Spread the love


इटहरी
पीबी दियाली प्रकाश
प्रदेश न १मा सवारी दुर्घटनाका घटनाले सडक यातायात र सवारी साधन प्रयोग सम्बन्धमा डरमर्दो स्थिति देखिएको छ ।
सवारी साधनको जथाभावी प्रयोग, चलाउन नजान्नु, ट्राफिक नियमहरुको अज्ञानता, मादक पदार्थ सेवन,अटेरीपन, हतारो प्रबृती, सांगुरो र खाल्डाखुल्डी,हिलो,धुलो मर्मत संहार नहुनु,तीव्रगति,सवारी साधनको कन्डिसनबारे हेक्का नहुनु, जताततै सवारी जाम भिडभाड र कोलाहाल लगायतका कारण सवारी दुर्घटनाका घटना बढेको हुन सक्ने प्रमुख कारण रहेको यातायात क्षेत्रका बिज्ञहरुको भनाई छ । इटहरीमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्युनिकरणकोलागि केके गर्दै छ र केकस्ता घटनाहरु यो हप्ता भए भन्नेबारे गणराज्यलाई पठाएको रिपोर्ट अनुसार मिति २०७८।०४।१२ गते ०५.०० बजे देखि ०७८।०४।१३ गते ०५.०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना बिबरण अनुसार
जनचेतनामुलक अन्य कार्यक्रम ९ वटा संचालन भएको छ । चालक प्रशिक्षण ३३वटा संचालन गरेपछि ५६५ प्रशिक्षित भएका छन ।
भने दुर्घटनाहरुको बिबरण तपशिल अनुसार छ ।
१ ०४।१२ गते ११३५ बजे कमल गा.पा. ५ सावित्रि चोक स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको प्र.१–०१–०१२ प.७४४३ नं को मो.सा.ले वाटो क्रस गर्दै गरेको साईकलयात्री सोही ठाउंका वर्ष ५१ को अम्मर राई गम्भिर घाइते छन । मो.सा. चालक ऐ. कन्काई न.पा. १ वस्ने वर्ष ४४ को खगेन्द्र निरौला सामान्य र सोही मो.साको पछाडि सवार ऐ ऐ वस्ने वर्ष ४२ की पवित्रा निरौला सामान्य घाइते भई तिनै जना घाईतेहरुलाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक पठाईएको छ । सवारी साधन प्रहरी चौकि केर्खा झापाको नियन्त्रणमा ,दुर्घट्नास्थल ट्रा. प्र. पोष्ट केर्खावाट अं ३ किमि पश्चिम तर्फ रहेको।
स.चा.अ.प. –ब् बर्ग प्राप्त ,साईकलयात्रीले मापसे गरेको कारण दुर्घटना भएको हो ।
२ सुनसरी कारले पिकअप गाडीलाई ठक्कर दिदा ४ सामान्य घाइते । ०४।१२ गते १५.३० बजे धरान ८ स्थित भोटेपुल चोक नजिक कोशी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र ३–०१–०२४ च ५७५८ नंको कारले बिपरीत दिशाबाट आउदै गरेको को २ च १३१२ नंको पिकअप गाडीलाई ठक्कर दिदा कारमा सवार जि.मोरङ बिराटनगर ६ बस्ने बर्ष ६३ को ओम प्रकास अग्रवाल,सोही कारमा सवार ऐ ऐ बस्ने बर्ष ६२ को मन्जु देबी अग्रवाल, ऐ ऐ बस्ने बर्ष ५८ की मन्जुदेबि अग्रवाल र चालक जि.मोरङ भाटीगछा ५ बस्ने बर्ष २६ को बिरेन मण्डल (०१–०१–००४११४४१ब्द्य सचाअप प्राप्त) समेत घाईते भई उपचारार्थ बिजयपुर अस्पताल धरान तर्फ पठाईएको छ । तिनैको अबस्था बोल्ने सामान्य छ । दुबै सवारी साधन इप्रका धरानको नियन्त्रणमा छन । पिकअप चालक जि सुनसरी धरान ३ बस्ने बर्ष ३५ को गौरव घिमिरे (०१–०२–००४२०४६० ब्द्य सचाअप प्राप्त) ,मापसे नगरेको, कार चालकले तिब्र गतिको कारण दुर्घटना भएको ,घटनास्थल जिट्राप्रका धरानबाट १ किमि उत्तर पर्ने ।
३ मोरङ मो.सा. को ठक्करबाट १ गम्भिर घाइते । ०४।१२ गते १८.१५ बजे बिराटनगर मनपा ५ पृथ्वीचोक स्थित भित्रि पक्कि सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को २ प २२२५ नं को मोसाले पैदलयात्री ऐ ऐ बस्ने प्रबिण रायको छोरा बर्ष ५ को आशिष रायलाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको,मोसा चालक ऐ बस्ने कृष्ण मल्लाहा उपचारमा संगल्न छन। मोसा जिट्राप्रका मोरङको नियन्त्रणमा छ । उक्त स्थान जिट्राप्रका मोरङबाट ४ कि.मि.पश्चिम उतर पर्ने । दुर्घट्नाको कारणः– तिब्र गति । सचाअप साथमा नभएको मापसे नगरेको ।
४ झापा ट्रकले मो.सा.लाई ठक्कर दिदा २ मृत्यु
०४।१२ गते २२.१२ बजे दमक नपा–४ स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ आई रहेको प्र२–०३–०१३ प ४७८७ न.को मो.सा. लाई पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना४ख ८७३० न. को ट्रकले ठक्कर दिदा मो.सा. चालक ऐ. कन्काई नपा–३ बस्ने वर्ष अ. ४३ को पुर्ण बहादुर बिष्ट र मोसा पछाडी सवार निजकै श्रीमती वर्ष ३६ कि भिमा बिष्ट गम्भिर घाईते भई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाईएकोमा अस्पताल ल्याई पुर्याउन साथ डाक्टरले चेक जाँच गर्दा मृत्यु भई सकेको भनि डाक्टरले मृत घोषणा गरेको,मो.सा., ट्रक र ट्रक चालक जिल्ला मोरङ बिराटनगर ४ बस्ने वर्ष ४८ को सुजन थापा ईप्रका दमकको नियन्त्रणमा, घट्ना स्थल ट्राप्रका दमकबाट २ किमि पश्चिम पर्ने ।कागजपत्र – सचाअप भएको (बर्ग द्य.ँ.न्)।मापसे. – ट्रक चालकले मापसे गरेको कारण दुर्घटना भएको ।
५ सुनसरी मो.सा. को ठक्करबाट १ सामान्य घाइते ।
०४।१२ गते १९.३५ बजे ईनरुवा न.पा २ बाल मन्दिर स्थित भित्रि सडक खण्डमा उतर बाट दक्षिण तर्फ जादै गरेको को ३५ प ९५८ नं को मोसाले पैदलयात्री ऐ ऐ बस्ने बर्ष ४५ को राज कुमार साहलाई ठक्कर दिदा सामान्य घाइते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा ल्याई उपचार भईरहेको,अवस्था बोल्न सक्ने सामान्य,मोसा र मोसा चालक(जिल्ला सुनसरी गडी गा.पा ३ बस्ने बर्ष २३ को सुर्य नारायण साह (सचाअप भएको ब्) जिप्रका सुनसरीको नियन्त्रणमा,मापसे नगरेको,तिब्रगतिको कारण दुर्घटना भएको घटना स्थल ट्राप्रका ईनरुबा सुनसरी बाट १ किमि पुर्व पर्ने ।
६ सुनसरी मो.सा. आफै अनियन्त्रित हुदा १ सामान्य घाइते ।
०४।१२ गते २०.४० बजे धरान उमनपा –४ सारङगा स्थित कोशी राजमार्गमा भेडेटारबाट धरान तर्फ आउदै गरेको को २५ प १०४५ नम्बरको मोसा आफै अनियन्त्रित भई दुर्घटना हुंदा मोसा चालक जिल्ला सुनसरी धरान –११ बस्ने बर्ष १८ को जेनिल राई रोड देखि ६० मिटर भिर (पाखा)मा खस्दा सामान्य घाइते भई उपचारकोलागि घोपा धरान पठाइएको, मोसा अ.प्र.पोष्ट अमरहाटको नियन्त्रणमा ,स.चा.अ.प. नखुलेको,मापसे नगरेको, सडकको अबस्था घुमाउरो मोड,जिट्राप्रका धरान बाट –५ किमि उत्तर पर्ने ।

यसै गरि
मिति २०७८।०४।११ गते ०५.०० बजे देखि ऐ ०७८।०४।१२ गते ०५०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना बिबरण अनुसार
जनचेतना मुलक अन्य कार्यक्रम ७ वटा सम्पन्न भएका छन । चालक प्रशिक्षण २९ वटा संचालन हुंदा प्रशिक्षित संख्या ४६२ रहेको छ ।
१ मोरङ मोसाले मोसालाई ठक्कर दिदा ३ जना सामान्य घाईते ।
०४।११ गते ११.०० बजे बिरानगर मनपा ५ स्थित कोशी राजमार्गमा दक्षिणबाट उतर तर्फ जादै गरेको को ८ प ७७८२ नं मोसाले उतर बाट दक्षिण तर्फ आउदै गरेको को १ ब १२३२ नंको मोसालाई ठक्कर दिदा १२३२ नं को मोसा ऐ. ५ बस्ने बर्ष ५० को गणेश चापागाई सामान्य घाईते भई उपचारको लागि बिराट अस्पताल पठाएको ७७८२ नं मोसा चालक ऐ ७ बस्ने बर्ष २७ को अंकित कुमार मण्डल, ऐ मोसामा पछाडि सवार ऐ बस्ने बर्ष २२ को सुरज मण्डल सामान्य घाईते भई उपचारको लागी लाईफ गार्ड अस्पताल पठाईएको , दुबै मोसा जिप्रका मोरङको नियन्त्रणमा, उक्त स्थान जिट्राप्रका मोरङबाट ३ कि.मि उत्तर पश्चिम पर्ने । को १ ब १२३२ नंको मोसा चालक सचाअप भएको , को ८ प७७८२ नं मोसा सचाअप नभएको , मोसा तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
२ २ ओटा मोसा ठक्कर लागी दुर्घटना हुदा २ सामान्य घाईते । ०४।११ गते १३.३० बजे बराहक्षेत्र न.पा. ५ पकली–रुपनी लोकमार्ग स्थितमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को ३६ प २१४ नं.को मो.सा. र विपरित दिशाबाट आँउदै गरेको को ३० प ८०९४ नं. को मो.सा. एकआपसमा ठक्कर लागी दुर्घटना हुँदा को ३६ प २१४ नं.को मो.सा. चालक ऐ. रामधुनी न.पा. ७ बस्ने वर्ष ३२ को विष्णु कुमार श्रेष्ठ सामान्य घाइते भएको, को ३० प ८०९४ नं. को मो.सा. चालक ऐ.ऐ. १ बस्ने वर्ष अ. २२÷२३ को बैदनाथ ठाकुर सामान्य घाइते भएको, दुवै जना घाइते लाई उपचारको लागी धरान घोपा पठाएको, घटनास्थाल प्र.चौ. भरोलबाट अ. १ कि.मि पुर्व दक्षिण पर्ने।
३ उदयपुर
मोसाले साईकलयात्री लाई ठक्कर दिदा २ जना सामान्य घाईते ।
०४।११ गते १४.१५ बजे त्रियुगा नपा–११ स्थित मदनभण्डारी पिच सडकखण्डमा मेनचोकबाट पिजिचोक तर्फ जादैं गरेको साईकलयात्रीलाई सोही दिशा सोही रुट जादैं गरेको स९प ३८७८ नं.को मोसाले ठक्कर दिई दुर्घटना हुदा साईकल चालक जि.उदयपुर त्रियुगा नपा–१२ बस्ने बर्ष ३० को ईश्वर राई र मोसा चालक जि.उदयपुर लिम्चुङबुङ गा.पा–०४ बस्ने बर्ष २२ को दिवस राई दुबै सामान्य घाईते भई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएको । दुबैं सबारी साधन नगरप्रहरी कार्यालय गाईघाटमा रहेको । घटनास्थलः–जिट्राप्रका उदयपुर बाट १ किमी पुर्ब रहेको। मोसा चालकको लापरबाहीको कारण दुर्घटना भएको, चालकको सचाअप नरहेको ।
४ मोरङ, मोसाले स्कुटरलाई ठक्कर दिदा ४ जना सामान्य घाईते ।
