Spread the love


इटहरी
प््रादेश ट्राफिक प्रहरी कार्यालय इटहरीले दुर्घटना सम्बन्धी बिबरण पठाएको छ । बिबरण अनुसार
१ मिति २०७८÷०९÷२५ गते अन्दाजी ०६ः०० बजेको समयमा जिल्ला मोरङ ग्रामथान ५ पुरानोपम्प स्थित बिराटचौक बिराटनगर पक्कि सडक खण्डमा उतर बाट दक्षिण तर्फ जादै गरेको को २ त १०३६ न.को ट्याक्टरलाई ऐ.दिशा तर्फ जादै गरेको को १ क २६१२ न. को मोडन एरा स्कुलको बसले ठक्कर दिई दुर्घटना हुंदा ट्याक्टर चालक जिल्ला मोरङ सुन्दरहरैचा०१ बस्ने बर्ष अ.४५ को शिवराज खवासको टाउकोमा चोट (अवस्था गम्भीर),सह चालक ऐ.ऐ.बस्ने बर्ष अ २२ को सुरज खवासको टाउको र घुडामा चोट(अवस्था सामान्य) दुबैलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाईएको,दुबै सवारी साधन र बस चालक जि.मोरङ बि.न.मनपा वडा नं. ३ बस्ने बर्ष अ. ३२ को राम बहादुर राई प्रचौ तेतरियाको नियन्त्रणमा छन । घट्ना स्थान हरैचाबाट अ.८ कि. मी.दक्षिण पर्ने बस चालक सचाअप प्राप्त गरेको , हुस्सुको कारणले सवारी दुर्घटना भएको
२ मिति २०७८।०९।२५ गते अ. १४.३० बजेको समयमा जि. झापा दमक–३ स्थित झापा र मोरङको सिमानामा रहेको मावा खोलामा दमक झापा र मिक्लाजुङ मोरङको संयुक्त नदी जन्य पदार्थ उत्खनन् ठेक्कामा काम गरि रहेको बा२क २७७३ न. को स्काईभेटर खोलामा रोकी राखेको अवस्थामा जि. मोरङ मिक्लाजुङ गापा ८ बस्ने वर्ष ८० को राम बहादुर मुखिया स्काईभेटरको चेन भएको चक्का माथि बसेकोमा चालकले थाहा नपाई स्काईभेटर अगाडी बढाउने क्रममा निज राम बहादुर मुखिया लडी सामान्य घाईते भई लाईफ लाइन अस्पताल दमकमा उपचार भई रहेको, स्काईभेटर घट्ना स्थलमै रहेको ईप्रका दमक तर्फ ल्याउने कार्य भई रहेको, चालक फरार रहेको खोत भई रहेको, ट्राप्रका दमकबाट अ. १२ किमि पश्चिम उतर पर्ने ।कागजपत्र–नखुलेकोमापसे–नखुलेकोकारण–चालकले ध्यान नदिँदा दुर्घटना भएको
३ मिति २०७८÷०९÷२५ गते अं. १६ः१० बजेको समयमा जि. संखुवासभा खाँदवारी न.पा. ४ सेखाहा स्थित खाँदवारी – किमाथाङ्का सडक खण्डमा स्याक्सिलागोलाबाट खाँदवारी तर्फ आउदै गरेको को.१ ख. ३७८१ नं. को बसलाई ना.५ ख. २०६१ नं. को ट्रकले ब्याक गर्ने क्रममा अचानक ठक्कर दिई दुर्घटना हुँदा बसमा सवार निम्न यात्रुहरु सामान्य घाईते भएको, बसको अगाडीको सिसा पुरै फुटेको, घटनास्थलमा प्रचौ मानेभन्ज्याङबाट प्रसनिको टोली खटी गई घाईतेलाई उपचारार्थ जिल्ला अस्पताल खाँदवारी पठाएको, दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा, बाटो अबरोध नभएको, घटनास्थल प्र.चौ मानेभन्ज्याङ्बाट अं. ५ कि.मि. उतर पर्ने ,अन्य बि.बि. पछी जाहेर गरिने ।
निम्नः–
१) जि. संखुवासभा मकालु गापा २ सेदुवा बस्ने बर्ष ४० को सिताराम राईको टाउकोमा टुटुल्को उठेको, अवस्था सामान्य ।२) जि. संखुवासभा भोटखोला ४ बस्ने वर्ष ४६ को ठाकुर बहादुर तामाङको ओठमा सामान्य चोट,अवस्था सामान्य ।३) ऐ. ऐ. बस्ने वर्ष ८ को हेम कुमार तामाङ आँखाको नजिकै निलडाम, अवस्था सामान्य ।
४ मिति २०७८।०९।२५ गते १९ः२० बजेको समयमा जिल्ला सुनसरी बराहक्षेत्र न.पा. ७ तित्रीगाछि स्थित बाङ्गे चक्रघटी भित्री पक्की सडक खण्डमा बाङ्गे बाट चक्रघटि तर्फ आँउदै गरेको बा ५२ प ३८२५ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक ऐ.ऐ. संगम चौक बस्ने वर्ष २३ को सुमन दाहालको टाउकोमा चोट लागि सामान्य घाइते भई उपचारको लागि घोपा धरान पठाइएको, अवस्था बोल्न सक्ने, मो.सा. अ.प्र.चौ. बाङ्गेको नियन्त्रणमा रहेको, घटनास्थल ट्राप्रपो चक्रघट्टी बाट अ. ४ कि.मि. उत्तर पर्ने, चालकको सचाअप साथमा नभएको, दुर्घटनाको कारण तिब्र गति ।
५ मिति२०७८÷०९÷२४गतेअ.२०.१० बजेकोसमयमाजिल्लासुनसरीबर्जु गा.पा.६ स्थित भित्री कच्ची सडक खण्डमा पश्चिमबाट पुर्ब तर्फआउदैगरेको प्रदेश न.१–०४४–००१ प.५२३० नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटी चालक जि. सुनसरी ईनरुवा न.पा. १० बस्ने बर्ष २५ को जिबन सरदारको अनुहार,कानमा चोट, पछाडी सवार जि. मोरङ बिराटनगर म.न.पा. ८ बस्ने बर्ष ४५ को सगुन शर्माको अनुहारमा चोट दुबै घाइतेको अबस्था सामान्य उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको स्कुटी ईप्रका चिमडीको नियन्त्रणमा उक्त स्थान ट्राप्रपो दुहबीबाट ३० किमि पश्चिम दक्षिण । चालकको सचाअप भएको मापसे नभएको । कारणः– तिब्र गति ।