Spread the love

 

नागरिक लगानी कोषको कायम मुकायम (का.मु)  कार्यकारी निर्देशकको जिम्मेवारी सुशील कुमार अर्याललाई दिइएको छ । कोषमा केही दिन देखी उक्त पद रिक्त रहेको थियो । कोष संचालक समितिको बुधबार अबेर बसेको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल ब्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यो भन्दा अघि कोषको मुख्य ब्यवस्थापक पदमा कार्यरत थिए । कोषमा उनी अनुभवी ब्यक्तित्वको रुपमा परिचित छन । अर्यालले बाणिज्य सास्त्रमा स्नाकोत्तर तथा कानुनमा बिएल गरेका छन ।