Spread the love


पीबी दियाली
इटहरी
किराँत नेवाहाङ्घ राई समाज मोरंगले आज सुनसरीको इटहरी स्थित भुपु सैनिक क्लवमा पत्रकार सम्मेलन गरि आफनो भाषा लोप हुनबाट बचाउन बिषेश अभियान थालेको जानकारी गराएका छन ।

No description available.

समाजका अध्यक्ष टेकबहादुर नेवाहाङ्घ राईको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष छत्रबहादुर नेवाहाङ्घ राईले कार्यक्रम संचालन गर्दै नेवाहाङ्घ समाजको आबाश्यक्ता बारे चर्चा गर्नु भयो । कारोना महामारीका कारण शनिबार तय गरेको कार्यक्रमलाई अघिल्लै दिन गर्न बाध्य भएको भन्दै उपाध्यक्ष भिमा राईले पत्रकार बर्गलाई आफनो अभियानबारे समाचार संप्रेषण गरि दिन आग्रह गर्नु भयो ।

No description available.

पत्रकार सम्मेलनमा सरस्वती माबि इटहरी ३का प्रधानाध्यापक लेखनाथ भटटराई, शिक्षक बद्री कार्कीको पनि उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनको औचित्य बारे प्रकाश पार्दै उपाध्यक्ष भिमा राईले बाचन गरेको बिज्ञप्तीमा यस्तो भनिएको छ ।
“नेपालमा हिमाली खण्डमा बसोबास गर्ने सर्वाधिक प्राचीन जाती मध्ये किराँत जाती पनि एक हो । ईतिहासकार शिवकुमार श्रेष्ठका अनुसार अन्तिम राजा भुबन सिँहलाई परास्त गरेर किराँती राजाहरुले काठमाडौ उपत्यकामा शासन गरे र यी किराँतीहरु पुर्वतिर गएका थिए । किराँतहरु त्यसपछि तामा कोशी र अरुण कोशीबीचको भुभागका बासिन्दा थिए । भनिन्छ किराँतीहरु २०००( २५००वर्ष पहिल्यै वर्तमान बासस्थानमा आएका थिए । (हडसनका अनुसार पूर्वी नेपाल किराँत जातीको बसोबास भएको हुनाले वल्लो किराँत,माझ किराँत र पल्लो किराँत भएको कुरा बुझिन्छ । )

No description available.


प्रारम्भमा राईहरु १० प्रकारका थिए भन्ने विस्वाश गरिन्छ । तिनका १० पूर्खाहरुमध्ये ५ उत्तरबाट आए र ५ दक्षिणबाट आएका थिए । कालान्तरमा उत्तरबाट आउनेका सन्तान लाशा गोत्र कहलिए भने दक्षिणबाट आउनेका सन्तान काशी गोत्रका कहलिएका हुन । २०६८सालको जनगणना अनुसार नेपालमा १सय २५भन्दा बढी जातजातिहरु बस्दछन । जसमध्ये १सय २३ को आआफनो भाषा संस्कृति र रहनसहन छ । जसमध्ये राईहरु जम्मा २७ प्रकारका छन् भनेर किराँत विज्ञान अध्ययन संस्थान काठमाण्डु नेपालद्धारा प्रकाशित“इण्डो नेपाल किराँति भाषाहरु” भन्ने पुस्तकमा नेवाहाङ्गड्ड थर २.१६ नम्बरमाउल्लेख गरिएको छ ।

May be an image of 1 person, sitting and indoor


किराँत नेवाहाङ्ग राई संस्थाकोे स्थापना सम्बन्धमा विगत लामो समयदेखि नेवाहाङ्ग राईहरु आफ्नो भाषा र पहिचानकालागि सकृय रहि आएको तथ्य यहाँ उल्लेख गर्नै पर्ने हुन्छ । आज सम्म लगभग पाँचवटा वृहत सम्मेलनहरुको आयोजना गरि सकिएको छ । सम्मेलन स्थानहरु संखुवासभाको दिदिङ,शिशुवा, सुनसरीको धरान ,इलाम र संखुवासभाकै खाँदबारीमा सम्पन्न गरिएको थियो । समिति गठन पश्चात विभिन्न किसिमकाभाषा सम्बन्धी खोज अनुसन्धान गरिएको हो ।जसमा शब्दकोश,क्यालण्ेडर,मुन्धुम र वंशावली प्रकाशन गरिएको थियो । उक्त प्रकाशनहरुमा नेवाहाङ्ग उल्लेख नगरिकन मेवाहाङ्गमात्रै लेखिएकोले नेवाहाङ्गहरुले यसलाई आपत्ति जनाएका थिए । खाँदबारीको सम्मेलनमा लिखित अनुरोध पत्र समेत बुझाइएको थियो । तर मेवाहाङ्गहरुले अनुरोधको अलावा एकतर्फी निर्णय गर्न थालेको र “ न “लाई “म” नै लेखिन्छ भन्दै कम्प्युटर असाब्धानीको कारण देखाउँदै आइरहेको थिए ।

