Spread the love

yasoda pariyar

जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. ५ कलङकी मोड नजिकै को. १ ख ६८९ण् नं. को मिनी ट्रकलाई विशेष सुचनाको आधारमा इ.प्र.का. इटहरीबाट खटिएको टोलीले चेकजाचँका क्रममा उक्त गाडीभित्र भारतबाट चारी पैठारी गरेर भन्सनर छली ल्याइएको धुलो सुर्ती र सैनिक लेखिएको १८ सय प्याकेट तयारी खैनी सो को बजार मुल्य रु ५ लाख १६ हजार बराबरको खैनी फेला पारि उक्त खैनी ओसार पोसार गर्ने गाडी चालक मोरड. जिल्ला सुन्दर हरैचा ९ मा बस्ने २३ वर्षिय सेयद आलम सोही गाडीमा सवार सामान लिई आएका सवार गर्ने सुनसरी जिल्ला कोशी गाउँपालिका ५ बस्ने ३३ वर्षिय महबुव आलम र उक्त गाडीलाई पिछा गर्दै आएका सोही ठाउँ मा बस्ने ३४ वर्षिय सम्पत लाल कामतले चलाएको बा. ३१ प २९४३ नं. को मोटरसाईकल र सोही मोटरसाईकल पछाडी सवार गर्ने सो सुर्तीजन्य पदार्थको धनी कोशी गाउँपालिका ५ बस्ने ३६ वर्षिय कैसर आलम समेतलाई नियन्त्रणमा लिएको प्रहरलिे बताए । साथै सवारी साधनहरु, मानिस र सुर्तिजन्य वस्तु सहित आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कायाृलय कोशी ब्यारेज सुनसरी पठाइएको जानकारी दिएका छन् ।