०४।११ गते १४.५० बजे बेलबारी न.पा.२ लालभित्ति स्थित भित्री पक्कि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्रदेश नं.१–०२–०४६ प २९४ नं.को मोसाले ऐ.दिशाबाट आईरहेको बाग्मती प्रदेश ०३–००३ प ९१०७ नं.को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदाँ स्कुटर चालक जिल्ला मकवानपुर हेटौडा–११ बस्ने बर्ष ३४ को ईन्द्र नारायण कार्की , निजकै छोरी बर्ष २ कि साईना कार्की , निजकै छोरी बर्ष ५ कि सिवानी कार्की र मोसा पछाडी सवार बेलबारी न.पा.२ बस्ने बर्ष १९ को साहिल लिम्बु सामान्य घाईते भई उपचारको लागी स्थानीय मेडिकलमा पठाएको मोसा चालक बेलबारी न.पा.२ बस्ने बर्ष १७ को सुरेश राई,मोसा र स्कुटर ईप्रका बेलबारीको नियन्त्रणमा उक्त स्थान बेलबारीबाट १.५ कि.मि.पश्चिम उत्तर पर्ने । दुर्घटनाको कारण मो.सा. चालकले गलत तरिकाले ओभरटेक गरेको मोसा चालकले सचाअप प्राप्त गरेको, स्कुटर चालकले सचाअप प्राप्त नगरेको ।
५ झापा ,रोकी राखेको बसमा मोसा ठक्कर लाग्दा १ सामान्य घाईते । ०४।११ गते १६.५५ बजे कनकाई नपा –४ स्थित भित्री कच्ची सडक खण्डमा रोकि राखेको मे१ख २३९३ न. बसमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे८प ८३९ न.को मोसाले ठक्कर दिइ दुर्घटना हुँदा मोसा चालक ऐ. बस्ने बर्ष ३१ को बिकास बस्नेतको दाहिने खुट्टा भाचिएको, अवस्था सामान्य, उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पठाईएको, मोसा ईप्रका सुरुङगाको नियन्त्रणमा, बस तथा चालक कागज पत्र राखी सम्पर्कमा रहने गरी पठाईएको, घटना स्थल ट्राप्रपोष्ट सुरुङगा बाट अ.३ किमि दक्षिण पर्ने । सचाअप भएको (बर्ग ब्) । मोसा चालकले मापसे गरेको कारण दुर्घटना भएको ।
६ मोरङ नम्बर नखुलेको गाडीको ठक्कर बाट १ गम्भिर । ०४।११ गते २१.१० बजे बेलबारी न.पा ३ स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको योद्वा पिकअप गाडीले पैदलयात्री मागी खाई हिड्ने अं. बर्ष ६० को पुरुषलाई ठक्कर दिदा गम्भिर घाईते भई स्थानीय नोबेल अस्पताल बेलबारीमा उपचार हुँदै दिने गाडि फरार तत्काल फरार,उक्त स्थान ट्राप्रपो बेलबारी बाट १ किमि पश्चिम पर्ने । दुर्घट्नाको कारणः– तिब्र गति ।

मिति २०७८।०४।१० गते ०५.०० बजे देखि ऐ ०७८।०४।११ गते ०५.०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना जाहेरी ।
जनचेतनामुलक अन्य कार्यक्रम १२ चालक प्रशिक्षण ३६ प्रशिक्षित संख्या ५८९ पर्चा वितरण

१ सुनसरी २ मोसा ठक्करलागी दुर्घटना हुदा ३ सामान्य घाईते । ०४।१० गते १०.१५ बजे ईनरुवा न पा वाड न ३ स्थित पुर्ब पश्चिम लोक मार्गाममा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको को १३ प ९९८६ नं. को मोसा र सोही दिसाबाट आउदै गरेको बा ७० प ११६३ नं. को मोसा ठक्करलागी दुर्घटना हुदा को १३ प ९९८६ नं. को मोसा चालक सुनसरी ई न पा ९ बस्ने बर्ष ४५ को महेन्द्र खत्बेको बायाँ खुट्टा भाचिएको बा ७० प ११६३ नं. को मोसा चालक जि सिराह नहरा गा पा ५ बस्ने बर्ष २९ को दिपेन्द्र यादब र सोही मोसामा सवार जि सुनसरी भोक्राहा गा पा २ बस्ने बर्ष २३ को रन्जित ठाकुर समेत तिनै जना सामान्य घाईते भई तिनै जना घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको दुबै मो.सा. जिप्रका सुनसरीको नियन्त्रणमा घट्नास्थल ट्राप्रपो ईनरुवाबाट २ कि.मि. पश्चिम कारण ः– तिब्र गति ।
२ मोरङ २ मोसा ठक्करलागी दुर्घटना हुदा २ सामान्य घाईते । ०४।१० गते १३.१० बजे बुढिगंगा १ स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १९प ९६५१ नं. को मोसा र सोही दिशा तर्फ जादै गरेको को२२प ७१८५ नं. को मो.सा. ठक्कर लागी दुर्घट्ना हुँदा को१९प ९६५१ नं. को मो.सा.चालक महादेवा गा.पा.४ सप्तरी बस्ने बर्ष अं.४४ को संजय कुमार साह, को२२प ७१८५ नं. को मो.सा.चालक जिल्ला उदयपुर त्रियुगा १० बस्ने अं. बर्ष ५८ को पंकज कुमार राउत समेत सामान्य घाईते भई दुबैलाई उपचारको लागि सानु पोलिकिल्निक गंगाचौक पठाएको। दुबै मो.सा. ईप्रका नेमुवाको नियन्त्रणमा घट्नास्थल ट्राप्रपो नेमुवाबाट अं. ५ कि.मी.दक्षिण पर्ने ।दुबै चालकको साथमा कागजपत्र नभएको , मापसे नगरेको । मोसा तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
