आफनै पार्टी एमालेका साँसदले भोट नदिने सुईको पाएपछि आचार्य अत्तालिएर बैठक सारे ’,मन्त्री पदको बार्गेनिङ होकी ? अन्तरपार्टी कलह? लुटको स्वर्गमा थप एक साता रमाए
इटहरी
प्रदेश न १मा गैरकानुनी ढंगले मुख्यमन्त्रीको पदमा टाँसिएर सत्ता लिप्साको चरम अभिलासाले घृणाको पल्लै छेउ सम्म पुगेर बद्नामित भई एमालेमा ओली प्रबृतीका सामु लाचार छायाँ भिम आचार्यलाई विपक्षी दल नेपाली काँग्रेसका केही खुरापाती संसदको निहित स्वार्थका कारण थप एक साता मुख्यमन्त्रीमा टाँसिइ रहने मौका मिलेको छ ।
नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको भ्रमणको बहानामा बैठक स्थगित गर्न प्रदेशसभामा निवेदन हाल्दिएर चोरलाई चौतारो बनाई दिएको चर्चा एकातिर चले पनि अर्को तर्फ नेकपा एकिकृत समाजवादीमा गएका १० जना प्रदेश संसद बाहेक एमालेमा भिम आचार्यको आचरण मन नपराउने थप ५ जना संसदले बिश्वासको मतदान प्रकृयामा धोका दिने सुंइको पाएपछि ओली भक्त सभामुख प्रदीपराज भण्डारीले नियतबस कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको सूचना निकालेर लुटको स्वर्गलाई थप अगाडी बढाएको भन्ने चर्चाले प्रदेश १को राजनीति चलायमान बनाई दिएको छ ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्बतिरको भ्रमणले प्रभाव पारेको भनिएपनि प्रदेशसभाको बैठक स्थगित हुने अवस्था आउनुको कारण काँग्रेसभित्रको आन्तरिक किचलोले गर्दा यस्तो अबस्था आएको भन्नेहरु पनि छन । ‘प्रदेशसभा बैठक स्थगित हुनुपर्ने कारण थिएन, आजै मतदान हुनुपर्ने थियो’ काँग्रेस सांसद प्रकापप्रकाश हाङगामले भने, ‘अनावश्यक किचलो झिकेर सरकारको आयु काँग्रेसले बढाइदियो ।’
‘हाम्रा केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएरै मैले निवेदन दिएको हुँ,’, गठबन्धनका अन्य घटक दलहरुसँग कार्कीले भनेका थिए ‘यदि आज बैठक भएर मतदान भएको भए हाम्रा केही साथीहरुले फ्लोर क्रस गर्थे ।’
त्यसो त बैठक स्थगित गर्ने निवेदन कार्कीको नामबाट प्रदेशसभामा दर्ता भएको विषय काँग्रेसकै अन्य सांसदहरुलाई पनि जानकारी नभएको बताइएको छ । काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले संसदमा बुझाएको पत्र दलको आधिकारिक धारणा नभएको बताएका छन । यद्यपि त्यसमै टेकेर आयु लम्ब्याउने सरकारको चाहनामा सभामुखले सदर गरेको उनको भनाइ छ ।
देउवाको भ्रमणको बहानामा प्रदेशसभा बैठक स्थगित गर्न काँग्रेसले निवेदन दिएको भएपनि काँग्रेसका कोही पनि सांसद देउवालाई पछयाउंदै बिराटनगर बाहिर गएका थिएनन । आइतवार बिहान देउवालाई विराटनगर विमानस्थलमा भेटेपछि काँग्रेसका सबै सांसद प्रदेशसभामा फर्किएका थिए । त्यसैले प्रमुख सचेतक कार्कीले दिएको निवेदन बहाना मात्र थियो भन्नेहरु कांग्रेस भित्रै छन ।
काँग्रेस संस्थापन पक्ष निकट एक सांसदले बताए अनुसार शेखर कोइरालाले आफू निकट नेताहरुलाई उचालेर गठबन्धन टुटाउन खेल खेलेको आरोप लगाएका छन् । कोइराला निकट सांसदहरुले भने काँग्रेस सभापति देउवा निकट सांसदहरुले फ्लोर क्रस गर्ने संभावना देखिएकोले बैठक स्थगित गरेको प्रचार गरिरहेका छन् । आइतवारको बैठक स्थगित भएकोबारेमा काँग्रेस संसदीय दलको बैठकमै चर्काचर्की भएको बताइएको छ । प्रमुख सचेतक कार्कीले काँग्रेस सांसदले फ्लोर क्रस गर्ने संभावना रहेकोले बैठक स्थगित गरेको प्रचार गरेकोप्रति आपत्ती जनाउँदै सांसदहरुले कसले फ्लोर क्रस गर्न लागेको हो स्पष्ट पार्न माग गर्दै दलमा सल्लाह नगरी बैठक स्थगित गर्ने पत्र किन बुझाएको? भन्दै सचेतक कार्कीको नियत खराव रहेको दावी सहित झपारेका थिए ।
‘काँग्रेसका सांसदले फ्लोर क्रस गर्छन् भन्ने हल्ला हाम्रा माननीयहरुलाई बद्नाम तुल्याउन गरिएको दुष्प्रचार हो, त्यसमा कुनै सत्यता छैन,’ काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने ‘आज दर्ता भएको निवेदन पनि काँग्रेस दलको आधिकारिक होइन ।’ काँग्रेस भित्रकै देउवा गुटका सांसदहरुले संसद् रोक्न निवेदन दिने काम गलत भएको बताएका छन् ।
बैठक स्थगनको कारणबारे कांग्रस संसदीय दलका नेता राजीव कोइरालासंग सञ्चारकर्मीले प्रतिक्रया माग्दा प्रदेशमा आफूहरुले पनि आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने विषयको कुरो झिक्दै बाग्मतीमा आलोपालो भएकोले यहाँपनि यस्तै हुनु पर्छ भन्ने आसय ब्यक्त गरे । दशैअघि विपक्षी गठनबन्धनले गरेको पत्रकार सम्मेलनमा केन्द्रको सहमति अनुसार नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने प्रतिक्रिया दिएका कोइरालाको एकाएक बोली फेरिइनुलाई जनताले कसरी हेरेका छन ? थाहा पाइएला नी । एक सासदले भने ।
यसरी खेपैपिच्छे फरक फरक कुरा आइरहंदा काँग्रेसका संस्थापन निकट सांसदहरुले भने कांग्रेसमा देउवा बिरोधी कोइराला खेमाका केदार कार्कीले आफु मन्त्री बन्न नपाउने खतरा देखेपछि बैठक स्थगन गराएको आरोप लगाएका छन् । ‘राजेन्द्र राई नेतृत्वमा सरकार बन्दा मन्त्रीहरु कसलाई बनाउने भन्ने बारेमा देउवाले नै लिष्ट दिने र आफू नपर्ने भय उनमा छ’ एक सांसदले भने, ‘त्यसैले मन्त्रीको ‘बार्गेनिङ’ गर्न आफूखुसी बैठक स्थगनको पत्र दिएर काँग्रेसलाई बद्नाम गराए ।’
सचेतक कार्कीले सत्तारुढ एमालेसँग मिलेर बैठक स्थगन गराएको आरोप पनि लागेको छ । त्यही भएर उनको निवेदनपछि एमालेको निवेदन प्रदेशसभामा गएको आरोप काँग्रेसका एक सांसदले लगाएका छन ।
काँग्रेस सचेतक कार्की मुख्यमन्त्री भीम आचार्यले संविधान उल्लंघन गर्दै कार्यकाल लम्ब्याएको भन्दै खरो आलोचना गर्ने गर्दथे । गत शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ एमालेले ११ मात्र अर्को बैठक राख्न आग्रह गर्दा संविधान मिचेर कार्यकाल लम्ब्याएको भन्दै तत्काल विश्वासको मतबारे छिनोफानो हुनुपर्ने अडान उनले राखेका थिए । उनीसहित विपक्षीको अडानकै कारण सभामुखले आजको लागि बैठक तोकेका थिए । तर, उनकै कारण आचार्य सरकारको आयु ८ दिन लम्बिएको छ ।
काँग्रेसभित्रको किचलोका कारण नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने बैठकको कार्यसूची नै सार्वजनिक भइसकेको थियो । तर, अचानक बैठक स्थगित भएको हो । काँग्रेस प्रमुख सचेतक कार्कीको निवेदनसँगै सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले १५ गतेसम्म बैठक स्थगित गर्न अर्को निवेदन दिएका थिए । सभामुख प्रदिप भण्डारीले त्यसलाई नै सदर गर्दै बैठक स्थगन गरे ।
सत्तारुढ एमालेले पनि गठबन्धनभित्रैको समस्याका कारण आज विश्वासको मत लिन नसकेको बताएको छ । ‘हामी आजै विश्वासको मत लिने तयारी गरेर आएका थियौं,’ एमाले नेता हिक्मत कार्कीले भने ‘गठबन्धनकै दलहरुका कारण रोकिने अवस्था भयो । हामीले केही समय थप माग्यौं । सभामुखले त्यो निर्णय लिनुभएछ ।’
प्रदेशसभामा सत्तारुढ एमाले प्रष्ट अल्पमतमा छ भने विपक्षी गठबन्धन आरामदायी बहुमतको अवस्थामा छ । मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान भएको भए आजै आचार्य पदमुक्त हुने थिए । किनकी ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यले ३९ मत मात्र पाउने अवस्था छ । प्रदेशसभामा एमालेका ४१ सांसद रहेपनि सभामुख प्रदिपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार सुचिमा थिइन । उता भिम आचार्यलाई मन नपराउने ५ जना संसदको अर्कै तानावानाबारेको सुंइको पाए पछि एमालेका आचार्य अत्तालिएका थिए । विपक्षी गठनबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा थियो । गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन ।
कानुनको नजरमा अपराधी करार भई सकेर पनि ओलीकै संरक्षणमा फरार रहेकी जस्ती देखिइने संसद गुलेफुन मियालाई पनि ल्याएर भोट दिलाउने कसरतमा केही प्रहरी अधिकृतहरुनै लागेको बताइएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


