Spread the love

pb diyali
इटहरी

May be an image of Bhim Acharya, standing and indoor


पार्टी अध्यक्ष तथा प्रधानमन्त्री रहेका खडगप्रसाद ओलीको निरंकुशताबादी प्रबृतीबाट दिक्दार भएका नेकपा एमाले सम्बद्ध प्रदेश न १का नेता कार्यकर्ताहरुले आइतबार इटहरीको लाइन्स क्लबमा ८औं पूर्णकालीन बैठक सम्पन्न गरेका छन ।

No description available.
May be an image of 4 people, people standing and indoor


नेकपा एमाले इटहरी इन्चार्ज,प्रदेश कमिटी सदस्य तथा खेलकुद बिभाग प्रदेश इन्चार्ज केशबकुमार बिष्टका अनुसार पार्टीभित्र अध्यक्ष ओलीको मनोपोली बिरुद्ध अभियान जगाउन केकस्ता कार्यक्रम गर्नु पर्ने र अहिले सम्म १४ वटै ,जिल्लामा केके गतिबिधी भएका छन र पार्टी अबस्था कस्तो छ ? भन्नेबारे जिल्लागत ढंगबाट सम्बन्धित जिल्ला अध्यक्षहरुले रिपोर्टिङ गर्नु भएको थियो ।

No description available.

अधिकांश जिल्ला अध्यक्षहरुले ओलीको हैकमबादी प्रबृतीलाई जिल्ला तहका तमाम कार्यकर्ताहरुले तिरस्कार गरेको र आम जनताले ओलीको सत्ताउन्माद र गैर कम्युनिष्ट गतिबिधीलाई मन भित्रै देखि बहिष्कार गरेर बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालकोको बिधिपद्धती साथै देशब्यपि भई रहेको ओली गुटको बिरुद्ध गठित समान्तर कमिटी प्रति आकर्षण जागेको अनुभुति पोखेका थिए ।

May be an image of 6 people and people standing

ओलीले स्थानीय जनतप्रतिनिधीहरुलाई धम्क्याएर डर देखाएर पद खाइ दिने,निकाल्ने,कार्बाही गर्ने जस्ता गुण्डागर्दीपूर्ण धमास दिइ रहेको भएपनि सचेत कार्यकर्ताहरुले राम्रोसंग बुझि सहि र गलत छुटयाइ रहेको भन्ने तथ्यहरु पेश गरेका थिए ।

No description available.

बिराटनगर महानगरकाका इन्चार्ज पारुल क्षेत्रीले केपी ओलीका गुण्डालाई तहलगाउने क्षमता आफुसं रहेको भन्दै बिराटनगरमा नेकपा एमाले बिधि पद्धति प्रति बफादार अनि ब्यक्तिबादी हैकमबाद बिरुद्ध कठोर भएको अबस्था दर्शाएका थिए । इलामबाट पार्टी अध्यक्ष भक्त क्षत्री, पाँचथरबाट कमल जबेगु,झापाबाट बेदराज रेग्मी,मोरंगबाट चन्द्रबीर राई,धनकुटाबाट अर्जुन राई लगायत १४ जिल्लाका अध्यक्षहरुले सांठानिक अबस्था,कार्यक्रममा जनपरिचालन,ओली गुटका लोभिपापीहरुको हर्कतका बिभिन्न षडयन्त्रहरुको पर्दाफास गरि एमालेको मूलप्रबाह माधव नेपाल र झलनाथ खनालसंग रहेको दृष्टान्तहरु प्ेश गरेका थिए ।

May be an image of 3 people, people sitting, people standing and indoor

इलामका भक्त केसीले भर्खरै पत्रकार महासंघको निर्बाचन परिणामले प्रतिगामी ओली खलकको ओठतालु सुकेको भन्दै सहकारी संस्थाहरु लगायतमा जताततैको नतिजाहरु एमाले पार्टीको सही लाइन अन्र्तगत रहेको भन्दै ओली सत्ताको उन्माद बिरुद्ध बुद्धीजीबीहरु एक भएको दाबी गरेका छन

May be an image of 4 people, people standing, people sitting and indoor

। प्रदेश इन्चार्ज तथा केन्द्रिय नेता भिम आचार्यको सभापतित्व र केन्द्रिय तहका अर्का नेता तथा प्रदेश अध्यक्ष घनेन्द्र बस्नेतको संचालनमा सम्पन्न पूर्णकालीन बैठकमा नेताहरु यज्ञ सुनपार,धर्म निरौला,नरेश खरेल, जयन्ती राई,भवानी खापुङ,बलदेव चौधरी लगायत २३ जना नेताहरु आकर्षक ढंगले उपस्थित भएका थिए । ओली गुटलाई निर्मुल गर्न सबै तहतप्काबाट सशक्त र प्रभावकारी आन्दोलनको अभियान संचालन सम्बन्धमा निर्णयहरु भएको समचारस्रोतले बताएको छ । भोली नै दलित संगठन सम्बद्ध मुक्ति संगठनको प्रदेश स्तरीय भेलाकोलागि धरानको लाँघाली सामुदायिक बनमा बिशाल कायक्रम रहेको छ । केन्द्रिय अध्यक्ष गणेश बिश्वकर्मा आजै सुनसरी आउनु भएको बताइएको छ ।