आइलभ् यु बा भन्नेहरुका नाममा
सरोजदिलु विश्वकर्मा

साथीहरु प्रधानमन्त्री ओलीलाई निडर, साहसी, युगपुरुष भनेर कहिले पृथ्वीनारायण शाहसंग तुलना गर्दछन् त कहिले स्वप्नद्ध्रष्टा भनेर नयाँयुगको मदन भण्डारी भनिरहेका छन् । साथीहरुले खासमा देखेको उनी राष्ट्रवादी रे । यसर्थ मित्रहरु द्धन्दवाद र भौतिकवादलाई बिर्सेर एउटा ब्यक्तिको अन्धभक्त भइ निधारमा ब्यक्तिको फोटो टासेर हिड्दै छन्, आइलभ यु बा भन्दै आएका छन् । मित्रहरु, म, हामी पनि चटके जोक सुनेर रमाएको होइन, विकल्पका नेता भनेर बाको पछि लागेकै हौं । उनी नयाँपुस्ताका साथी हुन् भनेर एकपल्ट ओलीलाई नेतृत्व दिनुपर्छ भनेर मरिमेटेकै थियौं । तर शक्ति र सत्ता हातमा आएपछि उनी जोक सुनाउदै युवालाई थचारिने गरि उचाल्न मात्र खप्पिस् भए । उनी हाम्रा अगाडि राष्ट्रवादी भित्रभित्रै मित्रराष्ट्र परस्त छन् र नहुने सपना बाढ्ने, ब्यवहारमा देश र जनताको सपनामाथि खेलवाड् गर्ने माहिर खेलाडी । सामदाम दण्डभेदको चाणक्य नीति उनको मुलअस्त्र र मनुवाद मुख्य शास्त्र रहेको छ । सत्ता र शक्ति प्राप्त गर्न नीति विधि, नैतिकता, पार्टी, लोकतन्त्र वा मित्र सवैलाई तिलाञ्जली दिन परे पनि उनी तयार हुन्छन् । उनी शत्रुलाई हात लिएर मर्दापर्दा साथदिने सहगोत्रीलाई बली दिन रति हिचकिचाउदैनन् । कामभन्दा गुणगानमा आनन्द लिन्छन्, प्रचारप्रसार रमाउछन्, योग्य र आवश्यक मानिसलाई घाँटी निमोठोर मिथ्या प्रचारप्रचार गर्ने अपराधीलाई पनि पुरस्कृत गर्दछन् । उनी शासन चलाउन सिंहदरवार आउदैनन्, वालुवाटारमा वरीपरि भजनमण्डली राखेर सत्तामा सुरक्षित रहिरहने गोटी चालिरहेका हुन्छन् । पार्टी चलाउन पार्टी कार्यालय जान असुरक्षित ठान्छन् तर विरोधीलाई गाली गर्न र भक्तहरुलाई हसाउन राज्यश्रोतको दुरुपयोग गरी देश दौहाडामा हिड्न आफूलाई मजवुत ठान्दछन् । जुन विगत दुईवर्षदेखि स्पष्ट देखिदैआएको छ । समाजको चरित्र चित्रण र समविकास उनको मुल विषय होइन, वरु समाजलाई भाँडेर कमजोर बनाई त्यसमा शासन गर्नु उनको मुल ध्येय हो । पटकपटक संघीयता, धर्मनिरपेक्षता र जातीय समावेशिताको उनको विरोधले यसलाई पुष्ट्याईं गर्दछ ।
