Spread the love


इटहरी
प्रधानमन्त्री खडगप्रसाद ओलीले सिंगो नेपाल कम्युष्टि पार्टी भएको बेला गरेका अनेकौं गैर कम्युनिष्ट हर्कतहरु सबै बिदेशी साम्राज्यबादीहरुको इसारामा गरिएकोले त्यस्तो कुकार्यको भण्डाझोर गर्दै जनतालाई जागरुक गराउनु अहिले एमाले पार्टीको पहिलो कर्तब्य रहेको कुरा माधब नेपालले नेतृत्व गरेको नेकपा एमालेका केन्द्रीय सचिब तथा प्रदेश नं १का इन्चार्ज भिम आचार्यले मंगलबार इटहरीमा रहेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बताएका छन ।

No description available.
No description available.


इटहरीको पश्चिम लाइन स्थित लाइन्स क्लबको सभा हलामा आयोजित इटहरी उपमहानगर स्तरीय कार्यकर्ता तथा नेकपा एमाले इटहरी उपमहागर कमिटीको घोषणा सभामा प्रमुख अतिथि तथा प्रदेश १का सांसदमा प्रभाबशाली नेता समेत रहेका भिम आचार्यले पार्टी अध्यक्ष बाट मात्र नभई कम्युनिष्टको साधारण सदस्य समेतबाट हटाउनु अघि ओलीको मैमतापन र ब्यक्तिबादी चरम गुटबन्दी जिम्बेबार रहनुको मूल कारण भारतीय र अमेरिकी साम्राज्यबादी शक्तिको खेल रहेको बताउनु भएको छ ।

No description available.

मदनभण्डारी फाउण्डेशनको नामबाट दलाली गरेर कुपात्रहरु हुर्काइ कम्युनिष्टको बदनाम गराउदै सिंगो नेकपा सिद्ययाउनु र केही समय लुटको स्वर्गमा रमाउनु ओलीको योजनाबद्ध षडयन्त्र रहेकोले त्यसको पर्दाफास गरेर उनलाई नग्यांइ सकिएको नेता आचार्यको भनाई छ ।

No description available.

एमाले इटहरी उपमहानगरको तर्फबाट कमला दुलालले संचालन गर्नु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश न १का अध्यक्ष घनेन्द्र बस्नेतले बिशिष्ट अतिथिको आसनबाट बोल्दै बिगतको पार्टी बिभाजन महाकाली सन्धी रहेको र अहिलेको एमसीसी बिबाद रहेको बताउनु भएको छ । खडग ओली,शेरबहादुर देउवा,महन्त ठाकुर र राजेन्द्र महतो सथै र.अ.का प्रमुख सामन्त गोयलले भुमिका खेलेर भारतीय र अमेरिकी ग्राइनडिजाइनमा नेकपा भंग गराएको बस्नेतको दाबी थियो । नेपाली जनताले राम्रोसंग कुरा बुझि सकेको हुंनाले ओलीको ध्वँस र जनताप्रतिको गद्यारी प्रबृती उजागर भई रहेको बस्नेतले बताउनु भएको छ ।

No description available.

इटहरीमा कम्युनिष्टका पुराना नेता ठमनाथ लम्सालको सभापतित्वमा सम्पन्न उक्त घोषणा सभामा अर्का केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौला,प्रदेश सदस्य तथा इटहरी उपमहानगर इन्चार्ज केशव बिष्ट,सुनसरी अध्यक्ष रमेश बस्नेत,प्रदेश कार्यालय सदस्य तथा इटहरी सह इन्चार्ज चिरन्जीबी भटटराई,प्रदेश सदस्य कमला खडका,बेदराज कार्की क.अमर,राजकुमार गिरी,चन्द्र भटटराई, प्रदेश सल्लाहाकार रमेश बिष्ट,जिल्ला नेताहरु लोकेश निरौला,गणेश बुढाथोकी,दीवाकर रेग्मी,शालिग्राम ढकाल,रुद्र बस्नेत,रमेश खत्री,नारायण ढुंगाना,अनिलराज धामी,बसन्त श्रेष्ठ लगायत थुप्रै नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । घोषणा सभामा प्रतिगमनको बिरुद्ध आन्दोलित हुन र जनताको पक्षमा लडनकोलागि नेकपा एमाले माधव कुमार नेपाल नेतृत्वकोलागि ३ सय बढी सदस्य रहेको उपमहानगर कमिटी रहेको घोषणा गरिएको थियो । सचिव काशीनाथ दंगाल लगायत पुरानै टिममा थप गरि अब शसक्त एमाले बनेको पार्टी उपमहानगर इन्चार्ज केशब बिष्टको भनाई रहेको छ ।