Spread the love

प्रकाश ब्याकुल
इटहरी: यसपालि मनसुनको शुरुआतमै शुक्रबार राति आएको वर्षाका कारण पुर्बको धरान धनकुटा सडक भत्किएर आबगमन अवरुद्ध बनेको छ ।
अत्याधिक वर्षासँगै खोलामा आएको बाढी र सडक माथि पहाबाट खसेको पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्गमा यातायात अबरोध भएको छ ।
धरानबाट पत्रकार रणध्वज लोहारले पठाएको समाचार अनुसार वर्षापछि धनकुटाको लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब ३० मिटर सडक कटान गरेको छ । दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ । प्रभावित फेदी नजिकैको घटना स्थलमा प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास गरिरहेको जनाएको प्रहरीले बताएको छ ।
शनिबार बिहान ४ः४५ बजेतिर नमस्ते झरनाको छेउमा रुख लड्नुका साथै माथिबाट खसेको पहिरोले पनि सोही लोकमार्गको अर्को खण्ड पूर्ण रूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक रमेश प्रधानले बताए । धनुकटाबाट तराई आउने र तराईबाट धनकुटातर्फ जाने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने बाध्यता भएको छ । बाढीले सडक भत्किएपछि पहाडबाट धरान हुंदै तराइका बिभिन्न सहरमा ल्याइने खासगरि दैनिक उपभोग्य तर्कारी जन्य सामाग्रीहरुको मुल्य बढेको छ ।
धनकुटाको साँघुरीगढी गाउँपालिका–६ फेदीमा कालोपत्रे सडक कटान गरी खोलाले बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने सडकसमेत अवरुद्ध बाढीले धनकुटामा अरु दुई ठाउँमा पनि सडकमा क्षति पुर्याएको छ । चौबीसे गाउँपालिका–४ मा रहेको छहरे खोलाले तमोर करिडोर सडक भत्काउँदा पाँचथर–ताप्लेजुङ जोड्ने यातायात सेवा पनि पूर्ण रूपमा ठप्प भएको छ। भारी बर्षातले धरानका खहरे सहित अधिकांश खोला नजिकका बस्तीहरूमा क्षति पु¥याएको छ । सर्दु, सेउती, शेरा खोला छेउका वडाहरू १३, १६, १५, ५, ६, १७, ८ र वडा २० मा कराडौको क्षति पुगेको छ । धरान उपमहानगरपालिका उपप्रख अईन्द्र विक्रम बेघाका अनुसार क्षति कति पुग्यो भनेर २० वटै वडाबाट क्षति विवरण सङ्कलन भइ रहेको छ ।
मोरंगको चिसाङ खोलामा आएको बाढी पसेर लेटाङ ६ पार्टीखेतमा क्षति पुर्याएको छ।पार्टीखेतमा बाँधिएको बाँध भन्दा दक्षिणबाट बाढी बस्दा स्थानीयको खेत कटान गरेको छ ।
बाढीका कारण मदन भण्डारी राजमार्गको चिसाङ पुल दक्षिणमा लगाइएको तटबन्ध भन्दा तल्तिरको क्षेत्रमा कटानको जोखिम देखिएको छ ।
लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला र इञ्जिनियर भानुभक्त राईले स्थलगत अनुगमन थालेका छन ।
गत सालको तुलनामा मनसुन १५ दिन अगावै प्रवेश, पूर्वमा १२ घण्टामा २०३ मिमी वर्षा भएको हो । नेपालमा मनसुन सामान्यभन्दा १५ दिन छिटो, शुक्रबारदेखि सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन सुरु भएको दिनमै पूर्वी नेपालमा १२ घण्टाभित्र २०३ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ ।