चाडपर्वको अबसरमा अनुगमन होस

pb diyali
चाडपर्ब नेपालीको संघारमा आई सकेको छ । कोरोना महामारीको तनाव उत्तिकै छ । कोविड बिरुद्ध खोप जारी रहेकोले मान्छेमा कोरोनाको डर अलि हराउन खोजेको हो की ? जस्तो देखिन्छ । मानिसहरुको बजारमा चहलपहल बढन थालेको छ। गत बर्षको दशैं पनि कोरोना कहरमै बित्यो । मान्यजनहरुको हातबाट टीका आसिरबाद लिने पुरानो चलन कायम राख्न मन पराउनेहरुलाई टेवा दिने गरि सरकारले पनि झण्डै एकहप्ता बिदा दिन्छ। राम्रा राम्रा कपडा लगाउने,मीठो मसिनो खाने, रमाइलो गर्ने यो पर्ब हिन्दु सनातनीहरुको मुख्य पर्ब हो , यो बेला हाटबजारहरुमा ब्यापक किनमेल हुन्छ। किन्नेहरुकोलागि सौखिनका सामाग्रिहरु र दैनिक रुपमा आधारभुत आबास्यक्ताका सामाग्रिहरु बढी मात्रामा खपत हुन्छ । बिक्री गर्नेहरुले पैसा कमाउने मौका ठानेर सदा भन्दा ज्यादा नै खटने गर्छन । यस्तो बेला ब्यबसायिक अनुशासन उलंघन गरेर पनि केही कमाउ प्रबृतीका ब्यपारीहरुले नियतबस ठग्न खोज्छन । सामानहरुमा मिसावट, कम तौल, गुणस्तरहीनलाई पनि ठेलमेल गरेर सफा ताजामा घुसाइदिने गर्दछन । महंगी पनि बढने हुन्छ । मान्छेले नलिकन सुख्खै नहुने सामाग्रिहरु बिषेस गरेर खाद्य पदार्थ, लत्ता कपडा, सौखिनका सामाग्रिहरु, गिफट आइटम, फलफुल र गेडागुडीहरु प्रायः बजारमा चल्ति छ । नेपाली बजारमा आफनै उत्पादनले अपुग भएपछि बिदेशी सामानहरु ऋायत हुन्छ । मौका छोपेर ठूलाठूला ब्यपारीहरुले धेरैधेरै परिमाणमा मगाउंदा सबै चीज सहि नआउन पनि सक्छ । सरकारले नाकाहरुमा चेकजाँच त गर्ने होला तर प्रभावकारी हुन सकेको छैन । बिगत बर्षहरुमा गरेको काम गराईले यस बर्ष पनि सोही लाइन नसमाति उपाय छैन । किन की हाम्रो प्रशासन पुरानै पारामा छ । जनताले खरिद गर्ने र ब्यपारिहरुले बेच्ने सामनहरु सुद्ध र सफफा आउनु पर्छ । त्यो बारेमा स्थानीय निकायका जनप्रतिनीधीहरुले सम्बन्धित जिल्लाका सिडीओहरुसंग सहकार्य गरेर अनुगमन गर्नु पर्छ । दोषी देखिएकालाई कानुन अनुसार कार्बाही भए गरेमा अरुले त्यस्तो कुनियत राखेर कुनै काम गर्ने बेलामा सोच्ने थिए । तर यो संबेदनशील बेलामा सबैजना आआफनै रन्थमलमा रुमलिने गरेकाले मौकामा चौका हान्नेहरु सल्लबलाउन सक्छन । बेलैमा नियन्त्रणको प्रयास गरे राम्रो ।pb
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