३ सुनसरी म्याजिक अनियन्त्रित भई दुर्घटना हुदा ४ सामान्य घाईते । ०४।१० गते १३.३० बजे भोक्राहा नर्सिङ ४ स्थित पुर्ब पश्चिम् लोक मार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको को १ ज ३३८८ न.को म्याजिक भ्यान आफै अनियन्त्रित भई पल्टदा म्याजिकमा सवार भारत पटना बस्ने अ.बर्ष ४५ को राम चन्द्र साह ,ऐे बस्ने बर्ष १० को मुर्सिद मन्सुरी ,जि.सुनसरी इनरुवा ८ बस्ने बर्ष अ.२२कि बिना उराँव,ऐ ऐ बस्ने बर्ष अ.२२ कि चिना उराँव समेत सामान्य घाइते भई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको ।सबैको अबस्था सामान्य म्याजिक चालक जि.सुनसरी कोशी–८ बस्ने बर्ष २२ को सादिस आलम तत्काल फरार रहेकोले खोजतलास कार्य जारी रहेको म्याजिक घटनास्थलमा प्रचौ भोक्राहाको नियन्त्रणमा रहेको छ । सचाअप–नखुलेको,मापसे नगरेको,बाटो अबरोध नभएको, स.दु.को कारण –तीब्र गति ।
४ सुनसरी म्याजिक भेनको टायर पंचर भई दुर्घटना हुदा २ सामान्य घाईते । ०४।१० गते १६.२० बजे बराहक्षेत्र न.पा. ६ बोरावन स्थित चतरा – प्रकासपुर बाँधको पक्की सडकमा प्रकासपुर तर्फ जादै गरेको को.१ ज.३५५८ नम्बरको म्याजिक भेन अगाडीको टाएर पंचर भई सडकबाट ५ मिटर तल झरी दुर्घट्ना हुदा उक्त म्याजिक भेनमा सवार १० जना मध्ये जिल्ला सुनसरी कोशी गा.पा.५ बस्ने फिरोज आलमको छोरा बर्ष १० को नासिर आलम टाउकोमा ठोक्किएको बाहिरी चोट नदेखिएको, ऐ.ऐ.बस्ने महमद आलमको छोरा बर्ष १४ को मजारुल आलम टाउकोमा चोट उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको,अबस्था दुवै जना बोल्न सक्ने सामान्य, चालक ऐ. बस्ने बर्ष २१ को एनामुल मिया र भेन ईप्रका महेन्द्रनगरको नियान्त्रणमा,सचाअप भएको,मापसे नगरेको, टायर पंचर भएको कारण दुर्घटना भएको उक्त स्थान ईप्रका महेन्द्रनगर बाट ३ कि.मि.पश्चिम पर्ने ।
५ झापा मोसा र सिटि सफारी ठक्करलागी दुर्घटना हुदा २ सामान्य घाईते । ०४।१० गते २०.३० बजे दमक नपा–५ स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे८प ४३६७ न. को मोसाले उत्तरबाट दक्षिण तर्फ बाटो क्रस गर्दै गरेको को१ह ८०३२ न. को सिटि सफारीलाई ठक्कर दिँदा मोसा चालक जि ईलाम चुलाचुलि–३ बस्ने बर्ष ३४ को छबिलाल आचार्यको बाँया हात भाचिएको अवस्था सामान्य र सिटि सफारी चालक जि झापा दमक ९ बस्ने बर्ष २० को बिबेक लावती समेत सामान्य घाईते भइ दुवै घाईतेको लाईफलाईन अस्पताल दमकमा उपचार भईरहेको, दुवै सवारी साधन ईप्रका दमकको नियन्त्रणमा, घटनास्थल ट्राप्रका दमकबाट १ किमि पुर्व पर्ने ।कागजपत्र – सचाअप भएको ।मापसे. – मोसा चालकले मापसे गरेको कारण दुर्घटना भएको
६ धनकुटा बस पल्टन गई दुर्घटना हुदा ८ गम्भिर १७ सामान्य घाईते । ०४।१० गते १२.४५ बजे
पाख्रिवास.न.पा.०५ पंन्चे स्थित मध्यपहाडी लोकमार्गमा काकरभिट्टावाट भोजपुर तर्फ जादैगरेको प्र१–०१–००१ख३४२९ नम्बरको बस ब्रेकफेल भई सडकको भित्तामा ठक्कर खाई सडकमा पल्टदा निम्न सवार मानिसहरु घाईते भई उपचारको लागी पाख्रीवास आधारभुत स्वास्थ चौकी पाख्रीवास धनकुटा तर्फ पठाईएको उक्त सवारी साधन घट्नास्थलमा रहेको, एकतर्फी चलेकोउक्त स्थान ईप्रका पाख्रीवासबाट अन्दाजी०८ कि.मी.उत्तरपर्ने। (सचाअप–भएको, दुर्घट्नाको कारण– ब्रेक फेल,चलकले मापसे– नगरेको )
निम्न घाइतेहारु
पाख्रीबास आधारभुत अस्पताल धनकुटामा उपचार भई रहेको
जि. मोरङ पथरीशनिश्चरे ०४ बस्ने बर्ष १८ की सुजता खड्का सामान्य
जि.भोजपुर रामप्रसाद राई गा.पा. बस्ने बर्ष २६ कोतिलक खडका । (सामान्य)
जि.भोजपुर ट्याम्केमयुर गा.पा.७ बस्ने बर्ष १८ को एकसन राई । (सामान्य)
जि.भोजपुर अरुणगा.पा.७ बस्ने बर्ष १८ कि ममता बराईली । (सामान्य)
जि.भोजपुर भो.न.पा.२ बस्ने बर्ष १६ को भरत विष्ट । (सामान्य)
जि.झापा विर्तामोड न.पा.११ बस्ने बर्ष १५ को बिजय रसाईली । (सामान्य)
जि.धनकुटा महालक्ष्मीन.पा.६ बस्ने बर्ष १२ को अर्जुन वि.क.सविना भन्डारी । (सामान्य)
जि.भोजपुर गुप्तेश्वर बस्ने बर्ष २६ कोबिर बहादुर बिक । (सामान्य)
चालक – जि.झापा मे.न.पा.०६ बस्ने बर्ष ४३ को रमेश थापा (सामान्य) ।
स चालक–जि.झापा अर्जुनधारा न.पा.११ बस्ने बर्ष ३५ को जित ब तामाङ(सामान्य) ।
स–चालक – जि.झापा मे.न.पा.०६ बस्ने बर्ष २० को सुजन अधीकारी(सामान्य) ।
धरान घोपा रिफर
१२.जि.धनकुटा महालक्ष्मी लेगुवा न.पा.बस्ने बर्ष १२ कोअर्जुन वि.क. देब्रे हात र खुट्टामा चोट अवस्थामा मध्यम
१३.जि.झापा मे.न.पा.७ बस्ने बर्ष३१ को रोशन मेचे बाया खुट्टामा र टाउकोमा चोट गम्भिर ।
