स्तनपान कक्ष अनिवार्य
काठमाण्डौं — सन् १९९२ देखि प्रत्येक वर्ष अगष्ट पहिलो साता मनाउदै आएको विश्व स्तनपान दिवस यो वर्ष पनि मनाउन शुरु गरिएको छ । उक्त दिवस नेपालभर र अन्य मुलुकमा समेत यहि साउन १६ गते देखी २२ गतेसम्म विभिन्न सरकारी तथा गैह्रसरकारी संस्था तथा स्थानीय सामुदायिक संस्थाहरुले समेत मनाईरहेका छन् । उक्त कार्यक्रम विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा र वल्र्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन को सहयोगमा सञ्चालन भईरहेको छ ।
शिशु जन्मेको एक घण्टाभित्र आमाको विगौते दुध अनिवार्य रुपमा खुवाउनु पर्ने भएतापनि कतिपय समुदायमा ज्ञान र जनचेतनाको अभावका कारण मह,घिउ तथा चिनी चटाउने चलन रहेको छ । स्वास्थ्यका दृष्टिकोणले यसो गर्नु एकदमै गलत मानिन्छ । शिशु जन्मेदेखी ६ महिनासम्म अनिवार्य रुपमा आमाको दुध खुवाउनु पर्दछ भने ६ महिनापछि पनि नियमित स्तनपान सँगसँगै अन्य पुरक खानेकुराहरु खुवाउनु पर्दछ । पुरा समय आमाको स्तनपान गरेको बच्चाको शारिरीक, मानसिक तथा बौद्धिक विकास पनि राम्रो भई निरोगी हुने सम्भावना धेरै हुन्छ । यसले शिशु मृत्युदर पनि घटाउछ । शिशु विकासको सम्पूर्ण तत्वहरु आमाको दुधमा नै पाईने हुँदा आमाको दुधलाइ बच्चाको पहिलो खोपको रुपमा लिइन्छ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा हरेक शिशुलाई आमाको दुध दिन रात गरेर कम्तिमा पनि १० पटकसम्म खुवाउनु जरुरी हुन्छ । दुबै स्तनबाट पालैपालो गरी एक स्तनबाट कम्तिमा पनि १५ मिनेट सम्म खुवाउनु पर्दछ । नियमति स्तनपान आमाको लागी पनि निकै फाइदाजनक हुन्छ , यसो गर्दा महिलामा ब्रेस्ट सम्बन्धी समस्या निकै कम हुन्छ ।
स्वास्थ्य संगठन र युनिसेफले प्रकाशन गरेको एक प्रतिवेदन अनुसार विश्वभरमा हरेक ५ जना शिशु जन्मेकोमा ३ जना शिशु एक घण्टा भित्रै आमाको दुध पिउनबाट वञ्चित हुने गरेको पाइएको छ । नेपालको तथ्यांकलाई हेर्ने हो भने सन् २०१६ को सर्वेक्षण अनुसार करिव ९९ प्रतिशत बालबालिकाहरुले स्तनपान गरेको देखिन्छ । जन्मेको एक घण्टा भित्रै स्तनपान गर्ने शिशुको संख्या भने ५५ प्रतिशत पुगेको छ । यद्यपी गाउँमा भन्दा शहरमा बस्ने आमाहरुले नियमति स्तनपान नगरेको पाइन्छ । शहरीया जीवनशैली तथा शहरमा पाईने तयारी पौष्टिक आहारका कारण बच्चाले नियमति स्तनपान गर्न पाउँदैन यसले नवजात शिशु र आमा दुवैको स्वास्थ्यमा नकरात्मक असर गरिरहेको हुन्छ ।
हाम्रो देशमा सार्वजनिक स्थलहरुमा स्तनपान गर्न त्यति सहज मानिदैन जसको कारण बच्चाले समयमा स्तनपान गर्न पाउदैन । यसकारण सरकारले देशभरका सबै स्वास्थ्य संस्थामा छुट्टै स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ । सरकारले नवजात शिशुलाई आमाको दुध खुवाउने विषयमा देशभरमा ३० ठाउँमा स्तनपान कक्षको शुरुवात गरेको छ । स्तनपान कक्ष नबनाएको खण्डमा कुनै पनि फाइल स्वीकृत हुने छैनन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