साथीहरु, ‘बा’का सपनाका कुरा गरौं । बाले घरघरमा ग्यास पाइपको सपना देखाए, पानीजहाज र पुर्वपश्चिम मोनोरेलको सपना बाँढे । भ्रष्टाचार र वेरोजगार मुक्त राष्ट्रको सपना देखे । अव हामी हेरौं ककस्को घरमा विनासिलिण्डर चूल्हो बल्छ ? कति घरमा आज कति छाक दाउरा पनि बल्दैन । नारायणी र सप्तकोशी नदीमा २।४ डुंगा चल्दैमा पानीजहाज यही हो भन्नु केटाकेटीलाई प्लाटिकमा खेलौना दिएर फुल्याउने गफ होइन र ? मोनारेलको सपना देख्नेलाई जनकपुरमा थक्न्याएर राखेको ४ डिब्बे रेल अहिलेसम्म चलाउन कसले रोक्यो त ? विश्ववैंकको तथ्यांक हो, वेरोजगारी करिव ११ प्रतिशतले बढेको छ । योजना आयोगले भरखरै राष्ट्रिय आय घटेको र आर्थिक वृद्धिदर माइनस्मा जाने चेतावनी दिएको छ । भ्रष्टाचारको कुरा गर्ने हो भने सार्वजनिक लेखासमितीले भरखरै कोरोना महामारीमा १अर्व ८०करोड भ्रष्टाचार भएको देखाएको छ । योभन्दा अगाडी ट्रान्सपेरेन्सी इन्टरनेशनलले एशियामा नेपाल पहिलो राजनीतिक भ्रष्टाचार हुने देश भनेर घोषणा गरिसकेको छ । मन्त्री पुर्वमन्त्रीहरुका करोडकरोडको फायल टेपहरु सुनिएका छन् । अरवौंको विद्यूत महसुल नतिर्नेले ओली समुहको पार्टीसंग सम्झौता गरेका छन् । यो सरकारले आज कुन चै काम इतिहासमै नभएको वा अरु प्रमले गर्ननसकेको गरेको छ ? गौरवको आयोजनाहरु हेरौं— कुन हालतमा छन् ?? चुच्चेनक्साका विषयमा माथि नै भनिसकियो, त्यो इच्छा होइन प्रमको वाध्यता थियो । धरहरा ? छ वर्ष लाग्यो । मेलम्ची ? प्रधानमन्त्रीले अवरोध नगरेको भए, उहिले आइसक्थ्यो । आएको महिनादिन नपुग्दै तीनसय ठाउंमा पानी लिक् भइसक्यो । अनि कस्तो काम सम्पन्न भएछ त ? सडक तथा असपतालहरुको डिजिटल उद्घाटन ? सम्पन्न हुने के ग्यारेन्टी छ ? योभन्दा अगाडि भएका कतिवटा उद्घाटनहरु सम्पन्न भए ?? सडक कालोपत्रे ? यस्ता सामान्य काम त रत्नपार्कको मुकुन्दे प्रधानमन्त्री हुने हो भने पनि गर्दथ्यो । महंगी नियन्त्रण ? आज तपाई—हामीले खानेपानीमा चर्को मुल्य उठाइएको छ, पेट्रोलमा ३० प्रतिशतसम्म मुल्यवृद्धि भइसक्यो । तपाईं—हामीले चलाउने मोवाइलमा क्षणको क्षण पैसा हराउँछ । तिनीहरुबाट नियोजितरुपमा कति भ्रष्टाचार भइरहेको छ ? त्यसकै कमिशनले ओली गुट चलेको छ, देशब्यापी कार्यक्रमहरुमा मजादार खानपान र भत्ता र प्लेनभाडासम्म बेहोरिएको छ । महंगी ६५ प्रतिशतले बढेको छ, तरकारी र खानेतेलको भाऊ हेरौं सत्प्रतिशत बढेको छ । जनताले कर तिरेकातिर्यै छन् । त्यसका वदलामा जनता कहाँ सुरक्षित छन् ? तपाई हाम्रो जीवनयापनको आधारभूत डेलिभरी यही हो ?