१४.जि.धनकुटा पाख्रीवास न.पा.५ बस्ने बर्ष ३१ को कुमारी भुजेल मुखमा र टाउकोमा चोट सामान्य ।
१५. जि.धनकुटा महालक्ष्मीन.पा.३बस्ने बर्ष सुरेन्द्र पांचकोटी कम्मर ढाड र टाउकोमा चोट गम्भिर ।
१६.जि.भोजपुर ट्याम्केमयुर गा.पा.३ बस्ने बर्ष४० कि पवित्रा राई देब्रे खुट्टा पाखुरा र टाउकोमा चोट गम्भिर ।
१७.जि.झापा कमल गा.पा.०५ बस्ने बर्षपवित्रा शाक्य ढाड र कम्मर ठोकिएको सामान्य ।
१८.जि.झापा कमल गा.पा. बस्ने बर्ष५७ को उमेश शाक्य दाहिने कुममा चोट सामान्य ।
१९.जि.झापा विर्तामोड न.पा.०५ बस्ने बर्ष ५३ को मुरारी फुईयाल देब्रे कान र हातमा चोट गम्भिर ।
२०.जि.झापा मे.न.पा.६ बस्ने फुलमाया तमाङटाउको, जिउ र दाहिने हातमा चोट गम्भिर ।
२१.जि.भोजपुर चौदन्डी गा.पा. बस्ने बर्ष २४ कि नबिना रसाईली दाहिने हातमा चोट समान्य ।
२२.जि.झापा मे.न.पा.६ बस्नेविमला तामाङ दाहिने हात ढाट र कम्मर र टाउकोमा चोट गम्भिर ।
नोवबेल अस्पताल रिफर
२३.जि.धनकुटा महालक्ष्मी न.पा.बस्ने बर्ष७० की कृष्णमाया भन्डारीटाउको हात र खुट्टामा चोट अवस्था गम्भिर
२४.जि.झापा हल्दीवारी बस्ने बर्ष ४३ को फुर्वा तामाङ आखा, टाउको र देब्रे हातमा चोट अवस्था गम्भिर
जिल्ला अस्पताल धनकुटा
२५.जि.भोजपुर अरुण गा.पा.६ बस्ने सल ब. बि.क. दाहिने हातमा चोट सामान्य ।
यसरी नै मिति २०७८।०४।०८ गते ०५.०० बजे देखि ऐ ०७८।०४।०९ गते ०५.०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना जाहेरी ।
जनचेतनामुलक अन्य कार्यक्रम १० चालक प्रशिक्षण ३३ प्रशिक्षित संख्या ५५५ पर्चा वितरण सहित दुर्घटना जानकारी टिपोट यसप्रकार छ ।

१ संखुवासभा ट्याक्टर दुर्घटना हुदा १ गम्भिर १ सामान्य घाईते ०४।०९ गते ०९.४५ बजे
खा.न.पा–७ मानेभन्ज्याङ खाँदबारी पक्की सडक खण्डमा मानेभन्जयाङबाट खाँदबारी आउदै गरेको को २ त ४८९७ नं. को ट्याक्टर अनियन्त्रित भई सडक बाट १०० मिटर तल झरी दुर्घटना हुंदा चालक ऐ. भोटखोला गापा–५ बस्ने बर्ष २५ को झोक बहादुर राई गम्भिर,सहचालक ऐ. बस्ने बर्ष १९ को संदेश राई सामान्य घाईते भई उपचारको लागी दुबैलाई जि. अस्पताल पठाएको घटनास्थल जिट्राप्रका बाट २ किमी उत्तर पर्ने । अर्को गाडीलाई साईड दिने क्रममा दुर्घटना भएको ।
२ उदयपुर मोसाले मोसालाई ठक्कर दिदा ३ सामान्य घाईते ।
०४।०९ गते १०.०० बजे बेलका नपा–०६ स्थित मदनभण्डारी पिच सडकखण्डमा रामपुरबाट बुद्धचोक तर्फ गई दायाँ गर्न लागेको को२७प ५९४ नं.को मोसालाई सोही दिशा सोही रुट आउदैं गरेको स७प ५२८० नं.को मोसाले ठक्कर दिंदा को २७ प ५९४ नं.को मोसा चालक जि.सुनसरी ईटहरी उ.म.न.पा. बस्ने बर्ष ४० को ईस ब. गिरीको खुट्टामा चोट लागी उपचारको लागी धरान घोपा लगिएको । साथैं स ७ प ५२८० नं.को मोसा चालक जि.उदयपुर बेलका–०५ बस्ने बर्ष २१ को लाल ब.कार्की र पछाडी सवार ऐ. बस्ने बर्ष २० को श्याम कु.कार्की समेत सामान्य घाईते भई उपचारको लागी स्थानीय अस्पतालमा उपचार भई रहेको।दुबैं मोसा ईप्रका रामपुरको नियन्त्रणमा रहेको।घट्नास्थलः–ट्राप्रपो रामपुरबाट २मि पश्चिम रहेको। कारणः–तिब्रगती ५२८० मोसा तिब्र गति रहेको ।
३ मोरङ २ मोसा ठक्कर लागी दुर्घटना हुदा २ सामान्य घाईते ।
०४।०९ गते १०.०० बजे बिराटनगर मनपा ११ भित्रि पक्की सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नं ०१–०४–००१प ५१९१ नं को मोसा र उतरबाट दक्षिण तर्फ जादै गरेको स ४ प १०५ नं को मोसा एक आपसमा ठक्कर लागी दुर्घटना हुंदा ५१९१ को मोसामा सवार जिल्ला सुनसरी हरिनगर न.पा ६ बस्ने बर्ष ५० को बेला अन्सारी सामान्य, स ४ प १०५ नं को मोसामा पछाडि सवार जिल्ला सिरहा न.पा ८ बस्ने बर्ष २४कि अमृता दास सामान्य घाईते भई दुबै जनालाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएको,प्रदेश नं ०१–०४–००१प ५१९१ नं को मोसा चालक जिल्ला सुनसरी हरिनगर न.पा ६ बस्ने बर्ष २१ को मुर्ताजिन अन्सारी,स ४ प १०५ नं को मोसा चालक जिल्ला सिरहा न.पा ८ बस्ने बर्ष ३५ को महेश दासर दुबै मोसा, प्रहरीको नियन्त्रणमा उक्त स्थान जिट्राप्रका मोरङ बाट ५ कि.मि. पश्चिम पर्ने । दुबै चालक संग सचाअप प्राप्त नगरेको , तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
४ सुनसरी मोसाको ठक्कर बाट १ सामान्य घाईते ।
