Spread the love


इटहरी
पीबी दियाली
कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिएर दोस्रो लहरको कोबिड१९ रोग जनमानसमा आतेस फैलाउने गरि सल्किएको छ ।
नेपाल सरकार मातहतका स्थानीय निकायहरुमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लागु गरेको निषेधज्ञा अनुसार लकडाउन सरह आदेश गरेका कतिपय पालिकाहरुले बैंक तथा बित्तिय संस्थालाई समय सिमा दिएर खुल्लै गर्ने ब्यबस्था गरि दिएपछि संक्रमण झन बढने खतरा रहेको छ ।
सुनसरीको धरानमा बैंक तथा बित्तिय संस्थाहरु खुलेआम संचालन हुंदा कोरोना सरेर मान्छे झन संक्रमित भएको घटना एकजना बैंक गार्डको हालै भएको मृत्युले पनि पुष्टि गरेको छ । बैंक तथा बित्तिय संस्थामा रेमिटयान्स लिन आउनेहरु प्रायः बिामीको परिवार हुन सक्ने र कुनै न कुनै तरिकाले उसमा संक्रमण रहन सक्ने हुंदा उसले बैंकमा पुगेर गार्ड,खजान्ची वा स्टाफहरुलाई सार्ने,उसले समाएको कलम अथवा बित्तिय कारोबारकालागि प्रयोग गर्ने कागजात ,टेवल,टवाइलेट,पर्दा,ढोकाहरुबाट भाइरस संक्रमणको खत्तरा रहने साथै समातेको पैसाबाट पनि एक बाट अर्कोमा लेनदेन गर्दा भाइरससंगै जाने प्रमुख संभावना भएकोले बंैक तथा बित्तिय संस्थाहरु पुरै बन्द हुनु पर्ने कुरालाई इटहरी र धरान नगरपालिकाले ख्याल नगरेकोमा जनताबाट चिन्ता ब्यक्त गरिएको छ ।
इटहरीमा पहिला पनि संक्रमणबाट मुक्त भएका र भाइरस बिरुद्ध दुबै डोज खोप लगाई सकेका एक पत्रकारको अनुभवमा पैसाबाट भाइरस सल्किएको हो । बेलबारी,सुन्दर हरैंचा,खोटांङका पालिकाहरुमा प्रायः बित्तिय संस्थाहरु सुचना जारी गरेरै बन्द गरिएका छन तर धरान इटहरी जस्तो सहरमा खुलेआम बित्तिय संस्थाहरु संचालन भई रहंदा संक्रमणको खत्तरा बढने हुनाले त्यस्ता संस्थाहरु तुरुन्त बन्द गर्न लगाई बिरामीलाई आबाश्यक पर्ने आर्थिक ब्यबस्थाबारे सरकारले सम्बन्धीत अस्पताललाई उचित संझौता गरि उपचार नरोक्न आग्रह गर्दा राम्रो हुने थियो धरानका एक बुद्धीजीबीले भनेका छन ।
इटहरीमा दुई दर्जनबढी बिकास बैंक,सय बढी सहकारी संस्था त्यस्तै रेमिटयान्स कारोवार गर्ने आइएमइ,हिमाल,प्रभु, वेष्टर्न,युनियन मनि ट्रामन्सफर लगायत थुप्रै एजेन्सीहरुले बित्तिय कारोबार गर्ने हुंदा मानिसहरुको चहलपहल कम भएको छैन । कतिपय आर्थिक कारोवारकोलागि हिंडनेहरुमा संक्रमण रहन सक्ने कुरालाई नजर अन्दाज गर्न नहुने भन्दै इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाले यो बिषयमा गम्भिर हुनु पर्ने देखिन्छ ।