इटहरीमा आइसोलेसन तयारी तीब्रः उपमहानगरको पनि उस्तै चासो
इटहरी
पीबी दियाली
कोरोनाको दोस्रो लहरले उपमहानगरबासीलाई आतंकित पार्न थालेपछि धमाधम भेण्टिलेटर सहितको आइसोलेसन ब्यबस्थापन कार्य भई रहेको छ ।

इटहरी उपमहानगरपालिकाले गत साल संचालन गरेको रंगशालाको खेलमैदानमा भएका टहराहरुलाई आइसोलेसन बनाई सकेर अब २ दिन भित्रमा बिरामी राख्न सकिइने तयारी तर्फ लागेको उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले बताउनु भयो । कोबिडले गर्दा आज २ जना सहित इटहरीमा ७ जनाको मृत्यु भई सकेको छ । ४ सय ४२ जना हिजो सम्मको अभिलेख अनुसार संक्रमित छन । ६० जनाले १४ दिन पुरा गरि सकेका र बाँकी संक्रमितहरु त्यति खतरा अबस्थामा नरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुबेदीले बताउनु भयो ।

इटहरीमा संक्रमितहरुलाई ज्यान जान नदिने हरप्रयासले जनप्रतिनिधीहरु लागेको बताउंदै मेयर चौधरीले स्वास्थ्यकर्मीहरु,कर्मचारी,सुरक्षाकर्मी लगायतले उपमहानगरको ब्यबस्थापकीय योजनलाई साथ सहयोग दिनु पर्ने कुरामा जोड दिनु भएको छ । कार्यकक्षमा मकालु टुडे डटकम र प्रभात खवरका पत्रकारहरुसंग कुरा गर्दै मेयर चौधरीले गत साल भएको अभ्यासलाई ख्याल गर्दै संक्रमितलाई उच्चतम सेवा दिइने छ । बस्ने कोठा, खानेपउिने ब्यबस्था ,औषधी उपचार ,हेरचाह,चेक जाँच, सरसफाई लगायतका कुरामा सबैखाले जनशक्ति परिचालन गरि सकिएको र सार्बजानिक खरिद र आपुर्ति ब्यबस्थाकोलागि ऐनकानुन अनुसार जानु पर्ने भएकोले प्रकृया पुरा गरि अब दुईदिन भित्रमा आइसोलेसन शुरु हुने तयारी रहेको मेयर चौधरीको भनाई छ ।
गत साल उद्योगबाणिज्य संघले खाना ब्यबस्थापनमा सहयोग पररयाए पनि यस पटक उचित मापदण्डको पालना गरेर उपमहानगर आफैले ब्यबस्थापन गरि जनशक्ति र स्रोत परिचालन गर्ने तर्फ ध्यान दिने कुरा प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनु भयो ।

कोरोना महामारीको दोस्रो चरणले भयाबह रुप लिन थाले पछि इटहरि उपमहानगरपालिकाले आफ्ना नगर भित्र सन्क्रमीत ब्यक्तिको लागि इटहरी रङ्गशालालाई आइसोलेशन वार्डको रुपमा प्रयोग गर्ने भएको छ। कोरोना भाइरसको कारण लाग्ने कोबिड १९ नामक रोगको सन्क्रमण शुरु भएको गत साल ठिक यहि समय देखी नै उपमहानगर पालिकाले रङ्गशालालाइ सन्क्रमितहरुलाई आधारभुत स्वाथ्य सेवा दिन अस्पताल सरहको उपचारार्थ स्वास्थ्य कर्मीहरु समेत उपलब्ध गराइ झन्डै ७ महिना सम्म कार्क्रम चलाएको थियो।

दसै तिहार सकिने बितिक्कै बाट महामारीको प्रकोप कम हुँदै गए पछि सन्क्रमितहरु न थपिएको र आएकाहरु सबै निको भएर घर फर्केका थिए। कोरोना भाइरस नया ढङबाट फैलेको र बिस्वलाइ नै आतङ्कित तुल्याउने गरि मानव बिनासको रुप लिन थाले पछि इटहरी उपमहानगरले अघिल्लो बर्सको स्वास्थ्य सेवा अभियान फेरि सुरु गरेको छ।