बाकाभन्दा हाम्रा सपना महान छन् । सवै शिक्षण संस्थालाई सरकारीकरण गरौं, क्वालिटी शिक्षा दिऔं, अस्पतालहरुमा सर्वसाधारणले निशुल्क उपचार पाउन् । योगा, आयुर्वेद अस्पतालहरु निर्माण गरौं र रोगमुक्त नेपाल निर्माण गरौं । अधिक जमिनलाई राष्ट्रियकरण गरेर ठूलठूला प्लट् बनाएर युवालाई कृषी उद्यम्मा लगाऔं । खाद्यान्नमा आत्मनिर्भर बनौं । मेकानिकल इन्जिनियरिंगको विस्तार गरौं, उद्योग र कृषीमा चाहिने मेशिन औजारहरु आफैं उत्पादन गरौं, प्रत्येक युवालाई सीप र प्रवृधिमा दक्ष बनाउने कार्यक्रम ल्याऔं र तिनीहरुको सीप पुर्वीएशिया, युरोप, अमेरिकामा विक्री गरेर हामी रेमिटेन्स् खाऔं । वेरोजगारलाई रोजगार नहुन्जेलसम्मका लागि जिविकोपार्जनका लागि वेरोजगारी भत्ता दिऔं । प्रत्येक किसानलाई आआफ्ना महत्वपूर्ण चाडपर्व मनाउने बोनस दिऊँ । प्रत्येक उद्योग, कम्पनी, संघसंस्थामा १०।२० जनासम्म स्वयंसेवक परिचालन गरौं, त्यहाँ केही सिक्नेजान्ने अवसर दिऊँ । भ्रष्टाचार र वेरुजुलाई अन्त्य गरौं र त्यो वचतले युवालाई रोजगार दिऊँ । सरकारी सेवालाई चुस्तदुरुस्त बनाऔं, कोहीकसैले आफ्ना कामका लागि दुःख पाउनु नपरोस्, कागज मिलेन भनेर फर्किनु नपरोस्, सेवादेही कर्मचारीको हप्कीदप्की खानुनपरोस् । यस्ता काममा युवाले सहजीकरण गर्ने वातावरण निर्माण भएको होस् । प्रत्येक नागरिकले दुईछाक भरपेट खान पाउन् । शरीर तन्दुरुस्त भएपछि समाज, देशका लागि गर्ने र सरकारलाई सहयोग गर्ने वातावरण होस् । कर तिरेवापत जनताले सहज जीवनयापन गर्नसकुन् । जीउनका लागि कोहीकसैले अपराध गर्न बाध्य हुनुनपरोस् । हामीले देखेका यी सपनाहरु सामान्य भए पनि समृद्धिका लागि यथार्थपरक र केपीओलीभन्दा उच्च किसिमका सपना हुन् । अनि बा मात्रै स्वप्नद्रष्टा हुन् र ??
अव राष्ट्रवादको कुरा गरौं । प्रधानमन्त्री ओलीले नाकावन्दीविरुद्ध अडान लिएकै हो तर नाकावन्दी हटाएको होइन । भारतभित्रै विपक्षी दलको चर्को विरोध तथा अन्तर्राष्ट्रिय जगतमा पनि मोदी सरकारको विरोध हुने र त्यसले मोदीको अन्तर्राष्ट्रिय भ्रमणहरुमा नकारात्मक प्रभाव पर्ने देखिएपछि मोदी नै पछि हटेका हन् । पछि हटेपछि उनले केपीको वारेमा गहिरो अध्ययन गरे र हिजो पनि ओलीलाई भारतले मदन भण्डारी फाउण्डेनमार्फत प्रयोग गरेको र अव रिसाएर भन्दा खुसाएरै सरकारमार्फत प्रयोग गर्नसकिने देखेपछि ओलीप्रति सम्मान प्रकट गर्दै मोदी २।३ पटक नेपाल आएका हुन् । त्यसविचमा लिपुलेक लिम्पीयाधुराका विषयमा युवासंघले सडकमा प्रदर्शन गर्यो । नेपाली कांग्रेसले सीमा मुद्दामा सरकार किन कानमा तेल हालेर बस्दैछ भनेर आरोप लगाउदासमेत बा चुँुसम्म बोलेनन् । तर पछि आफ्नै पार्टीको दवाव र मधेसी दलहरु समेत तयार भएपछि र उच्चस्तरीय सीमा विवाद समाधान कार्यदललाई मोदीले वेवास्ता गरिएपछि प्रधानमन्त्री चुच्चोनक्सा पारित गराउन विवश भएका हुन्, भित्री हृदयमा ओतप्रोत भएको राष्ट्रवादले चै होइन । तर त्यसको केही समयपछि मोदीसंग टेलिफोन वार्ता भएपछि नयाँ नक्सा वितरण र छपाई पनि रोकियो । अझ वालुवाटारमा गोयल सिधै प्रवेश गरेपछि अनेकन सम्झौता भए । हिन्दूराष्ट्र र एम्सीसी पासका लागि भारत ऊ अनुकलको संसद चाहन्थ्यो । परिणामतः सोहीमुताविक संसद विगठन भयो । र, एउटा उचाई लिदै गरेको हिन्दूवादीहरुको आन्दोलन मत्थर भयो । रोकिइसकेको एमसीसी अहिले आएर फेरी संसदको विषय बन्नुपर्ने अडान सरकारबाटै आएको छ । यसले पनि प्रधानमन्त्री कस्तो नियतको राष्ट्रवादी भन्ने बुझिदैन र ? नत्र पाँचवर्षमा ५५ अर्व पाउने लोभमा नेपालले एम्सीसीसंग झुक्नुपर्ने कुरा के छ ??