०४।०९ गते १८.३० बजे इटहरी–२ स्थित कोशि लोकमार्गमा इटहरी बाट धरान तर्फ जादै गरेको प्र–३–०२–००९प १८५३ नं को मो. सा. ले पैदल यात्रि ऐ .ऐ बस्ने बर्ष १८ को रबिन थापालाई ठकर दिदा सामान्य घाइते भइ उपचारार्थ एपेक्स अस्पताल इटहरी पठएको। तत्काल मो.सा. चालक फरार रहेको र खोजि कार्य भइरहेको मो. सा. प्र. चौ. हलगडाको नियन्त्रणमा रहेको । कारणः तिब्र गति । घटना स्थल ट्रा.प्र. पो. हलगडा देखि ३०० मि. उतरमा रहेको।
५ सुनसरी मोसा अनियन्त्रित भई दुर्घटना हुदा २ सामान्य घाईते । ०४।०९ गते १९.४५ बजे इनरुवा–६ स्थित पुर्ब पश्चिम लोकमार्गमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको को३१प ९२७५ नं. को मो सा. सडक छेउमा राखेको निर्माण सामाग्रिमा ठोकिदा मो. सा. अनियन्त्रित भई दुर्घटना हुंदा मो.सा. चालक जि. सुनसरि इनरुवा–३ बस्ने बर्ष ३४ को महेष दाहाल र सवार ऐ बस्ने बर्ष २८ को रमेश दाहाल दुबै घइते भइ उपचारार्थ एपेक्स अस्पाताल इटहरी पठाइएको । दुबैको अवस्था सामान्य रहेको । मो.सा. ट्रा. प्र. का. इनरूवाको नियन्त्रणमा रहेको ।सचाअप भएको मापसे नगरेको ,तिब्र गतिको कारण दुर्घटना भएको । घटनास्थल ट्रा. प्र. का. इनरुवा देखि ४ किमि पुर्बमा रहेको।
६ मोरङ मोसाको ठक्कर बाट २ सामान्य घाईते । ०४।०९ गते २०.०० बजे जहदा गाःपा ४ स्थित राम चौक भित्री पक्कि सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ जादै गरेको भारतिय इल् त्भ्क्त् मोसाले बिपरित दिशा बाट आउदै गरेको साईकल यात्री जिल्ला मोरङ जहदा गापा ४ बस्ने रम्भादेवी महतोकी छोरी बर्ष ११ की शान्ती महतो र ऐ.साईकलमा पछाडी सवार निजकी बहिनी बर्ष ९ की भारती महतोलाई ठक्कर दिई दुर्घटना हुदा दुबै सामान्य घाईते भई उपचारको लागी कोशी अस्पताल बिराटनगर पठाएको , मोसा चालक भारत रजौल बस्ने बर्ष १८ को आनन्द कुमार शाह सिप्रचौ पोखरियाको नियन्त्रणमा मोसा आफन्तले लिई गएको ल्याउने पहल भईरहेको उक्त स्थान कर्सियाबाट १० किमि पश्चिम दक्षिण तर्फ पर्ने । मोसा तिब्रगतिको कारणले सवारी दुर्घटना भएको । चालक मापसे नगरेको । कागजपत्र साथमा नभएको)
७ मोरङ मोसा दुर्घठना हुंदा २ सामान्य घाईते ।
०४।०९ गते २१.०० बजे पथरी शनिस्चरे न.पा. १ स्थित पुर्ब पश्चिम राजमार्गमापश्चिममा पुर्ब तर्फ जाँदै गरेको को ११ प ९०९२ नं. को मो.सा. अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक जिल्ला झापा दमक न.पा. ६ बस्ने बर्ष ३९ को अरुण लिम्बु र सोही मो.सा. मा सवार जिल्ला तेह्रथुम छथर गा.पा. ५ बस्ने बर्ष ३८ को झमक लिम्बु दुबै जना सामान्य घाईते भई पथरी अस्पताल मा उपचार भईरहेको मो.सा. ईप्रका पथरीको नियन्त्रणमा उक्त घटना स्थल पथरी बाट अ. १ कि मि पुर्ब दक्षिण पर्ने । मोसा तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
८ मोरङ मोसा अनियन्त्रित भई दुर्घटना हुदा १ सामान्य घाईते ।
०४।०९ गते २१.१० बजे धनपालथान गापा ४ स्थित पक्की सकड खण्डमा बिराटनगरबाट सिजुवा तर्फ जादै गरेको प्र.न.१–०२–०४४प ७७९३ नम्बरको मोसा अनियन्त्रित भई दुर्घटना हुदा मोसा चालक जिल्ला मोरङ रतुवामाई नपा ६ बस्ने बर्ष ३१ को भवानी काफ्ले सामान्य घाईते भई उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको मोसा प्रचौ कर्सियाको नियन्त्रणमा, उक्त स्थान कर्सियाबाट १ कि.मि. पुर्व पर्ने । चालकले मापसे गरेकोले सवारी दुर्घटना भएको , कागजपत्र साथमा नभएको।
९ ईलाम पिकअप अनियन्त्रित भई दुर्घटना हुदा २ जना सामान्य घाईते । ०४।०९ गते २३.५५ बजे सूर्योदय न.पा.८ छिपिटार स्थित मेचि राजमार्गमा झापा बाट दाना मकै लिइ ईलाम तर्फ आउदै गरेको मे १ च ५६५० नं.को पिकअप हुस्सुको कारण आफै अनियन्त्रित भई बाटो बाट अं. ५ मिटर तल झरी दुर्घटना हुदा चालक जि.ईलाम ईलाम न.पा. ५ बस्ने बर्ष ४१ को पदम पोखरेल र सहचालक ऐ.सन्दकपुर गा.पा. २ बस्ने बर्ष १८ को सन्तोष खड्का सामान्य घाईते उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको,घाइते दुबै जनाको बाहिरी चोट नदेखिएको, तत्कालको अवस्था सामान्य रहेको, गाडी घटनास्थलमै रहेको,गाडीको कागजपत्र प्रचौ फिक्कलको नियन्त्रणमा,घटनास्थल प्र.चौ.फिक्कल बाट १ कि.मि. पुर्व पर्ने ।