इटहरिमा मात्रै ४१ ज्नाको पिसिआर गर्दा ४० जनामा पोजेटिभ भएको तथ्य देखिएपछी अब थामी नसक्नु हुने अबस्थालाइ ख्याल गरेर नागरिक सुरक्ष्याको लागि पुन रङ्गशालालाई अस्पताल सरह प्रयोगमा ल्याउने तयारी साथ लागि परेको इटहरी उपमहानगर पालिका वडा न ९का अध्यछ्य भुपेन्द्र बरालले बताए । उपमाहा नगरले सबै बजेट ब्यबस्थापन गरि महिला सन्क्रमित २० जना र पुरुस सन्क्रमित ३० जनाको लागि बेड ब्यबस्था मिलाइ सकिएको सहयोगी युबा केदार घिमिरेले बताए । ३ महिला र ३ पुरुसको लागि भेण्टीलेटर रुम समेत ब्यबस्था मिलाइएको छ।

सन्क्रमित हुन सक्ने सम्भाबित ब्यक्तिहरु इटहरी अस्पताल मार्फत आए पछि यस अघि एन्टि जोम विधि प्रयोग गरेर कोरोना नेगेटिभ पोजेटिभ छुट्याएर आबास्यक सेवा दिएको र आजै बाट पिसिआर विधि प्रयोग गरि ४८ जनाको स्वाब लिएर परिछ्णको लागि पठाइएको छ। इटहरी उपमहानगर पालिकाले इन्जिनिअर जीवन घिमिरे र सामाजिक बिकास साखा अन्तर्गतका महेस सुबेदीलाइ आइसो लेसन छेत्र रेख देख साथै भौतिक सम्रचना निर्माण ब्यबस्थापनको जिम्मा दिएको छ।इटहरिको पुर्बी पृतना बाट आर्मीले सुरछ्या दिनुका साथै सन्क्रमितहरुलाइ औषधि उपचारको लागि इटहरि अस्पतालका डाक्टर शिबकुमार झा , ल्याब टेक्नीसियन शैलेन्द्र भगत लगायत नर्सहरु खटाएको छ।एम्बुलेन्स चौबिसै घण्टाको लागि तयारी हालतमा छ ।

सन्क्रमितहरुलाई बेडै पिच्छे छुट्टा छुटटै ब्यक्तिगत सामाग्रीहरु जस्तै पानी पिउने जग ,ग्लस ,बाल्टी, तातो पानीको लागि उचित बिद्दुत प्लग,साबुन,सफा सौचालय,स्नान घर,औसधीहरु,माक्स,सेनिटाइजर साथै स्वास्थ्य मापद्ण्ड अनुसारको खानाको ब्यबस्था मिलाइएको छ । गत साल सोही स्थानमा नै क्यान्टिन चलाएर खानपिन गराएको थियो ।तर यो पटक बाहिर बाट प्याकिङ खाना ल्याएर सन्क्रमितलाई सेवा दिने कुरा सहयोगी केदार घिमिरेले बताएका छ्न ।

इटहरीकै पिपुल्स मल्टिपल हेल्थ रहेको कर कार्यालय दक्षिणको भवनलाई पनि उद्योग बाणिज्य संघ,प्रेस युनियन लगायतका संस्थाहरुले आइसोलेसनको तयारी गरेको छ । एरिना टिभी समेतले उक्त कार्यमा सहभागिता जनाएको बताइएको छ । के के प्रकृतिको संक्रमितलाई के कस्तो ब्यबस्था? भन्ने बारे आबाश्यक गृहेकार्य भई रहेको प्रेस युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीले बताउनु भयो । अक्सिजनमा कुनै कमि हुन नदिने भन्दै अधिकारीले संक्रमितहरुलाई अस्पताल सरह उपचार सेवा हुने बताउनु भयो ।

आजै प्रंदेश सरकार ,सिडिओ लगायत स्थानीय सरकारका प्रमुखहरु इटहरीमा बैठक बसि धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५ सय जना अटेर उपचार सेवा पाउने खालको अस्पताल भवन बनाउनेबारे निर्णय गरेका छन । बिष्तृत कुरो आउन बाँकी रहेको इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले खुलासा गर्नु भएको छ । इटहरीका सबै वडाहरुमा स्वास्थ्य सेवाकेन्द्र रहेको र संभावित संक्रमितलाई इटहरी अस्पतालले उचित जाँचबुझ गरि आइसोलेसन वा उपचारार्थ अन्यत्र रिफर गर्ने गरेको छ । इटहरीमा संक्रमितहरुको ह्वात्तै बढेको संख्या देखेर सर्बसाधरणमा भय उत्पन्न भएको छ । यसबारे उपमाहनगरपालिकाबाट मेयर लगायत जनप्रतिनिधीहरुले जनतालाई संयमित हुन बिशेष आग्रह सहित केही राहत प्याकेज ल्याउलान की भनेर जनअपेक्षा पनि रहेको बुद्धिजीवीहरुको भनाई छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


