Spread the love


इटहरी
रिजन पोखरेल बहिरोपन भएका किशोर हुन । इटहरी३को बौका स्थित सरस्वतीमाबिमा कक्षा ८ पढदैछन। पर्ल स्कूल एकेडेमी कोपोखरी ६ रमाइलोमा पढदा देखिनै खेलक्षेत्रमा उत्कृष्ट हुने रिजन फुटवल खेल भनेपछि मरिहत्ते गर्छन। फुटवल,भलिवल र टेवलटेनिसमा भाग लिएर पोखरेलले स्थानीय तहमा थुप्रै क्लवबाट मानसम्मान तथा प्रमाण पत्र पाएका छन। हेर्दा अत्यान्तै भद्र देखिने रिजन पोखरेल कानको श्रबणशक्ति र बोलाईमा अप्ठयारो मान्छन। तर सबै अन्यकुराहरुमा तगडा छन। अक्षर राम्रो लेख्छन। पढन सक्छन र मजाले बुझेर उत्तर दिन्छन ।

No description available.


रिजनलाई कक्षामा बिषेस ख्याल गरेर पठनपाठनमा सरिक गराउंदै आउनु भएका सरस्वति माबिका प्रधानाध्यापक लेखनाथ भटटराईका अनुसार अदम्य क्षमता भएका लगनशील छात्रलाई यस्तो समस्याले खासै फरक पारेको छैन। यस्ता छात्रहरुलाई उपयोगि थेरापीजन्य उपचारक संस्थाहरुसंग समन्वय गराई उपचार गराउने प्रयास जारी छ ।
पढाईमा लगनशीलता साथै गाउँघरमा रेडियो,टिभी,मोबाइलहरु बिग्रेमा गाउँका मानिसले रिजनलाई बोलाउने गरेका छन। डिक्सहोम लगायत बिद्युतीय सामाग्रिहरु अरुले चलाएको देखेको भरमा आफै मर्मत संहार गर्न सक्छन। अत्यान्तै सहयोगि र सामाजिक भावनाका रिजनलाई बुवा चुडामणी पोखरेल र आमा अम्बिकाले निक्कै खर्च गरि बिभिन्न स्वास्थ्य संस्थाहरुमा लगि सकेको बताएका छन ।
सांकेतिक भाषाको पढाईकालागि काठमाण्डौ,झापा लगायत धेरै स्कूलहरुमा लगि तालिममा सहभागि गराएपछि उनको सिकाई बुझाईमा थुप्रै परिवर्तन आएको तर पर्याप्त सम्पती नहुंदा अधुरै छाडनु परेकोमा आमा अम्बिकाले चिन्ता ब्यक्त गर्नु भएको छ । संखुवासभाबाट कानेपोखरी आएर खेतीकिसान गर्ने पोखरेल परिवारले छोराको उपचारार्थ अलिक सुबिधाजनक बसाई खोज्ने क्रममा हाल इटहरीमा आएका छन। संगित चौकमाथि ४नवडाकार्यालय जानेबाटोमा सामान्य होटेल ब्याबसाय गर्न थालेका पोखरेल परिवारलाई छोरा रिजनलाई उपयोगि सैक्षिक संस्थामा भर्ना गर्ने गरि उच्च शिक्षा पढाउने मनसाय ब्याक्त गरेका छन।
सुनाई समस्या भएपनि संसार भरका खेल र खेलाडीसंग युटयूव मार्फत रिजनले सम्बन्ध कायम गरि रहेको बताएका छन। पैसाको समस्या थाहा पाएपछि म खेलबाट थुप्रै कमाउन सक्छु किन चिन्ता गरेको ? भनेर आमा र भाईलाई भन्ने गरेका छन । रिजन जस्ता छात्रलाई बिषेश शिक्षा दिने सम्बन्धमा सरकारी निकायले ध्यान दिनु पर्छ ।

May be an image of text