सात पत्रकारलाई पुरस्कार सम्मान
इटहरी
एमाले पार्टीका हिक्मत कार्की मुख्यमन्त्री रहेको कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर सात जना पत्रकारलाई सम्मान गरेको छ । एक एक लाख रुपैंयाँ पैसा सहित गरेको सम्मानबाट झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, बिमल लामिछाने ,धनकुटाका राजेश्वर श्रेष्ठ ,सुनसरीकी यशोदा सेने, मोरङका मोहम्मद सदरुल र मनोज दाहाल रहेका छन ।
कोशी सरकारले हरेक वर्ष प्रदान गर्दै आएको एक लाख रुपैयाँ राशिसहितको प्रादेशिक पत्रकारिता पुरस्कार गत साल गणराज्यका सम्पादक प्रकाश ब्याकुल पीबी दियाली सुनसरी,महेश्वर चाम्लिगं गाइघाट,रमेशचन्द्र अधिकारी धनकुटा लगायत सात जनालाई सम्मान गरेको थियो । यसपालि झापा,मोरंग सुनसरी र धनकुटा बाहेक अन्तबाट कोही पत्रकार परेनन। एक एक लाख पुरस्कार भनेर चेकको फोटो थमाइएपनि २५ हजार घटाएर पचहत्तर हजारमात्र भिडाइएको गत सालको पुरस्कार बितरणमा कोशी सरकारको बिरोध भएको थियो । यसपटक उक्त रकम के कसरी दिइने हो ? ब्यबहारमा देख्न बाँकी छ ।
१८औँ गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सातैजना पत्रकारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेर्ने रेवतीरमण भण्डारीको कार्यकक्षमा अयोजित औपचारिक कार्यक्रममा सम्मान प्रदान गरेको बिराटनगरका पत्रकार पुर्ण भुजेलले बताए । समाजवादी प्रेससंगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेलले यस अघि पुरस्कारलाई राजनीतिक आस्थाको आधारमा भागबण्डा नगरी निश्पक्ष गर्न दवाब दिएका थिए । प्रदेश सरकारको यो सम्मानबाट सम्मानित पत्रकारहरुबारे त्यतिसारो बिरोध छल्किएको छैन। र खुशियालीमा फेसबुकबाट दिने बधाईहरु पनि त्यति साह्रो ओइरिएको पाइएको छैन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


