Spread the love

काठमाण्डौं–  नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा. लि. (विशाल समूहको सहायक कम्पनी) ले रेनो कार प्रेमीहरुका लागि यहि २०७५ श्रावण २२ गते देखि श्रावण २९ गतेसम्म नेपाल अधिराज्यभरी रेनो क्याप्चर कार्निभल मेला आरम्भ गरेको छ । अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई ३,००,०००। (तिन लाख )बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले  प्रत्येक टेस्ट ड्राईभ गरेर आकर्षक उपहार जित्न सक्नेछन् ।रेनो क्याप्चर कार्निभल मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।