तल्लो जात भन्दै कुटेपछि दलित यूवा मारिए
इटहरी
सुनसरीको रामधुनी नगरपालिका वडा नं ४ रामपुरा भन्ने ठाउंमा माथिल्लो जातकी केटी फकाउने तं कामी भन्दै कथित ठूलाजातिहरुले कुटपिट गर्दै बेइजजतीपूर्ण ढंगले धाक धम्की दिएकै दिन १७ बर्षिय अर्जुन बिश्वकर्मा धमलाको लास झुण्डिएको अबस्थामा भेटिएको छ ।

छिमेकी दुर्गाबहादुर भुजेल र अम्बिका भुजेलकी छोरी दिपिका भुजेलसंग मायाप्रिती बसेपछि बिहे गरेर दुई दिन अन्तै भागेका अर्जुन धमलालाई भुजेल परिवारले प्रहरी लगाएर पक्राउ गरि यही १० गते माघ थुनेको थियो । केटा र केटी पक्षका दुबै अभिभावकको रोहबरमा आआफना घर जाने भन्ने कागज गरि छुटेकै दिन साँझ अर्जुन आफनो घरबाट दिपिकालाई एकझल्को हेर्छु भन्दै निश्किएका थिए । बाबु पुरण बिक धमला बिदेश रहेकाले आमा कुमारी बिक धमलासंग बसेका अर्जुनलाई आमाले हुंदैन बाबु नजा भन्दाभन्दै छिमेकमै एक दुई घर पर्तिर रहेको दिपिकाको घरतिर गए पछि भुजेल परिवार र उनका छिमेकी कथित माथिल्लो जातका भनिनेहरुले निर्मम ढंगले अर्जुनलाई पिटदै तथानाम गालि बेइजती गरेका थिए । तँ कामीलाई अब सिद्ययाउंछौं भन्दै पिटनेहरुको पंजबाट फुत्किएर घर आएपछि केहीबेरमै उनको लास कोठा भित्र झुण्डिएको अबस्थामा पाइएको उनकी दिदी लक्ष्मी धमलाले बताएकी छन । लछारपछार पार्दै पिटनेहरुले पुलिस बोलाएर जेल हाल्ने , बलत्कारको केश लागाईदिने भन्दै चर्कोचर्को स्वरमा गाली गर्दा अर्जुनकी आमाले सुनेपनि डरले केही गर्न सकेकी थिइनन । छोरो खच्यांदै घर आयो म ढुक्क भाथे । तर भित्र पसेर यस्तो गरेछ । उनकी आमाले भनेकी उल्लेख गर्दै लक्ष्मीले बताए अनुसार पोष्टमार्टम रिपोर्टमा आफै झुण्डिएर प्राण गएको भन्ने छ । दलित अधिकारकर्मी डिबी साशंकरले यो घटना सुनियोजित हुन सक्ने भन्दै सत्य तथ्य खोजेर जातीय भेदभाव अनि ज्यानमारा सवालमा पिडकहरुलाई कार्बाही हुनु पर्ने भन्दै घटना स्थलतर्फ लागेको बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