१० सुनसरी टेम्पो दुर्घटना हुदा १ सामान्य घाईते । ०४।०९ गते २२.१५ बजे ईटहरी १० डुम्राहा चोक स्थित कोशी लोकमार्गमा दक्षिण बाट उत्तर तर्फ जादै गरेको को २ ह ३३४३ नं. टेम्पो अनियन्त्रित भई दुर्घटना हुदा टेम्पोमा सबार ऐ. ५ बस्ने बर्ष ३० की पार्वता बस्नेतको दाहिने हात भाँचिएको सामान्य घआईते भई उपचारको लागी बिराटनगर पठाएको टेम्पो र चालक ऐ. ९ बस्ने बर्ष २८ को एलेस गुरुङ प्रचौ खनारको नियन्त्रणमा, घटनास्थल ट्राप्रपो खनार बाट २ किमी उत्तर पर्ने । चालकको लापरबाहीले दुर्घटना भएको ।

त्यसैगरि मिति २०७८।०४।०८ गते ०५.०० बजे देखि ऐ ०७८।०४।०९ गते ०५.०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना जाहेरी ।
जनचेतनामुलक अन्य कार्यक्रम ११ चालक प्रशिक्षण ४४ प्रशिक्षित संख्या ७४६ पर्चा वितरण

१ झापा मोसा अनियन्त्रित भइ दुर्घटना हुदा २ सामान्य घाईते । ०४।०८ गते १२.४५ बजे बुद्दशान्ति गापा–३ धर्मकाँटा स्थित मेचि लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ७प २८८३ न. को मोसा आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोसा चालक ऐ भद्रपुर नपा–२ बस्ने बर्ष ३८ को चन्द्र ब. लिम्बु र सोही मोसामा सवार निजकै श्रीमती बर्ष ३०की सञ्चमाया लिम्बु समेत सामान्य घाईते भई उपचारार्थ दुवै घाईतेलाई बि एण्ड सि अस्पताल बिर्तामोड पठाईएको, मोसा ईप्रका बुधबारेको नियन्त्रणमा, घटनास्थल ट्राप्र पोष्ट बुधबारेबाट अन्दाजी १ किमि दक्षिण । कागजपत्र– सचाअप भएको, मापसे– नगरेको,कारण– पानि परेको कारण ।
२ झापा मोसा र पिकअप ठक्करलागी दुर्घटना हुदा १ सामान्य घाईते । ०४।०८ गते १४.२० बजे
अर्जुनधारा न.पा. ६ दासपुल स्थित बिर्तामोड – शनिश्चरे भित्री पक्की सडक खण्डमा बिर्तामोडबाट शनिश्चरे तर्फ जादै गरेको मे ९ प १५९९ नं. को मोसा र बिपरित दिशाबाट आउदै गरेको मे १ च ३५८३ नं. को छोटा हाती गाडी एक आपसमा ठक्करलागी दुर्घटना हुदा मोसा चालक ऐ. बिर्तामोड नपा ४ बस्ने बर्ष ३६ को सौजार उदास सामान्य घाईते भई बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचार भइ रहेको, मोसा, छोटा हाती गाडी र चालक ऐ. अर्जुनधारा न.पा. वडा नं. १ बस्ने बर्ष ३२ को हेमचन्द्र गुरुङ ई.प्र.का. अनारमनीको नियन्त्रणमा, घटनास्थल ट्राप्रपोष्ट शनिश्चगरेवाट अन्दाजी ३ कि.मि. दक्षीण । कागजपत्र – मो.सा. को तत्काल नभएको । मा.प.से. – नगरेको । कारण – मो.सा. को तिव्रगती
३ झापा मोसा अनियन्त्रित भई दुर्घटना हुदा चालक सामान्य घाईते । कचनकवल गापा–६ बनियानी स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र१–०१–०१३ प ७३६१ न. को मोसा आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा मोसा चालक जिल्ला झापा कचनकवल गापा–५ बस्ने जय नारायण गणेश सामान्य घाईते भई उपचारको लागी ओमसाइ पाथिभरा अस्पताल भद्रपुर पठाईएको, मोसा ईप्रका बनियानिको नियन्त्रणमा, उक्त स्थान ट्राप्रका भद्रपुरबाट अ. १६ किमि दक्षिण पर्ने । कागजपत्र– सचाअप भएको । मापसे– नगरेको । कारण– मोसा तिब्रगतिको कारण ।
४ मोरङ मोसाको ठक्करबाट पैदल यात्री सामान्य घाईते
विराटनगर मनपा –४ बक्लोरी चोक स्थित भित्री सहरी सडक खण्डमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको प्र१–०२–००२ प ६९८६ नं.को मोसाले बाटो क्रश गर्दै गरेको पैदल यात्री ऐऐ. बस्ने बर्ष७५ की कपला देबि कटेललाई ठक्कर दिदा सामान्य घाईते भई उपचालको लागी नोबेल अस्पताल बिराटनगर पठाएको मोसा र चालक जि. सप्तरी खड्ग नपा ८ बस्ने बर्ष २४ को दुर्गानन्द मण्डल जिप्रका मोरङको नियत्रणमा, घटनास्थल जिट्राप्रका मोरङबाट अं ३ ,किमि उत्तर पश्चिम । चालक का.प साथमा नभएको । मोसा तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
५ मोरङ मोसा अनियन्त्रित भई दुर्घटना हुदा २ सामान्य घाईते विराटनगर मनपा –३ स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षीण तर्फ आउदै गरेको प्र१–०२–०४५ प ६३८७ नं.को मोसा अनियन्त्रित भई सवारी दुर्घटना हुंदा मोसा चालक सुनसरी पान्मारी ६ बस्ने बर्ष ४० को बिक्रम कटवाल सामान्य, पछाडि सवार ऐऐ.बस्ने बर्ष ३५ को अर्जुन कुवर समेत सामान्य घाईते भई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएको, मोसा प्रहरीको नियन्त्रणमा , घटनास्थाल जिट्राप्रका मोरङबाट अं. ३ किमि उत्तर पश्चिम ।
