Spread the love


सम्पादकीय
कृषि बिकास बैंक इटहरी शाखामा बेथिती बढेको छ । मेनेजर केदार अधिकारीले इटहरी चौकमै रहेको कार्यालय सार्ने बाहानामा मोटो रकम खाने ब्यबस्था मिलाएका छन । मेन चौकमै स्वागत लज
छेउमा पहिले देखि भाडामा लिएको सुब्बा थरका मान्छेको सुबिधा सम्पन्न भवन हुंदा हुंदै अहिले हठात अलि तल पश्चिम पटी सारिएको छ । नयाँ अफिस साँगुरो र सेवाग्राहीकोलागि असज छ। पार्कीङ गर्ने ठाउँ नै छैन । खुल्ला स्थानमा मजाले आफनै सरकारी पैसाले बनाएपनि पुग्ने टन्न जग्गा हुंदाहुंदै बैंकका हाकिमले भाडामा बस्दा घरपेटीसंग मिलेर कमिशन खान पाइने हुंदा आफनै भवन बनाउन चाहाना गर्दैनन । नाफामा रहेको सरकारीबैंकका थुप्रैतिर जग्गा छन । कतिपयले ऋण तिर्न नसक्दा लिलाम हुने जग्गा जमिनहरु प्नि टेण्डरको बाहानामा सेटिङ मिलाएर आफनै सम्पर्कको मान्छेलाई बेची कमिशन हाम पार्ने गर्दछन। उक्त बैंक भन्दा ढिलो आएको हिमालय बैंकले आफनै भवन बनाई सकेको छ । नीजी क्षेत्रको बैंकहरु भन्दा सरकारी क्षेत्रको यो बैंक निक्कै आम्दानी मुलक संस्था हो । कार्यालय सार्दा आफनै दाजुभाई नाता पर्ने इन्द्र अधिकारीको घरमा लाने सेटिंग मिलाएका छन। के कति भाडा हो? कुन प्रकृयाले त्यसो गरियो? जनतालाई सुबिधा भन्दा असुबिधा हुने उक्त अफिस घर पहिले रहेको भन्दा चेपारो छ । ऋण फाँटमा बस्नेत थरका कर्मचारीले सेवाग्राहीलाई गति छाडा ब्यबहार देखाउने गरेको गुनासो छ । पैसा खाने मेलो नपाउंदा सेवाग्राहीसंग नियम कानुनको कुरा गरेर अल्मल्याउने र पैसा खान पाउंने ग्यारेण्टी भएपछि नहुने काम पनि सजिल्यै गर्ने गरेका छन । लोन लिन सबै कागजात पुरयाएर जाने सेवाग्राहीलाई २५। ३०वटा कागजमा सही गराउन लगाउने र पैसा खाने मेलो नपाउंदा यो भएन र त्यो भएन भनि हप्काउने गरेको भन्नेहरु थुप्रै फेला परेका छन । इटहरीका एक निर्माण ब्यबसायिले त्यस अफिसबाट बनाएको बिडबोण्डहरुको म्याद सकिएपछि अटोमेटिक क्यान्सिल गर्नु पर्ने कागजात धेरै दिन सम्म क्यान्सिल नगरि निर्माण ब्यबसायिसंग बिभिन्न बाहानाबाजी गरेर पैसा असुल्ने नियत देखाएको भन्ने कुराले बजार तातेको छ । कृषि बिकास बैंकमा कर्मचारीहरुले गर्ने गरेको ढिलासुस्ति र सरकारले जनताको लागि ल्याएका बिभिन्न कार्यक्रमहरु बिचौलिया बाहेक अरु सर्बसाधारणको पहुंचमा सजिल्यै पुग्नेगरि काम गर्न नचाहेको देखिन्छ । त्यस्ता कपटी कर्मचारीहरुमाथि निगरानी कसले गर्ने खै?