बुढीगंगा गाउँपालिकामा अचम्मकै कुरा भयो

दुहबी
पीबी दियाली
“ वालवालिकालाई स्थानीय तह, निर्णय प्रकृया,स्थानीय शासनमा वालवालिकाको भूमिकाका विषयमा साझा वुझाई वनाउन अभिमुखिकरण कार्यक्रम गर्ने र सो को लागि ५०,००० विनियोजन गर्ने। गाउँपालिका भित्र बाल विवाह न्यूनिकरणका लागि प्रचारप्रसार,पोस्टरिङ, तथा चेतनामूलक सन्देश प्रवाह गर्ने,

पालिका भित्रका निर्मित प्रत्येक पुर्वाधार र अब वन्ने पूर्वाधारलाई बाल मैत्रि वनाउन सुरूवात गर्ने।”बुढीगंगा गाउँपालिका मोरंगमा प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लब बराल “कुबेर”ले आफनो धारणा यसरी राख्दै बालदिवस अबसरमा दलित समुदायकी प्रतिभावान छात्रालाई उभ्याएर यस बर्षको बालदिवस मनाएको जनाउनु भएको छ ।
“ यी निर्णयलाई यसपछि वस्ने कार्यपालिकाको वैठकवाट अनुमोदन गराईने छ र कार्यान्वयन गरिनेछ।” अधिकृत बरालले भन्नु भयो ।
५७ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर एकदिन आर्थिक र प्रशासनिक काम बाहेकका सबै कार्य गर्ने गरी एक दिनको लागि १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्ष बनाइएको छ । अध्यक्ष बनाएर फुलमाला गरि उच्च सम्मान साथ अध्यक्ष बालचन माझी, अधिकृत बराल,उपाध्यक्ष,कर्मचारी,वडाका अन्य जनप्रतिनिधीहरु,पत्रकार,अन्य समाजसेवीहरुको उत्साहजनक लर्कोले दलित बाललिका १६ वर्षीय सुनिता ऋषिदेवलाई कार्यालय परिसर भित्रबाहिर घुमाउंदा बाटो हिंडि रहेकी स्थानीय बृद्धा बुधनी चौधरी छक्क परिन । गाउँमा आफनै छिमेकमा रहेकी राम्रो पढने र इमान्दार पूर्बक गाउँसमाजमा रिजेभिजेकी सुनितालाई फुलमाला अभिर लगाएर ठूलाठूला मान्छे र पुलिसले समेत मान सम्मान गरेको देख्दा बुधनी चौधरीलाई अचम्मै लाग्यो । भनिन“ पढालेखा छै त कथि कर्बे ”।
भाद्र २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने अभियानलाई पूर्णता दिनको लागि बुढिगंगा गाउँपालिकाको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरणमा एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनाइएको अधिकृत बरालले बताउनु भयो ।
बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिका अनुभूत गर्नका लागी एक दिन भापनि अनुभव आदानप्रदान गराउने बाताबरण बनाइदिएको बुढिगंगा गाउँपालिकाका अध्यक्ष बालचन मामmीले बताउनु भयो ।

बालबालिकाहरूलाई स्थानीय सरकार के हो र यसले कसरी कार्य गर्छ भन्ने अनुभूति दिलाउँदै बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने उद्देश्यले यो कार्यक्रमलाई नयाँ अभ्यासको रूपमा बाल दिवस मनाइएको हुन सक्ने गाउँपालिका अगाडी पसल गर्ने स्थानीय ब्यपारि मनोज साहले अनुमान गरेका छन ।

अध्यक्ष माझीका अनुसार राष्ट्रिय बाल दिवस मनाउने सन्दर्भमा एक दिन गाउँपालिकाको एक किशोरीलाई आर्थिक र प्रशासनिक अधिकार वाहेक साङ्केतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा आज बिहान १० बजेको कार्यालय सुरु भएपछि गाउँपालिका अध्यक्षबाट अध्यक्षकालागि छनौट भएकी दलित बालिका ऋषिदेवलाई जिम्मेवारी दिएको पत्र बनाइएको थियो । बालिकाले पत्र प्राप्त भए पश्चात् बालिकालाई एक समारोहमा साझधाजका साथ अध्यक्षको पदभार ग्रहण गराइएको थियो । पदभार ग्रहणसँगै गा

उँकार्यपालिकाको बैठक राख्ने र बालबालिका सम्बन्धी केही निर्णय प्रमुख प्रशासकीय अधिकृत बरालले संयोजन गर्नु भयो ।
बालबालिका सम्बन्धी निर्णयसँगै अध्यक्षको जिम्मेवारी पाएकी बालिका नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गराइएको र अनुगमन पश्चात् पालिकाका कर्मचारी जनप्रतिनिधिहरू र अन्य समेतको सहभागितामा कार्यक्रम सञ्चालन गरी अनुगमन सम्बन्धी धारणाहरूको विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरिंदा कार्यक्रम रोचक रहेको अध्यक्षका पिएले बताउनु भयो । भारतमा अलिन कपुर नामका मुख्यमन्त्रीले यसैसाल १२ कक्षाकी मेधावी छात्रालाई यस्तै गरि एक दिन मुख्यमन्त्री बनाएको न्युज हेरेपछि हाम्रा अध्यक्षलाई पनि केही नयाँ काम गर्ने सोच पलाएको हुन सक्छ ती पिएले पत्रकारलाई भनेका छन ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