No description available.


२०७५ साल चैत्र महिनामा इलाममा आयोजना गरिएको सम्मेलनले नेवाहाङ्ग लेख्न नसकिने,मेवाहाङ्गमात्रै लेख्न सकिने निर्णय दिएपछि नेवाहाङ्गहरु औपचारिक रुपमा आफ्नो पहिचानको लागी एक भएर अघि बढेका हुन । त्यसपछि भोजपुरका नेवाहाङ्गले मझुवामा वृहत भेला आयोजनागरि २१ सदस्यीय कार्यसमिति गठन गरिएको थियो। जसको अध्यक्षमा योगेन्द ्रनेवाहाङ्गराई चुनिनु भएको थियो तर यस भेलामा अन्य जिल्लाका नेवाहाङ्गहरु समेटिएका थिएनन । र यसले सकृय रुप लिइरहेको पनि थिएन । यसै सिलसिलामा मिति २०७५ साल फागन ११ गते मोरङ्ग, भmापा र सुनसरीका नेवाहाङ्गहरु अनौपचारिक र औपचारिक रुपमा भेला तथा घरदैलोको माध्यमबाट एककृत गर्न श्री्र टेक बहादुर नेवाहाङ्ग राईको अगुवाइमा पटक पटक भेला छलफल गरी नेवाहाङ्ग राईको खोजीमा भोजपुर, संखुवासभामा श्री राम ब.नेवाहाङ्गड्ड राई,निमेस नेवाहाङ्ग राई, पुर्ण बहादर नेवाहाङ्ग राई, भुपाल नेवाहाङ्ग राई र शुुक्र नेवाहाङ्ग राई, तप प्रसाद नेवाहाङ्ग राई,सृजना नेवाहाङ्ग राई र भुबनसिंह नेवाहाङ्ग राई लगायतका व्यक्तिहरु सकृय रुपमा लागि पर्नु भएको थियो । साथै संखुवासभा, इलाम, झापा, मोरङ्ग, सुनसरी र भोजपुरका नेवाहाङ्ग राईहरुको संयुक्त समन्वयमा मोरङ्गको बेलबारी स्थित किराँत यायोख्खाको सभास्थलमा मिती २०७७ कार्तिक २१ गते प्रथम राष्ट्रिय भेला आयोजना गरी एक तदर्थ समिति गठन गरिएको थियो । उक्त भेलामा भोजपुर , संखुवासभा , इलाम , झापा, मोरङ्ग र सुनसरी जिल्लाका सबै प्रतिनिधिहरु सहित जम्मा ५४ जनाको उपस्थिति रहेको थियो । जुन भेलामा १३ सदस्यीय तदर्थ समिति सर्वसम्मतिले चयन गरी रतुवामाई नगरपालिकाका नगर प्रमुख श्री रविन नेवाहाङ्ग राईद्धारा बधाईृ तथा शुभकामना ज्ञापन गरिएको थियो ।
हाल सम्म यस समितिले हासिल गरेका प्रगति विवरण यस प्रकार छन् ।

No description available.


