Spread the love

रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रा. लि. ले आफ्नो उपभोक्ताको सुबिधाको लागि ‘रेनो सर्भिस क्याम्प’ यहि मिति श्रावन ६ गते देखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प श्रावन ८ गतेसम्म नेपालका बिभिन्न शहरहरुमा आयोजना हुने छ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने छ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने हामीले विश्वास लिएका छौं ।

यो सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा संचालन हुने छ । जसमा शाहारा अटोमोवाईल्स एण्ड कम्पनी प्रा ली बिर्तामोड झापा श्रावन ६ गते देखि ८ गतेसम्म , महाबिर अटोमोवाइल्स बिराटनगर श्रावन ६ गते देखि ८ गतेसम्म , युनाइटेड अटो कन्र्सन नारायणगढ श्रावन ६ गते देखि ८ गतेसम्म , जुपिटर ह्वल्स बुटबल श्रावन ६ गते देखि ८ गतेसम्म , भैरहवा अटो कम्पनी भैरहवा श्रावन ६ गते देखि ८ गतेसम्म र जोन्छेन ट्रेर्डस पोखरा श्रावन ६ गते देखि ८ गतेसम्म यी बिभिन्न शहरमा आयोजना हुदैछ ।

यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले बिभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निःशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निःशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइने छ ।