६ झापा मोसा ट्रकमा ठक्करलागी दुर्घटना हुदा १ सामान्य घाईते । मेची न.पा. वडा नं. ७ जोरसिमल स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ गई वाईरिङ बिग्री रोकी राखेको मे.१ख ३१९९ नं. को अनारस लोड भएको मिनि ट्रकमा सोही दिशा तर्फै जादै गरेको बा ७५ प ८७२५ (नं. प्लेटको पछाडी पट्टी बा.२ब ४०५६ नं. लेखीएको) को मो.सा. पछाडीवाट ठोक्किन गई भएको सवारी दुर्घटनामा मो.सा. चालक ईप्रका. उर्लावारी मोरङ दरवन्दी भई ला.औ.नि. ब्युरो काकडभिट्टामा कार्यरत बर्ष ४८ को प्र.ना.नि. किशोर श्रेष्ठको दुबै हात फ्याक्चर, नाक तथा दुबै खुट्टामा चोट, अवस्था सामान्य, बोल्न सक्ने, उपचार बिएण्डसी अस्पताल बिर्तामोडमा भई रहेको, दुबै सवारी र ट्रक चालक ऐ. कन्काई न.पा. वडा नं. ३ बस्ने बर्ष २३ को मुस्ताक मन्सुरी ईप्रका. काकडभिट्टाको नियन्त्रणमा, दुर्घटनास्थल ट्राप्रपोष्ट काकडभिट्टावाट ३ किमी पश्चिम पर्ने । कागजपत्र भएको । मापसे. – तत्काल नंखुलेको ।कारण – ट्रकको असुरक्षीत पार्कीङ र मो.सा. को तिब्रगती ।
७ सुनसरी मोसाले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुदा २ सामान्य घाईते ०४।०८ गते २१.३० बजे बराहक्षेत्र न.पा. ७ बिष्टेनी चोक स्थित भत्रि सडक खण्डमा बाङ्गेबाट चक्रघटि तर्फ जाँदै गरेको को १३ प ५०५४ नं.को मो.सा.ले ऐ.ऐ. बस्ने पैदल यात्री वर्ष अ. ४५ कि गंगा माझीलाई ठक्कर दिदा निज सामान्य घाईते, मो.सा. चालक ऐ.ऐ. ३ बस्ने वर्ष २१ को सनम तिरुवा समेत सामान्य घाईते, घाइते दुबै जनाको स्थानिय फ्रिया मेडिकल चक्रघटिमा उपचार पश्चाकत घोपा धरान रिफर गरी पठाइएको, मो.सा. ई.प्र.का. महेन्द्रनगरको नियन्त्रणमा घट्नास्थल ई.प्र.का. महेन्द्रनगरबाट १५०० मिटर उत्तर ।
८ झापा मोसा अनियन्त्रित भई दुर्घटना हुदा २ सामान्य घाईते ०४।०८ गते २२.०० बजे शिवसताक्षि ४ स्थित भित्री सडक खण्डमा दक्षिण तर्फ जादै गरेको मे ४ प १८२१ न. को मोस अनियन्त्रित भई दुर्घटना हुंदा मोसा चालक ऐ ऐ बस्ने बर्ष २१ को सुमन साह र मोसा पछडि सवार ऐ ऐ बस्ने बर्ष १८ को सागर राई समेत सामान्य घाईते भई दुबैलाई उपचारको लागी बि. एण्ड सि अस्पताल बिर्तमोड पठाएको मोसा ईप्रका दमकको नियन्त्रणमा घट्नास्थल ट्राप्रपो झिलझिलेबाट ६ कि मि दक्षिण कारण ः– तिब्र गति
९ सुनसरी स्कुटर अनियन्त्रित भई दुर्घटना हुदा ३ सामान्य घाईते । ०४।०८ गते २१४५ बजे ईनरुवा ५ स्थित भित्रि पक्की उतर दक्षिण सडक खण्डमा दक्षिणबाट उतर तर्फ जादै गरेको को १५प ४७८० नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा स्कुटर चालक ऐ बस्ने बर्ष २२ को सुमन लामिछाने सामान्य घाईते पछाडि सवार ऐ ऐ बस्ने बर्ष २७ को कैलास भण्डारी सामान्य घाईते र ऐ स्कुटरमा सवार ऐ बस्ने बर्ष २३ को आषिश दाहाल समेत (टाउकोमा चोट) घाईते भई घाईतेलाई उपचारकोलागि जिल्ला अस्पताल ईनरुवा तर्फ पठाएको तिनै जनाको अवस्था बोल्ने सक्ने सामान्य स्कुटर अप्र पोस्ट बलाहाको नियन्त्रण मा तिनै जानाले मापसे गरेको स चा अ प नभएको कारण = मा प से गरेर चलाएको ।

छोरा कुटेर ढुट्टो पार्ने सौतेनी आमा पक्राउ
इटहरी
इटहरी उपमहानगरपालिका वडा नं. १९ मा वर्ष २५ की सौतेनी आमाले सौतेनी छोरा वर्ष १२ को नाबालकलाई पटक पटक कुटपिट गरी शरीरिक तथा मानसिक रुपमा यातना दिई बालबालिका बिरुद्दको हिंसा गरेको भन्ने उजुरीको आधारमा निज प्रतिवादी सौतेनी आमालाई यस कार्यालयवाट खटिएको प्रहरी टोलीले साउन १० गते पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालत इनरुवावाट बालबालिका बिरुद्दको हिंसा कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

करणी काण्डमा पुलिसका असई फसे
सुनसरी
जिल्ला सप्तरी साविक धनगढी हाल बोदेबसाइन नगरपालिका – १ वस्ने वर्ष ३९ को जितेन्द्र मण्डलले एक २३ वर्षिय महिलालाई पहिला देखि नै पटक पटक बिभिन्न मितिमा विभिन्न स्थानमा जवरजस्ती करणी गर्दै आएकोमा अन्तिम पटक मिति २०७७।१२।२८ गते रातीको समयमा जिल्ला सुनसरी इटहरीको अरुण होटलमा जवरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरी दरखास्त साउन ९ गते दर्ता भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड झापामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत जितेन्द्र मण्डल प्रहरी हिरासतमा रहेका छन ।
उजुरीको सुचना पाएपछी साउन ११ गते ईप्रका ईटहरीमा आफै उपस्थित भएका निज मण्डललाई साउन १२ गते सम्मानित जिल्ला अदालत सुनसरी इनरुवावाट दिन ७ को म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।