१. यस समितिले विधान समिति बनाई विधान ड्र«ाफ्ट गरियो ।
२. मिती २०७७पौष ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा किराँत नेवाहाङ्गड्ड राई साल समाज दर्ता भयो ।
३. मिती २०७८ साल पौष ५ गतेमा समाज कल्याण परिषदमा आवद्दता प्रकृया सम्पन्न गरि प्रमाणपत्र प्राप्त आवदता न. ५१८६७ हो ।
४. मिती ०७७।९।१९ मा कर कार्यालय काठमाडौमा दर्ता भई पान नम्वर.प्रमाण पत्र प्राप्त ।
५. मिती २०७७।११।१६ मा शाखा बिस्तार गर्न मोरड्ड जिल्लाको प्रशासन कार्यालय मोरङ्गमा दर्ता ।
६. मिती २०७७।११।१७मा शाखा बिस्तार गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता ।
७. भोजपुर जिल्लामा प्रसासन कार्यालयमा संस्था दर्ताको लागि निवेदन दर्ता ।
८. संखुवासभा जिल्लामा दर्ता प्रकृयाकोलागि वडा स्तरबाट प्रकृयाको थालनी ।
९. इलाम जिल्लामा पहल भईरहेको
१०. नेवाहाङ्ग राई समाजमा घरधुरी डाटा संकलन सुरुवात
११मिती २०७७ सालफागुन १८ गते संखुवासभाको किराँत नेवाहाङ्गाहरुको महान चाड भुमी पुजामा ४ वटा जिल्लाको उपस्थितिमा आपm्नो रीति थीति र संस्कृति अनुसार पूजा सम्पन्न ।
१२. जनगणनाका २०७८ का लागि केन्द्रीय तथ्यांक विभागसँग समन्वय र सुपरिवेक्षक तथा गणकका लागि अनलाईन (डाटा) फारम भरेकोमा हाल सम्म १ जना सुपरिवेक्षक छनोट हुनुभएको अन्य प्रकृयामा रहेको ।
१३. सम्पूर्ण नेवाहाङ्ग राईहरुको घरदैलो कार्यक्रमको सुरुवात र कोष संकलन सुरु
१४. किराँत नेवाहाङ्गड्ड राई समाजको औपचारिक रुपमा कार्यालय स्थापना र जग्गाको खोजी कार्य इटहरी वरीपरी जारी रहेको
१५. भाषाको खोज अनुसन्धानका लागि एक भाषा समिति गठन ।
१६. भबन निर्माण,संगा्रहालय निर्माण , साकेला थान निर्माणका लागि समिति गठन ।
१७. किराँत नेवाहाङ्गड्ड राई समाजको क्यालेण्डर प्रकाशन र वितरण
१८. किराँत राई यायोक्खासँग समन्वय सम्पर्क गरि जनगणना २०७८ कालागि सचेतना जागरण पोष्टर प्रकाशनमा नेवाहाङ्ग भाषाउल्लेख ।
किराँत नेवाहाङ्ग राई समाजका भावी कार्ययोजना
१. भाषाको खोजगरि आफ्नै शव्दकोश प्रकाशन
२. आफ्नै रितिथिति संस्कृतिको जर्गेना गर्ने,मुन्धुम लेखन र प्रकाशन
३. वाषर््िा कक्यालेन्डर प्रकाशनलाई निरन्तरता
४. जग्गाको खोजि कार्य,भबन निर्माण संग्रहालय निर्माण,साकैैैेलाथानको निर्माण
५. साँस्कृतिक चाड भुमी पूजा, उँधोैली र उँभौली पूजा निरन्तरता
६. नेवाहाड्ड भाषामा पुस्तक प्रकाशन र विशेष शैक्षिक भाषा केन्द्रहरुको स्थापना गरि भाषाको उत्थान
७. आफ्नो कला,गीत,संगीत साहित्यको प्रर्वधन
८. विदेशमा रहेका नेवाहाङ्गहरुको संगठन विस्तार गरि निरन्तर समन्वय र सम्पर्क
९. पूर्खाहारुको विशेष सम्मान
१०. नेवाहाङ्गहारुको वाल वालिका तथा युवाहरुको शैक्षिक स्थितिमा सुधार, आर्थिक आयआर्जन कार्यक्रम र भविष्यका लागि मार्ग निर्देशन ।

हालसम्म संकलन गरिएको नेवाहाङ्ग राई भित्रका पाछाहरु
१. ङोरी,२.,खाइचोङ्ग,३. ङोरु,४. इछोङमा,५. ओयोक्,६. छुकुवा,७. देक्छेङ्ग,८. पापुहाङ्गड्ड,९. फित्लुङ्ग१०. मझुवाली,११. बुङ्लावा,१२. लाङ्छोङ्,१३. साम्बेवा,१४.सेलुक्छा,१५. सिंगलेगा,१६. योङनुहाङ्ग,१७. ताबुछा,१८. निकाबुक (खोजी कार्य जारी रहेको छ) ।”