Spread the love


इटहरी
मेरो छोरा बर्ष २५ को प्रदीप सुब्बा जिल्ला सुनसरी धरान उप–म.न.पा. वडा नं. ४ बस्ने मंगल सिह राईको कुखुरा फर्ममा काम गर्दै आएको र मिति २०७८÷१÷७ गते निजसंगै काम गर्ने साथि धरान १४ बस्ने बर्ष २० को भरत भुजेलले भेटन बोलाएको छ भनि घरबाट हिडेकोमा बेलुकासम्म घर नआएको र कुनै सम्पर्क समेत नरहेकोमा खोजतलाशको क्रममा निज भरत भुजेललाई सोधखोज गर्दा सोही दिन फर्की गएको भनि जानकारी गराएको । खोजतलास कै क्रममा मिति २०७८÷०२÷०५ गते अन्दाजी १६.०० बजे जिल्ला सुनसरी धरान उप–म.न.पा. वडा नं. ४ दानाबारीको बैदाप खोपमा मृतक अबस्थामा फेला परेको हुँदा छोराको लाश पहिचान गरी कर्तव्य गरी मारेकोमा शंका समेत लागेकोले आवश्यक छानबिन गरी उल्लेखित घटनामा संम्लग्न मानिसहरु पत्ता लगाई कानुन बमोजिम कारबाही गरीपाँउ भन्ने व्यवहोरा लेखि मृतकका बुवा सुर्य बहादुर सुब्बाको जाहेरी दरखास्त अनुसार
उल्लेखित ब्यक्तीहरुलाई मिति साउन ८ गते सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती लिईएको र ०९ गतेवाट लागु हुने गरी ७ दिन म्याद लिई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेकाहरु –
१. ठाकुर सिंह लिम्बुको छोरा जिल्ला सुनसरी धरान उपमनपा.वडा नं.१४ मण्डप टोल घर भई ऐ. वडा नं. ०४ पत्राङबारी सिरान सालघारी स्थितमा आङ्बोहाङ एग्रीकल्चर एण्ड लाईभ स्टक फार्म प्रा.ली. संचालन गरी बस्ने बर्ष ४४ को मंगलसिंह लिम्बु
२. कृष्ण भुजेलको छोरा जिल्ला सुनसरी धरान उपमनपा.वडा नं. १४ पिण्डेश्वरी मन्दिर नजिक घर भई ऐ.वडा नं.०४ पत्राङबारी सिरान सालघारी स्थितमा संचालक मंगलसिंह लिम्बु भएको आङ्बोहाङ एग्रीकल्चर एण्ड लाईभ स्टक फार्म प्रा.लीमा सहयोगीको काम गर्ने बर्ष २० को भरत भुजेल । ३. दल बहादुर राईको छोरा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं.०४ दानाबारी घर भई सोही स्थानमा बाख्रा फार्म संचालन गरि बस्ने बर्ष ५४ को जन्तरे भन्ने राम कुमार राई ।