फेरी पार्टीकै कुरा गरौं । नीति, विधि, पद्धतीअनुसार नै पार्टी चल्छ । र, सरकार पार्टीको घोषणापत्र अनुसार चल्नुपर्ने हुन्छ । ओली कमरेडले पनि कुनैदिन झलनाथ खनालले विधिपद्धती र घोषणाअनुसार पार्टी नचलाएको भनेर लिखित आरोप लगाएका थिए । तर आफ्नो पालामा प्रधानमन्त्रीले माओवादीसंग एकलरुपमा सम्झौता गरे, हामी सवैलाई नेकपा बनाए, माओवादीका नेतालाई नेता मान्न उनले नै अह्राए, सिकाए । सिंगो पार्टीले साथ दियो । ६०ः४०को अवस्थामा पार्टीको नेतृत्व मिलाउने तथा आलोपालो प्रधानमन्त्री हुने र पार्टीको नेतृत्व गर्ने लिखित सम्झौता भयो । त्यो पनि पार्टी कमिटीले मान्यो । आफू मखमल्का राता कुर्सीमा बस्नथाल्नु भयो । विमारीको सुरक्षाका कारण भनि त्यो पनि मानियो । पछि मै सर्वकालिन अध्यक्ष, मै प्रधानमन्त्री भन्नथाल्नु भयो । प्रचण्डले त्यो पनि मानिदिएकै हुन् । तर त्यसवीचमा आआफ्ना मानिसहरु नियुक्ती गर्ने, फरक विचार समुहलाई आफ्ना विरोधी र पार्टी कार्यकर्तै नदेख्ने नन्ठान्ने, उल्टै आफ्ना सहकर्मी नेताहरुलाई भारतीय दलालहरु भन्ने भनाउने अनि कोरोना महामारीमा ढिलासुस्ती र भ्रष्टाचार गर्ने तथा पार्टी फुटाउन विध्येयक ल्याउने त केपी ओली नै हुन् । पार्टी सिंगो अवस्थामा चलिरहँदा यी हर्कत्हरु उनले किन गरे ? हामी मनन गरौं । पार्टी र आफ्ना आलोचकहरुलाई सिध्याएर पार्टी घोषणापत्र विपरित सत्तामा एकलौटी टाँसिइरहन होइन र ? नेकपा हुँदा चै माओवादी नेताहरुसंग शीर झुकाउदा फरक नपर्ने अहिले एउटा विशेष परिस्थितीमा अदालतले पार्टीलाई अलग्याउनसाथ त्यही माओवादीहरु छोइन्छन् भन्नु कतिको जायज होला, प्रिय कमरेड हो ? कि केपी ओलीले चाहँदा माओवादीहरु परम्मित्र हुने र नचाहँदा चै कूजात मानिहाल्नु पर्ने हुन्छ र ??
यतिमात्र होइन, गत भाद्र २६ गते प्रधानमन्त्री स्वयंम्ले आत्मआलोचना गर्दै अवदेखि पार्टीको नीति निर्देशनअनुसार सरकार चलाउछु, पाँचवर्ष मलाई नै प्रधानमन्त्री बनाउनु र कार्यकारी अध्यक्ष हस्तान्तरण गर्छु भनेर सहमति गरेका हुन् । तर त्यसको मसी सुक्न नपाउदै पार्टीलाई थाहै नदिइ राजदूतलगायत मन्त्रीहरु नियुक्त गर्दै यो त प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो भने । पार्टीप्रति जिम्मेवार नेताहरुले सरकार छोड्छन्् तर पार्टीलाई जिवित राख्छन् । हिजो माधव नेपालले पनि सोही गरेका हुन्, झलनाथ खनालले पनि त्यसै गरेका हुन् । सीपि मैनालीजस्ता हस्ती नेताले मन्त्री छोडेर पार्टीमै संघर्ष गरेका थिए । तर ओली आफू प्रतिकुल हुने अवस्थामा आफ्नै ओछ्याउनमा बसेको मिटिंगमा उपस्थित भएनन्, हेलिकोप्टर चढेर तेह्रथुम पुगनसक्ने प्रधानमन्त्री कार्यकर्तादेखि असुरक्षा ठानेर पार्टी कार्यलय आएनन् । यो आम कार्यकर्तामाथिको अविश्वास हो कि होइन साथी हो ?
