लोहार बन्धुले नेता छाने
दमक
लोहार बन्धुहरुको शनिबार मोरंगको भाउन्नेमा सम्पन्न बिशाल भेलाले लोहार बन्धु सेवा समाज नामक संस्थाको १९ सदस्यीय कार्यसमिति गठन गरेको छ

। भद्रपुरबाट गोपी लोहारले फोन गरेर दिनु भएको जानकारी अनुसार खोटांङ जिल्लामा बिध्यार्थीकाल देखिनै बामपन्थी आन्दोलनमा सक्रिय रहेर दलित बिषेश सवालमा सामाजिक राजनीतिक रुपले सक्रिय रहि हाल झापाको दमक निबासी नेकपा दमक नगर कमिटीमा ससक्त रुपले स्थापित भएर प्रतिगमन बिरुद्धको आन्दोलन चर्काउदै गर्नु भएका ललित बिश्वकर्मा लोहरलाई अध्यक्षको रुपमा चैन गरेका छन ।

भाउन्नेमा अन्य समुदायका बन्धुहरुले जंगल क्षेत्रको जग्गा कब्जा गरि घेराबेरा साथै कार्यालय भवन समेत बनाई रहेको बेला त्यहाँका समाजसेवी बमबहादुर लोहारले पनि बन्धुहरुको हितको लागि जग्गा ब्यबस्थापनको लागि स्थानीय निकायसंग जोडबल गरि रहनु भएकोले उहाँकै सभापतित्वमा प्रदेश स्तरको लोहार दाजुभाईहरुको भेला गरि नेतृत्व चइन गर्दै समाजमा आफना हकअधिकारबारे डटेर लागि पर्ने तयारी गरेका छन ।

भेलामा सुनसरी धरानमा लोहारबन्धु समाज खोलेर स्थापित जुद्ध लोहारको पनि उत्साहका साथ उपस्थिति रहेको बताइएको छ । बिभिन्न ठाउंमा संस्थागत रुपले बन्धु हकहितबारे काम गर्न संगठित भएका लोहार बिश्वकर्माहरु एउटै छाता मुनी रहेर बृहत संगठन बनाउने तर्फ लागि पर्ने नबनिर्बाचित अध्यक्ष ललित लोहारले बताउनु भयो ।

लोहारका अनुसार केन्द्रीय समिति अध्यक्ष तिलक लोहारको प्रमुख आतिथ्यता र पदम लोहारको बिशेष आतिथ्यतामा सम्पन्न भेलाको उदघाटन सत्रपछिको बन्दसत्रले ब्यापक छदफल गरि प्रदेश न १को समिति बनाएका हुन ।

समितिमा उपाध्यक्ष शुक्र लोहार सचिब गोपी लोहार ,सहसचिव पहलमान लोहार,कोषाध्यक्ष भगवती लोहार सहकोषाध्यक्ष महेश लोहार रहनु भएको छ भने सदस्यहरुमा शेरबहादुर लोहार,धनेन्द्र लोहार,कुमार लोहार,कबिराज लोहार,खासिमा लोहार,सिंहबहादुर लोहार,लालाबहादुर लोहार,लिलाकान्त लोहार,अमरबहादुर लोहार,शान्तरामा लोहार,टीका लोहार शेरबहादुर लोहार र मेरिना लोहार रहेका छन ।

अब चाँडै बस्ने पदाधिकारी बैठकले लोहार बिश्वकर्माको इतिहास अध्ययान र बंशवली प्रकाशन साथै कार्यालय भवन निर्माणमा आबाश्यक पहल गर्ने गरि केही बिशेष निर्णय गरिइने कुरा लोहार बन्धुको भेलामा उपस्थित दिपक लोहारले बताउनु भयो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


