेको आर्थिक समृद्धिको लक्ष्य सम्भव रहेको बताउनु भयो । अहिले आर्थिक क्षेत्रका महत्वपूर्ण कानुन निर्माणको क्रम चलिरहेकोले यसमा पनि निजी क्षेत्रसँग सहकार्य जारी रहने बताउनु भयो । बजेट ल्याएको ६ महिना पनि नपुगेको अवस्थामा अहिले नै नतिजा खोज्न नहुने भन्दै निर्यात क्षमता बढाउन आयात गर्नुपर्ने भएतापनि यस्तो प्रवृत्तिलाई लामो समयसम्म रहिरहन दिन नहुने बताउनु भयो । बजेट अनुशासनमा रहेको र अनुशासनमा नरहेका कार्यक्रमहरुलाई त्यसको दायरामा ल्याउने प्रयास भईरहेको उहाँले बताउनु भयो । सरकारले फेरी पनि लगानी सम्मेलन गर्ने र यसको तयारी भईरहेको साथै विगतको लगानी सम्मेलनको समिक्षा गर्दै त्यसैको आधारबाट लगानी भित्रयाउन लगानी बोर्डको संरचना परिवर्तनदेखी सम्पूर्ण लगानी स्वीकृतिका लागि सकेसम्म छिटो निर्णय गर्न सरकार अघि बढेको बताउनु भयो । सरकारले लगानी बोर्ड ऐन २०६८ संसोधन गरी ऐनलाई प्रभावकारी बनाई लगानीको वातावरण बनाउने पनि उहाँले बताउनु भयो ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले राजनितीक संक्रमणको अन्त्यपछि बनेको स्थायी र बलियो सरकारले हालसम्म अपेक्षा अनुसारका काम गर्न नसकेको भन्दै संघीय संरचनामा दोहोरो करको भार पर्न सक्ने निजी क्षेत्रको आशंका सावित भएकोले त्यसलाई रोक्न सरकारले पहल गर्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा अन्य वक्ताहरुले समेत दोहोरो कर तिर्नुपर्ने अवस्थाप्रति सरकारको ध्यान आकर्षण गराए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