कम्युनिष्ट भएर सोचौं, कुनै ब्यक्तिको भक्त भएर होइन । संसद विगठन गर्न पनि पार्टीमा छलफल हुन्छ, छलफल नभए सूचना हुन्छ, त्यसले गल्ति सच्याउने र पार्टीप्रति जिम्मेवार हुने मौका मिल्छ । हामीले त कम्तिमा पाचवर्ष सरकार चलाउछौं, मुलुकलाई समृद्ध बनाउछौं, जनतालाई सुखि र सम्मुनत् बनाउछौं भनेर जनताको अगाडि बाचा गरेका थियौं, लिखित घोषणा गरेका हौं । अनि यो वाचा पुरा नगरी सुटुक्क संसद विगठन गर्नु दुइतिहाईको कम्युनिष्ट सरकार बनाउने कार्यकर्ता अनि विश्वास दिने जनतामाथि वेइमानी हुदैन र मित्रहरु ?
कमरेडहरु, नेपाल कम्युनिष्ट पार्टीलाई प्रधानमन्त्रीले विगठन गराएका होइनन्, अदालतले हो । त्यसो हो भने नेकपा बनाउने अध्यक्षले समेत अदालतमाथि प्रश्न उठाउनु पर्ने हो । आफुले जन्माएको सन्तानलाई पण्डितले बाऊको अनुहार मिलेन, तेरो छोरो होइन भनिदिदा प्रधानमन्त्रीले ठूलै जीत सम्झेर रमाउनु कति जाजय हो ? अदालतले त्यसो भनिदिंदा माधव नेपालहरु नेकपामा फर्किए, केपी ओली फर्किएनन् । वरु माओवादी भित्रका केही खाओवादीहरुलाई काख च्यापेर उनले नै अर्धनेकपा बनाइरहेका छन् । एमालेलाई माया गर्नेहरुले हृदयबाट भनौं— हामी सवै नेकपा बन्नुभन्दा अघिल्लो दिन अर्थात २०७५ जेष्ठ २ गतेमा फर्किएका हौं कि होइनौं ? सवै आफ्नै घरमा फर्कियौं, हिजो जेजे भए, बिर्सौं र अव आफ्नै पार्टीलाई बलियो बनाऔं भनेर पहिले अभिभावक तयार हुनुपर्ने थियो । तर हतारहतार विधानविपरित २३ जना कुन आधारमा थप्नुभयो ? महाधिवेशनले चुनेका पदाधिकारीहरु किन हटाइए ? हटाउँदा, थप्दा पनि विधानअनुसार गरिन्छ । बालाई आइलभ यु भन्ने मित्रहरुले विधानअनुसार भएको कति देख्नुभयो ? कि त बाले जेजसो गरे जायज, अरुले गरे नाजायज हुने भन्ने तपाईहरुको तर्क हो ??
एमालेभित्रै हामी योग्य र इमान्दार, यो देश हाक्नसक्ने अब्बल नेताहरु छौं, जोशजाँगर भएका युवाहरु छन् । पार्टी हाक्नसक्ने, सरकार चलाउन सक्ने ज्ञान भएका वौद्धिक नेताहरु पार्टीले उत्पादन गरिसकेको छ । बाकै समुहमा मैले कैयौं यस्ता सम्भावना भएका युवा नेता देखेको छु । आज तिनीहरु केपी ओलीको जाजय नाजायज कामको प्रचारप्रसार गरिदिने साक्षी मात्र भएका छन् । हिजो आफैले दुत्कारेका, अपराधी घोषणा गरेकाहरुले यी युवाले पाउने भाग हडपेर रमाइरहेका छन् । तपाईं हामीले एउटा ब्यक्तिको स्वार्थका लागि तिनलाई ज्वाईंराजा जसरी पोष्नुपरेको छ । हामी मदन भण्डारीले जग बसालेको घरमा छौं तर एउटा ब्यक्तिको बचावका लागि वैरीलाई काखि च्यापेर घरका ईंटाढूंगा निकाल्दै आफ्नैहरुलाई लखेटिरहेका छौं । अतः हामी द्धन्दवादी भौतिकवादमा विस्वास गर्छौ भने मदन भण्डारीको विचारसहितको कम्युनिष्ट भएर सोचौं । एउटा ब्यक्तिको बचाऊ वा भक्तिका लागि आइलभ यु बा भनेर निधारमा कलंकको फोटो नटासौं कामरेड्हरु ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



