Spread the love

 

काठमाण्डौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो सम्मेलन यही साउन १४ र १५ गते बिहिवार र शुक्रवारका दिन काठमाण्डौंमा हुदैछ । यसका लागि मंगलबारबाटै अतिविशिष्ट पाहुनाहरु नेपाल आउदै छन् । सोही कारण नेपालको एक मात्र अन्र्तराष्ट्रिय त्रिभुवन विमानस्थल १२ गते मंगलवारदेखी शनिवारसम्म ५ दिन प्रभावित हुने भएको छ । सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिल्ट मंगलबार नै काठमाण्डौं आइपुग्नेछन् । १३ गते बुधवार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका सर्वोच्च अदालतका प्रधानन्यायधीस छिरिङ वाङचुक नेपाल आइपुग्नेछन् । नेपाल उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्र प्रमुख वा सरकार प्रमुखको आवागमनका बेला कम्तीमा आधा घण्टा विमानस्थल बन्द हुनेछ । यसैगरी १४ भदौमा बिहान ८ बजेदेखी साढे १० बजेको बिचमा तिन अतिविशिष्ट उडान हुदैछन् । यसमा भारतीय प्रधानमन्धी नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चनओचा नेपाल ओर्लने छन् । यो अवधिभर विमानस्थलमा सर्वसाधारण यात्रुको आवागमन बन्द हुनेछ भने व्यवसायिक उडाका जहाजको समेत उडान र अवतरण हुनेछैन ।