ओली कदम बिरुद्ध जनता जागौं
pb diyali
पार्टीमा बिबाद भएपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री खडगप्रसाद ओलीले संसद बिघटन गरे । पुस ५ गतेका दिन प्रधानमन्त्री ओलीले संसद बिघटन गरेपछि ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाइएको छ । उता ओलीले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष पदबाट हटाई बिधिबिधान बिपरित १हजारबढीको नयाँ केन्द्रिय सदस्य थपेर आफु नै नेकपाको अध्यक्ष रहेको भन्दै निर्बाचन आयोग समेतलाई सेटिंगमा मिलाएर आफुले प्रचण्ड माधबहरुलाई कार्बाही गरेको भन्दै छन। संसद बिघटन गरेर संबिधामन बिपरित ओलीले चुनाब घोषणा गरेकोमा सर्बोच्च अदालतमा योबारे मुद्धा चलि रहेको छ । ओलीका समर्थक केही मान्छे जो राज्य सत्ताको बिभिन्न निकायमा घुसेर सेवासुबिधा पडकाई रहेका छन उनीहरु बाहेक सारा नेपाली जनताले ओलीको कदमलाई निको मानेका छैनन । प्रचण्ड माधव नेपाल पक्षिय नेकपा, जनता समाजवादी पार्टी लगायतले बिरोधका कार्यक्रम संचालन गर्दै छन । प्रतिपक्षि भनिएको नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले ओली कदमको सपोर्ट गरेका छन । तथापी उनका प्रतिष्प्रधी कांग्रेसहरु ओली कदम बिरुद्ध छन। रामचन्द्र पौडेल लगायत पार्टीमा कोइराला खेमाका कांग्रेसहरु सडकमै आएर प्रधानमन्त्री ओली र राष्ट्रपति बिध्या भण्डारीको गतिबिधिले मुलुकमा लोकतन्त्र खतरामा परेको भन्दै छन । तर देउवा खेमाका काँग्रेसहरु बाहिरबाहिर बिरोध गरे जस्तो गरे पनि ओलीसंग मिलेर अलोकतान्त्रिक कदमको होस्टेमाहैंसे गरि रहेका छन । ओलीले राज्य सत्ताको दुरुपयोग गरि आफनो पार्टीको अनुशासनलाई तोडेर आफु नै सर्बेसर्भा भएको डिंग हाक्दै छन । सरकारी साधनस्रोतमा रमाउंदै आफनो निजी इच्छा अनुसार जहाँपायो त्यहाँ हेलिकप्टर चढेर जाँदै आफना समर्थकहरु भेला पारेर दाहाल नेपाल पक्षको उछितो काटदै छन । ओलीले बोल्ने क्रममा बिरोधी दाहाल नेपालहरुलाई स्रदान्जली दिने भनेर अत्यान्त घटिया दुर्बबचन प्रयोग गर्दै छन । सोझा सिधा जनतासंग समक्ष उनले राख्ने गरेका अधिकांस कुराहरु तथ्य बिहिन छन । तथ्यांक च्युत भएर नभएका कुराहरु गरेर जनतालाई ठग्दै छन । झुठ बोलेर अदालत र निर्बाचन आयोगलाई प्रभाबमा पर्न खोज्ने ओलीले निम्छरो पूर्ण वाक्य बोलेर मति बिग्रिएको जस्तो पागलपन देखाई रहेका छन ।सत्ता उन्मादले मातिएका ओली र उनका हनुमानहरुले गर्नु सम्म लुट गरि रहेका छन । माओबादी जनयुद्धलाई कुहिएको फर्सि भन्दै गिज्याएर बोल्ने ओलीको बोली सुन्न एक समय प्रचण्ड पछि खुंखार माओबादी क्रान्तिकारी भई टोपलेका गृहेमन्त्री बादल लगायत अन्य आधि दर्जन अबसरबादीहरु लाम लागेर खडा भएका छन। पद दिन्छु भनेपछि स्थानीय तहका केही गद्धार कमरेडहरु पनि ओली पुराण सुन्न लम्कने र आनासुकी भेटे खाने दाउमा मुख बाइ रहेका छन । राज्य सत्ताको आडमा ओलीले जे जे गर्दै छन ती सब जनता झुक्याउने खेल हो । आफनो पार्टीको निर्णय नमकानेर बेइमानी ढंगले चल्ने ओलीले संबिधानको हत्या गरि राणा शासन उल्टाउन खोज्दै छन । सर्बोच्च अदालमा प्रधानन्यायधीस भएर रिटायर्ड भई सकेका मिनबहादुर रायमाझी,अनुपराज शर्मा,शुशिला कार्की,कल्याण श्रेष्ठ लगायत ४ जनाले ओलीको कदम बेठिक भएकोले बिघटन भएको प्रतिनिधी सभा पुनस्थापना हुनु पर्नेकुरामा जोड दिएका छन। बुद्धिजीबी,लेखक,पत्रकार,नागरिक समाजका अगुवा,राजनीतिज्ञहरु सबैक्षेत्रबाट प्रधानमन्त्रीको आलोचना भई रहंदा पनि ओलीले सच्चिने काम गरेका छैनन। जनताको तिरोबाट जम्मा भएको राज्यको ढुकुटी सकेर जथाभाबी बोल्दै हिंडने ओलीको ज्यादती बिरुद्ध सबै जनता जुटेर आन्दोलनको आँधिब्यहोरी सृजना गरौं ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


