राष्ट्रकवि घिमिरेले अस्पतालबाटै भने- ‘हिमाल देख्न पाउने भएँ, खुसीले गद्गद छु’
- 46 Views
नयाँदिल्ली — यहाँको मेदान्त अस्पतालमा उपचारार्थ राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । घिमिरेको शरीरभित्र करिब दुई सातादेखि भइरहेको आन्तरिक रक्तश्राव रोकिएसँगै स्वास्थ्यमा सुधार देखिएको हो ।
स्वास्थ्यमा सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम शुक्रबार उनलाई जुसलगायत झोलिलो कुरा खान दिइएको छ । ‘अहिलेकै जस्तै सुधार कायम रहे एक साताभित्रै उहाँलाई डिस्चार्ज गर्नेछौं’ मेदान्तका अस्पतालका वरिष्ठ चिकित्सक डा. रणधीर सुदलाई उद्धृत गर्दै घिमिरेका छोरा इन्दिबरले जानकारी दिए, ‘बुवाको स्वास्थ्यमा देखिएको सुधारबाट चिकित्सकहरु पनि सन्तुष्ट हुनुहुन्छ ।,’
बुधबार साँझ ६ बजे जेट एअरवेजको विमानबाट नयाँदिल्ली ल्याइएका राष्ट्रकवि घिमिरेलाई नयाँ दिल्लीको गुडगावँस्थित मेदान्त अस्पतालको ११ तल्लामा रहका ५१३२ नम्बरको हाइकेयर युनिटमा भर्ना गरिएको छ । घिमिरेलाई एअरपोर्टबाट सोझै मेदान्त पुऱ्याइएको थियो । बिहीबार राति करिब १२ बजे बसेको चिकित्सकहरुको आपतकालीन बैठकले रक्तश्राव कहाँबाट भइरहेछ भन्ने पत्ता लगाउन इन्डोस्कोपी, क्लोनोस्कोपी र क्याप्सुल इन्डोस्कोपी गर्ने निर्णय गरेको थियो । यसअघि बिहीबार दिउँसो गरिएको इन्डोस्कोपीमा सानो आन्द्रामा दुई ठाउँमा सामान्य ‘स्क्र्याच’ देखिएपछि त्यसलाई लेजर प्रविधिबाट डामिएको थियो । ‘लेजर अपरेशनपछि स्वास्थ्यमा सुधार देखिएको छ, रक्तश्राव रोकिएको छ र दिसा पनि सामान्य भएको छ,’ इन्दिबरले भने । उनका अनुसार क्याप्सुल इन्डोस्कोपीबाट लिइएका तस्बिर केलाएर थप परीक्षणका बारेमा निर्क्योल गर्ने चिकित्सकले बताएका छन् ।
उच्च रक्तचाप र दिसामा रगत देखा पर्ने समस्या कारण विगत दुई सातादेखि घिमिरेको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गरिएको थियो । तर, सानो आन्द्राबाट भइरहेको रक्तश्राव हुने ठाउँ पत्ता नलागेकाले चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए । ९९ वर्षीय राष्ट्रकवि घिमिरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय सरकारले गरिसकेको छ ।
‘हिमाल देख्न पाउने भए, खुसीले गद्गद छु’
मलाई सबैभन्दा आश्चर्य के कुरामा लागेको छ भने फेरि एकपटक जीवन सबैभन्दा दुर्लभ भन्ने अनुभूति भएको छ । हुन त जीवन दुर्लभ भनेर पहिले पनि लेखेको छु । फेरि एक पटक त्यस्तो अनुभव गरेको हुँ । अब त बाँच्छु भन्ने भएको छ ।
जनताले मेरा बारेमा गरेको चिन्ता र चासोप्रति म हृदयदेखि नै आभारी छु । त्यो चिन्ता र चासो म कुनै एउटा व्यक्तिलाई भन्दा पनि राष्ट्रकवि भएको र मैले देशका लागि गर्दै आएको सेवाका लागि हो । मैले गरेको सिर्जनाका लागि हो । यो मान्छे बाँच्यो भने देशका लागि अझ सेवा गर्ला भनेर सारा जनताले मेरा बारेमा निधिखुदी र सद्भावना राखेका हुन् । र, एउटा देशको नागरिकले कलाकार, साहित्यकारप्रति जो सद्भावना र प्रोत्साहन देखाएका छन् त्यो मेरो देशका प्रबुद्ध जनताले प्रकट गरेका छन् । यो कलाप्रेमी र साहित्यप्रेमी अभिव्यक्तिको लक्षण हो । यसका लागि म उहाँहरुप्रति कृतज्ञ छु ।
अब मेरो बाँकी समय भनेको लेख्दै गरेको महाकाव्य टुंग्याउनमै बित्नेछ । अहिलेको विश्वमा मैले दुईवटा विषय चिन्ताजनक ठानेको छु । पहिलो अणु आतंक । त्यसमाथि मैले अस्वस्थामा लेखिसकें । दोस्रो अहिलेका विश्वका जनता बढी नै प्रविधिमुखी हुँदै गएका छन् जसले गर्दा उनीहरुले हृदयलाई गुमाउँदै गएका छन् । हृदय नगुमाउन भन्नका लागि रितम्भरा महाकाव्य लेख्न थालेको हुँ । स्वास्थ्यका कारण विश्वलाई दिन चाहेको यो दोस्रो उपहार त्यतिकै गज्याङगुजुङ हुन्छ कि चिन्ता लागेको थियो ।
तर, अब म ढुक्क छु । अब यो महाकाव्य चाँडै सिध्याउँछु । करिब करिब सकिन लागेको छ । त्यसलाई सिध्याउन पाए भने नेपाली जनता र साहित्यका लागि मेरो तर्फबाट एउटा सानो उपहार हुनेछ । अब जनताहरुले चिन्ता नगर्नु भए हुन्छ, म चाँडै नै उहाँहरुसामु प्रफुल्ल भएर उभिने छु । उहाँहरुको मप्रतिको सद्भावना मैले देखेको छु । त्यसका लागि सँधै नै ऋणि रहिरहनेछु । यसबाहेक अरु मँसग उहाँहरुलाई भन्ने कुनै शब्द नै छैन । कहिले जनतासमक्ष खुसी साट्न उपस्थित हुन पाउला भनेर छटपटी भइसकेको छ । त्यो क्षण सम्झँदा नै पनि मन फुरुगं भएर आउँछ ।
अर्को एउटा कुराले पनि औधी खुसी बनाएको छ । त्यो के भने, अब फेरि सेता चम्किला हिमाल देख्न पाउने भएँ । त्यो सम्झँदा खुसीले मन गदगद हुन्छ ।
(राष्ट्रकवि घिमिरेसँगको कुराकानीमा आधारित)
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


