Spread the love


सम्पादकीय
इटहरी उपमहानगर ४ की ७४ बर्षिया गजमेर थरकी बृद्धाले अहिले सम्म कोरोना खोप लगाएकी छैनन। ५४ बर्ष भन्दा माथिका बृद्धबृद्धालाई कोरोना संक्रमणबाट उत्पादित कोबिड१९ बिरुद्धको भ्याक्सिन लगाउने काम धमाधम भई रहेको छ । कोबिडको पहिलो लहर सकिने साथ दोस्रो लहर शुरु हुंदै गत पुसको अन्तिम हप्ता देखि इटहरी उपमहानगरमा भ्याक्सिनको चर्चा चल्यो । लिन बाँकी १०लाख भाइल खोपको पैसा लिएर पनि हाल सम्म उपलब्ध नगराएको भारत सरकारले तत्काल उपलब्ध गराएको कोबिड शिल्ड नामको खोप नै नेपालीले प्राप्त गरेको पहिलो कोरोना बिरुद्ध भ्यक्सिन थियो । जो इटहरीमा पनि केही प्राप्त भयो । जसलाई स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,संबेदनशील क्षेत्रमा रहेका कर्मचारी रर फ्रण्टलाइनर पत्रकार बर्गलाई लगाइयो । सो खोपको दोस्रो डोज लगाएर पुरा गर्ने थोरै संख्या रहेपनि अधिकाँसले दोस्रो खेप लगाउन पर्खेर बसि रहेका छन । इटहरीमा पनि सो संख्या लगभग ४ हजार रहेको अनुमान गरिएको छ । त्यसपछि चाइनाबाट आएको भेरोसिल खोप लगाउने कार्य जारी छ । साथै भर्खर अमेरिकाबाट प्राप्त जोनसोन एण्ड जोनसोन खोप पनि संगै शुरु गरेको छ । खोपको प्राथमिकतामा बिषेस गरि बृद्धबृद्धा रहेका छन । पहिलो पटक ६२ बर्ष भन्दा माथिका भनेर उपमहानगरले नीति बनायो । त्यससंगै स्वास्थ्य क्षेत्र,सुरक्षा,कर्मचारी,शिक्षक,मजदुर,अपांग,होटल ब्यबसायी,संचारकर्मी,बैदेशिक रोजगारमा जाने लगायतलाई भनेर केही प्रचार गरियो । सोही अनुसार अहिले सम्म बिभिन्न स्कूल,वडा कार्यालयले तोकेको क्षेत्र, इटहरी अस्पताल लगायत सार्बजानिक स्थलको पायक पर्ने २०वटै वडामा खोप तालिका बनाएर काम भई रहेको छ । खोप प्रयोजनको लागि जिल्लामा सिडिओ कार्यालय मा गठित सिसिएमसीले आबास्यक रणनीतिी बनाएपछि स्थानीय पालिकाको ब्यबस्थापनमा सम्बन्धित स्वास्थ्य प्रदायक निकायले सेवाग्राहीको पाखुरामा खोप लगाइ दिने गर्दछ । खोपको प्राथमिकतामा पर्ने बिषेस बृद्धबृद्धाले पर्याप्त सुचना पाएका छैनन । इटहरी ४ झण्डै नगरपालिका भवन पछाडी घर भएकी ७४ बर्षिया गजमेर थरकी बृद्धाले खोप किन लाउनु भएन ? भन्ने, प्रश्नको उत्तरमा कहाँ पाइन्छ थाहै छैन भन्नु भयो । वडा न ८ फुबारी टोल पश्चिम टयांग्राटोलीकी ८१ ब्र्षिया मैयाँ बिश्वकर्माले खोपको बारे सुनेको तर बिरामी भइन्छ भन्ने डरले लाउन मन नलागेको बताउनु भयो । खोप कार्यक्रम भई रहेको ठाउँ नजर लाउने हो भने बृद्धबृद्धाले प्राथमिकता पाएको ठाउंमा त्यति सारो भिडभाड देखिदैन । तर उनीहरु बाहेकको खोपक्षेत्रमा जाँदा थामी नसक्नु भिड देखिन्छ । बृद्धबृद्धाहरुको लाइन त्यति सारो नदेखिनुमा गजमेर आमाले भने भने झैं कहाँ जानु पर्ने? भन्ने प्रयाप्त सुचना नपाएरै हो की ? बश्विकर्माले भने झैं खोप लाउंदा बिरामी भइन्छ ? भनेर हो? योबारे उपमहानगरले ध्यान दिनु पर्छ । खोप तालिकाबारे केही ब्यक्तिबिषेसको फेसबुकमा आएको सुचना मात्रै इटहरीमा प्राय देखिन्छ । संचारमाध्यमहरुमा प्राय सुचना दिएको पाइदैन । रेडियो,एफएम,टीभी,पत्रपत्रिका,अनलाइन लगायतमा उपमहानगरले रुचीपूर्बक प्रचार गरेको पाइएन । कतिपय टोलटोलमा माइकिंङ गर्नु पर्ने त्यो पनि सुस्ताएको छ । जसको कारण बृद्धबृद्धा र सर्बसाधारण गरिव,किसानले खोपकोलागि उत्साह पाउन सकेका छैनन । पहुंचवालाले मात्र सुचना भेटाउने र सोर्षफोर्समा भ्यक्सिन लगाउने चलन चलिरहनु उपमहानरको लापरवाही हो त्यसैले सुचनाहरु प्रभावकारी हुनु जरुरी छ ।