सुधारको लय लिंदै सेयर बजार: लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा
काठमाडौं । लामो समयको उतारचढावपछि सेयर बजारले सुधारको निरन्तरताको संकेत गर्दै बन्द भएको छ । आइतबार नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । शुरुदेखि निरन्तर उकालो गति लिएर ९ अंकभन्दा माथिसम्म पुगेको नेप्से अन्तिमतिर भने सामान्य १.३५ अंकले उकालो लाग्दा १२१९.८१ अंकमा पुगेर अडिएको छ । यसैगरी क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२९ अंकले उकालो लागेर २५६.०४ मा पुगेर अडिएको छ ।
आइतबार पूँजी बजारको ट्रेण्डलाई हेर्दा लगानीकर्ताको मनोविज्ञानमा सुधार हुन भने सकेको छैन । घट्दो बजारमा अधिकांश लगानीकर्ताको सोचाई पनि ‘पर्ख र हेर’ को अवस्था देखिएको छ । माग र आपूर्तिबीच तारतम्य मिल्न नसक्दा बजार अपेक्षाकृत रुपमा अगाडि बढ्न भने सकेको छैन ।
आइतबार १६७ कम्पनीका सात लाख ५० हजार ९२६ कित्ता सेयर २० करोड ९३ लाख रुपियाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । अघिल्लो साता बन्द हुँदा परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको थियो । दिनभरमा १६३ वटा कम्पनीको छ लाख २३ हजार दुई सय ११ कित्ता सेयर तीन हजार पाँच सय १३ पटक खरिदबिक्री हुँदा १९ करोड ६६ लाख १४ हजार एक सय ५२ रुपियाँको कारोबार भएको थियो । कुनै पनि कम्पनीको कारोबार करोड पुग्न सकेको थिएन ।
कारोबारमा आएका नौं उप समूह मध्ये पाँच समुह उकालो लागेका छन् भने चार समुह ओरालो लागेका छन् । बीमा समुहको सूचक २२.९२ अंक, उत्पादनमूलक समुह १२ अंकले उकालो लागेको हो । बैंकिङ विकास बैंक र फाइनान्समा पनि समान्य सुधार आएको छ । आइतबार सबैभन्दा धेरै हाइड्रोपावर समूहको ७.३७ अंकले ओरालो लागेको छ भने होटल, अन्य र लघुवित्त समूहको सूचकमा समान्य ओरालो लागेका छन् ।
सबैभन्दा बढि दुई करोड रुपियाँ बराबरको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर कारोबार भएको छ । ओम डेभलपमेन्ट बैंक, कामना सेवा बैंकको संस्थापक, नेको इन्स्योरेन्स र एभरेष्ट बैंकको पनि धेरै कारोबार गर्ने कम्पनीका रुपमा दर्ज भएका छन् ।
आइतबार आरम्भ माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढि ६.८३ प्रतिशतले नाफा कमाएका छन् । जेविल्स् फाइनान्स, सूर्या लाईफ र नबिल इक्वीटी फण्डका इकाइधनीको सेयरमूल्य पनि ४ प्रतिशत बढीले बढेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


